Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

‘मसँग धेरै सेक्स नगरे अर्को सँग जान्छु’ भनेर श्रीमतीले भनेपछी

http://hamroknowledge.blogspot.com/आफ्नी श्रीमतीको सेक्सप्रतिको आशक्तिका कारण श्रीमान निकै तनावमा परेका छन् । उनको यो आशक्तिबाट छुटकारा पाउनका लागि श्रीमानले अनेकौँ उपायहरुको खोजी गर्दै हिँडेका छन् ।
श्रीमानको आरोप छ कि उनकी श्रीमती उनीसँग हदभन्दा बढी सेक्स गर्दथिन् । पिडित पतिले अन्ततः अदालतको ढोका ढक्ढकाए र सम्बन्धविच्छेदको लागि पहल गरे । भारतका ‘फेमिली कोर्ट’का न्यायाधिस लक्ष्मीकान्त रावका अनुसार श्रीमती अदालतमा पेश भएकी छैनन् । अदालतले यसैको आधारमा श्रीमानको समस्यालाई सहि मान्दै सम्बन्धविच्छेदको लागि अनुमती दिएको छ ।

कामुक औषधी खुवाउँथिन् श्रीमती

श्रीमानले अदालतलाई बताए अनुसार उनकी श्रीमती उनीसँग सेक्स गर्नका लागि निकै दबाब दिने गर्दथिन् । उनी श्रीमानलाई कामुक औषधीहरु सेवन गरेर सेक्स गर्न दबाब दिन्थिन् । श्रीमानले यो पनि आरोप लगाए कि उनकी श्रीमती अप्राकृतिक यौन सम्बन्ध बनाउनका लागि पनि दबाब दिने गर्दथिन् जुन निकै पिडादायी हुने गर्दथ्यो । श्रीमानले भने कि उनी तीन शि

धेरै सेक्स नगरे म कोही अरुसँग सेक्स गर्न जान्छु

अदालतलाई यो पनि बताइएको छ कि महिलाले पतिलाई धम्की पनि दिने गर्दथिन् । उनको श्रीमतीले उनलाई यदि उनको चाहना पुरा नगरे उनी सेक्स गर्न अरु कसैकोमा जाने धम्की दिने गरेको श्रीमानले बताएका छन् । लगातार बिरामी हुने हुँदा डाक्टरहरुले उनलाई सेक्सबाट केहि दिनको लागि टाढा बस्न निर्देशन दिए पनि उनी भने श्रीमतीका कारण कहिले पनि सेक्सबाट अलग्गिएर बस्न नसकेको जानकारी दिए । (एजेन्सी)
फ्टमा काम गर्नेे गर्दथे र निकै थकित हुने हुँदा उनी श्रीमतीले चाहेजस्तो लगातार सेक्स गर्न सक्दैनथे । श्रीमानले एक पटक श्रीमतीलाई कुनै मनोवैज्ञानिककोमा उपचार गर्न जान पनि आग्रह गरेका थिए ।

आफ्नो श्रीमती या गल्फ्रेन्ड अरु सँगयौनसम्पर्क गरेको कसरी थाहा पाउने ? : थाहा पाईराखौ

म १९ वर्षीया युवती हुँ। मेरो एउटा केटा साथीसँग यौनसम्पर्क भएको छ। अहिले मेरो घरमा विवाहको कुरा चलिरहेको छ। के मसँग विवाह गर्ने केटाले मैले अरूसँग यौनसम्पर्क गरेकी छु भन्ने कुरा थाहा पाउँछ ?

केटा साथीसँगको यौनसम्पर्क


तपाईंले केटासाथीसँग यौनसम्पर्क भएको कुरा त गर्नुभएको छ, तर तपाईंका ती केटा साथीसँग कस्तो सम्बन्ध थियो भन्ने सन्दर्भमा भने कुनै कुरा उल्लेख छैन । सम्बन्ध कत्तिको गहिरो थियो वा त्यो सम्बन्ध कत्तिको प्रेममय थियो स्पष्ट हुनुपर्छ।

किशोरावस्थामा यौनेच्छा तीव्र हुन्छ नै, त्यसैले यौनसम्पर्क राख्न पुगिन्छ । सहमतिमै भएका यौनसम्पर्कमा पनि समस्या हुन्छन्, त्यसैले जोसमा होस गुमाउनु हुँदैन । तपाईंलाई गर्भको भय भएको देखिँदैन, सम्भवतः तपाईंले गर्भनिरोधको उपाय अपनाउनुभएको हुनुपर्छ । यस्तो सम्बन्धमा यौनरोगको समस्या भोग्नुपर्ने स्थिति पनि उत्पन्न हुन सक्छ भन्ने त थाहै होला ।

यी कुनै कुरा नभएको स्थितिमा पनि सम्बन्धमा स्थायित्व नहुँदा वा त्यसले निरन्तरता नपाउँदा त्यसका आफ्नै समस्या हुन्छन् । यस्ता समस्या शारीरिक तथा मानसिक दुवै हुन सक्छन्। तपाईंको केटा साथीसँगको सबन्ध कत्तिको गहिरो वा प्रेममय थियो, त्यसले पनि प्रभाव पार्छ। क्षणिक आकर्षण र वास्तविक प्रेमबीच फरक छुट्टयाउनु आवश्यक हुन्छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ। किशोरावस्थामा आकर्षण पनि प्रेमसम्बन्ध नै हो जस्तो लाग्न सक्छ। यी दुवैमध्ये के हो राम्रोसँग विचार पुर्‍याउनुपर्छ। तपाईंले आफ्नो प्रेमीको उमेर त उल्लेख गर्नुभएको छैन। उमेर बढी हुँदै गएपछि त्यो क्षणिक आकर्षणमा मात्र सीमित हुने सम्भावना कम हुन्छ। किशोरावस्थामा रागरस -हार्मोन) हरूको प्रभावका कारण शारीरिक मात्र नभै विपरीत लिङ्गप्रति आकषिर्त हुनु वा आकषिर्त गर्न खोज्नु, यौन भावनाको विकास हुनु, विपरीत लिङ्गी नजिक बस्ने वा स्पर्श गर्न चाहनेजस्ता भावनात्मक -मानसिक) परिवर्तनहरू हुन्छन्। यो शारीरिक विकाससम्बन्धी प्राकृतिक कुरा मात्र होइन, मानवको वंशजको निरन्तरताका लागि यो आवश्यक पनि छ। किशोरावस्थामा विपरीत लिङ्गीप्रति हुने आकर्षण जैविक स्थिति हो र यस्तो आकर्षण बारम्बार पैदा हुन्छ। कतिपयले किशोरावस्थामा हुने यस्तो आकर्षण वा मोह लाई नै वास्तविक प्रेम मान्छन्। प्रेम तथा आकर्षणको बीचमा भएका भिन्नता छुट्टयाउन सक्नुपर्छ। प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो। दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ। प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई खुसी राख्न प्रयत्न गरिन्छ।

समस्या के हो त ?

तपाईंमा विवाह भएपछि भावी श्रीमान्लाई तपाईंको अहिलेको यौनसम्पर्कका बारेमा थाहा होला कि नहोला भन्ने चिन्ता छ भन्ने बुझिन्छ, तर एकपल्ट फरक दृष्टिकोणबाट पनि तपाईंको यो समस्यालाई हेरौं।

तपाईंले राख्नुभएको सम्बन्धका लागि एक हदसम्मको अन्तरङ्गता चाहिन्छ नै। केटासाथीसँग प्रेम सम्बन्ध थियो भने त्यसलाई किन निरन्तरता दिन चाहनुहुन्न  भन्ने कुरा पत्रमा स्पष्ट छैन। तपाईंको केटासाथीसँग प्रेम सम्बन्ध छ भने उसैसँग विवाह गर्न किन नसक्ने ? कुरा अलि बुझ्न नसकिने छ। अहिले कसैले मन दुखाउला भनेर आफ्नो जिन्दगीभरिको कुरामा सजिलै सम्झौता गर्नु मनासिव नहुन सक्छ।

परिवारमा विवाहको कुरा चल्नासाथ तपाईंले एक किसिमले नयाँ सम्बन्धलाई स्वीकार गरेको पाइन्छ। तपाईं यौनसम्पर्क नै भएको स्थितिमा पनि केटासँगको सम्बन्धमा समर्पित हुनु हुन्न भने कुरा अर्कै भयो। तपाईं उसबाट छुट्कारा पाउन चाहनुहुन्छ भने त्यसका पनि आफ्नै कारण होलान्, तर तपाई यस्ता कुरा पनि स्पष्ट हुनु आवश्यक छ।

के विवाहपूर्व यौनसम्पर्क राखेको थाहा पाउलान् ?

पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यस्तो अवस्थाबाट गुज्रनुभएको होला भनेर थाहा पाउन सजिलो छैन। पुरुषलाई महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरुरूप यस्तै थियो भन्ने कुरा थाहा हुँदैन भने यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो। हुन त आफूले विवाह गर्न लागेकी दुलही कुमारी हो कि होइन भन्ने चासो धेरै पुरुषलाई भए पनि पक्का हुन सजिलो छैन। कुमारित्वमा योनिच्छद भएको वा नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन। किनभने कुनै-कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको राम्रोसँग विकास नभएको हुनसक्छ। कतिपय युवतीको प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै शारीरिक क्रियाकलापका दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कन सक्ने खालको हुन्छ। यस्तो स्थितिमा कतिपय महिलाको झिल्ली यौनसम्पर्क राखिसकेपछि पनि नच्यातिएको हुनसक्छ। यस्तो स्थितिमा कौमार्य भङ्ग भएको भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ। देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रशस्तै पाइन्छन्, त्यसैले उनीहरूलाई त्यसको अभिनय गर्न सिकाइन्छ भने अर्कातिर भिक्टोरियन कालमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुका प्रयोग गरिएको उदाहरणसम्म फेला परेको छ। यसको निचोड के हो भने अन्य कुनै तरिकावाट सूचना नपाएको स्थितिमा सामान्यतः कुनै पनि पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखे-नराखेको कुरा थाहा पाउन सक्दैन। त्यसैले यौनसम्पर्क राखेको कुरा थाहा पाउला भनेर विवाह नै गर्नु हुँदैन भन्ने छैन

सेक्स गर्दा यस कारण चिच्याउँछन् महिलाहरु

http://hamroknowledge.blogspot.com/
 पछिल्लो अध्ययनले महिलाहरु सम्भोगका बेला ओछ्यानमा समेत बढि आवाज निकाल्ने गरेको कुरा पत्ता लगाएको छ । हालै गरिएको सर्वेक्षणका अनुसार ९६ प्रतिशत महिलाहरु सेक्सका दौरान आफ्नो पुरुष पार्टनरले भन्दा बढि आवाज निकाल्छन् ।

११ सय ७१ जना मानिसमा गरिएको अध्ययनका क्रममा ९६ प्रतिशत महिलाले आफु सेक्सका दौरान आफ्नो पार्टनरले भन्दा बढि हल्ला गर्ने कुरा बताए । त्यस्तै ७० प्रतिशत पुरुषले सेक्सका दौरान आफुले भन्दा आफ्नो महिला पार्टनरले बढि हल्ला गर्ने कुरा स्विकार गरे ।‘सेक्स भनेको ठूलो टेनिस टुर्नामेन्ट जस्तै हो, जहाँ महिलाले पुरुष भन्दा बढि आवाज निकाल्छन् ।’ एक वेबसाइटले लेखेको छ ।

यौन विज्ञहरुले भने सेक्स तथा टेनिसका दौरान महिलाले बढि हल्ला गर्नुको वैज्ञानिक कारण पत्ता लागि
नसकेको बताएका छन् । सेक्सका दौरान महिलाले बढि आवाज निकाल्नुको कारण उनीहरुले चरम सन्तुष्टि पाएको बहानाबाजी गरेर पार्टनरलाई बढि आनन्द प्रदान गर्नु रहेको कतिपयको ठम्याइ छ । महिलामा चरमोत्कर्ष ढिलो प्राप्त हुने भएकाले जति आवाज निकाल्यो उतिछिटो चरम आनन्द प्राप्त हुन्छ भन्ने विश्वासमा समेत महिलाहरुले सेक्सका दौरान आवाज निकाल्ने गरेका केही यौनविज्ञहरु बताउँछन् ।

एउटा कुरा थाहा पाइराखौकि वीर्य धेरै खेर फाल्दा के हुन्छ ?

http://hamroknowledge.blogspot.com/  वीर्य खेर फाल्नु हुँदैन भन्ने पूर्वीय समाजको मान्यता भएकाले धेरै शक्ति खेर जान्छ भन्ने सोच छ, तर त्यसमा सत्यता छैन। वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले बढी नै महत्त्व पाएको छ। सांकेतिक रूपमा हेर्दा जन्मको सुरुवात हुने बीजका रूपमा कार्य गर्ने भएकाले यसले पाएको महत्त्व जायज नै लाग्छ। यो शक्ति आफैंमा ठूलो तथा महत्त्वपूर्ण छ।

पोषणका दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक सामान्य व्यक्तिलाई १ हजार ८ सयदेखि २ हजार २ सय क्यालोरी शक्ति चाहिन्छ र एकपल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरीजति हुन्छ। यौनसम्पर्क गर्दा वा त्यस अघिपछिका शारीरिक क्रियाकलापदेखि लिङ्ग उत्तेजना, रस निस्कने, वीर्य स्खलनजस्ता कतिपय क्रिया-प्रक्रियामा पनि शक्ति (क्यालोरी) खर्च हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन, तर यौनसम्पर्कभन्दा हस्तमैथुनमा कम ऊर्जा खर्च हुन्छ। त्यसैले हस्तमैथुनलाई दुब्लोपनको दोष दिनु जायज छैन। बरु तपाईंले पोषण र व्यायाममा ध्यान दिनुहोला।

आफ्नो आफ्नो पार्टनरको यौन रुचि कम छ भने ...

"श्रीमानमा म संग यौन सम्बन्ध राख्न रुचि छैन"  श्रीमतीको मनमा बस्ने यस्तो विचारले उसको आत्मविश्वासलाई पूर्ण रुपमा प्रभावित गर्छ। यो कुराले श्रीमान्को मनमा उनीप्रति प्रेम रहेन भन्ने भावना सिर्जना गर्छ। यो शंकाले कतै उनको श्रीमानको जीवनमा अर्की महिला त छैनन् भन्ने भाव समेत उब्जाउन सक्छ। समझदार श्रीमातीले श्रीमानको यौन प्रति कम भएको रुचिलाई कलहको कारण बनाउने वा आफूलाई दोषी मानेर कुनै प्रकारको अपराधबोधको शिकार हुनुचाहि बेकार हो। यो कुरालाई लिएर रुनु पनि ठीक होइन। यो समस्याको मूल कारणसम्म पुग्न श्रीमान श्रीमती दुवैले आपसमा खुलेर कुरा गर्नु आवश्यक हुन्छ।

श्रीमान को यौनप्रति कम भएको रुचिको कुनै मेडिकल कारण पनि हुन सक्छ। अतः उनको चेकअप गर्न चिकित्सकको सहारा लिनुपर्छ तर यो कुरामा पुरुषहरू चाडै तयार हुन्छन् भन्ने छैन। यद्यपि चेकअप गर्नु आवश्यक छ। मधुमेह जस्ता केही बिरामीका कारण पुरुषको कामशक्तिको ऊर्जामा कमी आउन सक्छ। बढ्दो उमेरका साथ टेस्टोस्टेरोन हार्मोनको कमी पनि यौनसम्बन्धी अरुचिको कारण हुन सक्छ।
श्रीमान यदि बाहिरी संसार सित जोडिएका समस्याबाट सिर्जना भएको तनावलाई आफ्नो सेक्स ड्राइभ हुनुको कारण बताउ छन् भने श्रीमतीले उक्त तनाव कम गर्न बहुमूल्य योगदान गर्न सक्छिन्। श्रीमतीले यौनसुख दिने मामिलामा पहल गरेर श्रीमान लाई विश्वास दिलाउन सकिन्छ कि आनन्ददायक यौन समागम बाहिरी तनाव कम गर्ने राम्रो उपाय हो।

श्रीमान को नकारात्मक व्यवहार, रुखो बोलीवचन आदिले श्रीमतीलाई श्रीमान् आफूसित रिसाएका छन् भन्ने अनुभव गराउन सक्छ। कुनै पनि कुराका कारण दुवैबीच चल्ने बहस, विवाद, कलह, झगडा, विमती आदि मनमा चोट पुर्याउने कारण हुन सक्छ। यस्तो स्थितिमा मनमा चोट पुर्याउने कुरालाई लम्ब्याउनु भन्दा त्यसलाई रोक्ने प्रयास गर्नुपर्छ। श्रीमान को मनमा रहेको तिक्तता र रिसलाई कम गर्न बिना संकोच आफूबाट भएका गल्ती स्वीकार गरी माफी माग्नुपर्छ। यसबाट श्रीमान को मनमा प्रेम र आकर्षण पुनः सिर्जना हुन्छ।

श्रीमतीको घट्दो आकर्षणका कारण पनि श्रीमान लाई यौनप्रति अरुचि सिर्जना हुन सक्छ वा श्रीमान लाई श्रीमतीको बढ्दो मोटोपनका कारण बिग्रन पुगेको फिगरप्रति गुनासो हुनसक्छ। यसबाट पनि दम्पतीबीच सेक्स कम हुने सम्भावना रहन्छ। अतः आफ्नो रूप सौन्दर्यलाई कायम राख्न श्रीमतीले आफ्नो फिगरप्रति सजग रहनुपर्छ। सबैभन्दा उत्तम त दुवैले स्वस्थ जीवनशैली अपनाएर फिट रहनुपर्छ। नियमित व्यायाम गर्नु, तैलीय खाना कम खानु एवं सन्तुलित भोजन लिनु लाभदायक सिद्ध हुन्छ।

दैनिक यौन सम्पर्क गर्ने को शुक्रकिट स्वस्थ

 http://meroknowledge.blogspot.com/
सायद कतिपयले सोँच्दा हुन्, दिनहुँ सेक्स गर्दा मान्छे कमजोर हुन्छ र कमजोर मान्छेको शुक्रकिट पनि कमजोर हुन्छ । तर सत्य कुरा के हो भने दिनहुँ सेक्स गर्ने बानी बसाल्दा पुरुषहरुमा शुक्रकिटको गुणस्तर वृद्धि हुन्छ । पछिल्लोपटक गरिएको एक अध्ययनले दैनिक रुपमा सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको शुक्रकिटको गुणस्तरमा वृद्धि भएको देखाएको हो । दैनिक सम्भोग गर्ने वा हस्तमैथुन गर्ने पुरुषको सरीरमा उत्पादित शुक्रकिटमा डिएनएको क्षयिकरण कम हुने र त्यसबाट स्वस्थ शुक्रकिट पैदा हुने अध्ययनको निष्कर्ष छ । अस्ट्रेलियामा गरिएको अध्ययन अनुसार दैनिक रुपमा सम्भोग गर्ने पुरुषमा शुक्राणुको स्वास्थ्य अब्बल हुनेमात्र नभै विर्यको मात्रा पनि सन्तुलित हुन्छ । दैनिक सम्भोग वा हस्त मैथुनले शुक्रकिटको संख्या तथा विर्यको आयतन घटाउने भएपनि त्यसले शुक्रकिटको गति तथा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने शोधकर्ताहरु बताउँछन् । लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगर्ने पुरुषको विर्यथैली र विर्यनलीमा लामै समयसम्म शुक्रकिटहरु थन्किन बाध्य हुने र त्यसबेला शुक्रकिटको डिएनएमा क्षति पुगेर गुणस्तरमा ह्रास हुने शोधकर्ताहरु बताउँछन् ।

यौन चाहानालाइ पुरा गर्ने तरिकाहरु !

http://meroknowledge.blogspot.com/http://meroknowledge.blogspot.com/
मस्तिष्कमा रहने नियोकोर्टेक्सले यौन चाहना तीव्रता ल्याउँछ यो हटाउँदा चाहनामा कमी पाइएको छ । त्यस्तै वाइरिसफम कोटेक्सले यौन इच्छा सुपुप्त अवस्थामा राख्न सहयोग गर्छ । यसलाई हटाउँदा पुरुषहरुमा सहवासको अत्यधिक भोक बढेको प्रयोगले देखाएको छ । यसका साथसाथै हाइपोथालामसले पनि यौन इच्छा बढाउन सहयोग गर्छ ।
पुरुषमा सहवासको क्षणः
लिङ्ग उत्तेजनाः प्यारासिम्प्याथेटिक स्नायुले मानिसमा शारीरिक एवं मानसिक परिवर्तन ल्याई लिङ्ग उत्तेजना गराउँछ । नाइट्रिक अक्साइड पैदा गरी रगतका नली एवं मांपेशीलाई ठूलो आकार दिन्छ । रगत प्रवाह ह्वात्तै बढ्छ र जम्मा भएको रगत भने बन्द भएकाले बाहिर जान नसकी लिङ्ग फुली ठूलो हुन्छ ।
रस उत्पादनः चिप्लो पदार्थमा म्युकस प्यारासिम्प्याथेटिक नर्भले पैदा गरी सहवासमा घर्षण कम पार्छ । यरेथ्रेन र बल्बो युरेथन ग्रन्थीले म्युकस निकाली यो मुत्रनली हुँदै योनीमा पुग्छ । यसका अतिरिक्त महिलामा पनि म्युकस पैदा हुन्छ ।
वीर्य स्खलनः यौनकार्य चरमचुलीमा पुग्दा मेरुदण्डमा स्पाइनल कर्डको सहायताले सिम्प्याथेटिक इम्पल्स (झट्कार) हुने भएकाले वीर्य स्खलन हुन्छ । यसैलाई यौन चरमोत्कर्ष भनिन्छ । यो भएको एक–दुई मिनेटमा नै पुरुषमा लिङ्ग साविककै आकारमा आई यौन चाहना विल्कुल कम हुन्छ । सहवास गर्न करिव पुनः २०/३० मिनेट हुन्छ ।
महिलामा यौन कार्यको लक्षणः
यौन कार्य गर्न महिलामा पनि मानसिक तयारी एवं जनेन्द्रीयको घर्षण हुनुपर्छ । यौनजन्य कुराको चाहना बढेमा यौन क्रियामा छिटोछिटो तत्परता आउँछ । महिनावारी हुँदा चाहनामा केही कमी र ओभम निस्कँदा इस्ट्रोजन बढेर जागरुकता थपिन्छ । भंगाकुर चलाउँदा अति नै बढी उत्तेजना पाइन्छ किनकी यहाँ संवेदनशील स्नायु हुन्छन् ।
यौन उत्तेजना एवं यौन रस उत्पादनः
यौनीमा प्वाल वरिपरि क्लिटोरिसमा पुरुषको जस्तै उत्तेजित हुने मांसपेशी हुन्छन् । यसको नियन्त्रण पनि प्यारासिम्प्याथेटिक स्नायुले नै गर्छ । यहां पनि रगत बढी जम्मा भई योनीको प्वाललाई सानो पारेर लिङ्गलाई पूर्णरुपमा घर्षण दिंदै वीर्य पतन गर्न सहयोग गर्छ । प्यारासिम्प्याथेटिकको सूचना प्रवाहले नै म्युकस (रस) सनिकाली यौन कार्यमा मिठास थप्छ । म्युकस वार्थोलिन ग्रन्थी र योनीको भित्री भागबाट बढी पैदा हुन्छ ।
यौन चरमोत्कर्षः
पुरुषमा वीर्य स्खलन भएर चरमोत्कर्ष भए जस्तै महिलामा योनी वरिपरिका मांसपेशी खुम्ची–तन्की चरमोत्कर्ष हुन्छ । पुरुषमा भन्दा केही ढिला तर यो अलि लामो क्षणसम्म कायम हुन्छ । चरमोत्कर्ष हुँदा शुक्रकीट छिटोछिटो पाठेघर हुँदै डिम्ब नलीतिर पुग्न सहयोग गर्छ । पुरुष र महिलामा जनेन्द्रीय विकसित भएपछि मात्र यौन कार्य गर्नु पर्छ, जुन बीस वर्ष पार भएपछि उचित हुन्छ । परिपक्वता नभै यस्तो कार्य गर्नु हुँदैन । केही समस्या भएमा विना हिच्किचाहट दक्ष चिकित्सकको परामर्श लिएर फाइदा पुग्ने छ ।
यौन रोग के हो ?
सामान्यता यौन सम्पर्कको माध्यमबाट सर्ने रोगलाई यौनरोग भनिन्छ । यस्तो रोग सूक्ष्म व्याक्टेरिया, भाइरस, फङ्गाई, प्रोटोजोवा एवं परजीवीले हुन सक्छ । यौनरोग लागेमा यौनाङ्गमा घाउ खटिरा आउने, यौनीबाट मैलो सेतो पानी बग्ने, लिङ्गबाट पिप आउने तथा महिलामा तल्लो पेट दुख्ने आदि समस्या देखापर्छ ।
बचावट ?
१.असुरक्षित यौन सम्पर्कबाट टाढा रहने, कण्डमको प्रयोग गर्ने । यो नै सबैभन्दा बढी उत्तम एवं भरपर्दो उपाय हो ।
२.यौन कार्य केवल श्रीमान्–श्रीमतीसँग मात्र गर्नु पर्छ ।
३.एड्स लागेको विरामीबाट रगत लिनु हुँदैन । निर्मलीकरण गरेको सुई मात्र प्रयोग गर्नु पर्छ ।
४.सदा सफा–सुग्घर रही यौनाङ्ग पनि सफा गर्नु पर्छ । यौन रोगको प्रभावले नपुंसक पनि हुन सकिन्छ वा मृत्युनै हुन पनि बेर लाग्दैन । हेपाइटिस बीको सुई लिंदा उत्तम हुन्छ । समस्या आइपरे चिकित्सकको सल्लाह लिन कति पनि हिच्किचाउनु हुँदैन । एड्स र हेपाटाइटिस (कमलपित्त) बी बाहेक अरु रोग उपचारबाट निको पार्न सकिन्छ ।
Select Menu