Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

नोकिया एक्स मोवाइल सार्वजनिक

एजेन्सी। प्रयोगकर्ताको बढी विश्वासिलो ब्राण्ड नोकियाले लामो समयको पर्खाइपछि नोकियाको एक्स मोवाइल सार्वजनिक गरेको छ। एन्ड्रोइड भर्सन भएको एक्स सिरिज नोकिया एक्स, एक्स प्लस र एक्सएल मोवाइल वर्ल्ड काग्रेसमा घोषणा गरिएपछि भारतको दिल्लीमा भने १० मार्चमा अफिसियली सार्वजनिक गरिएको हो।

नोकियाको एक्स मोवाइलको सार्वजनिक भएसँगै नोकियाको अरु नोकिया एक्स, एक्स प्लस र एक्सएलको रिलिज हुने समयको योजना चाडै बनाइदैछ। यसअघि नोकियाको एक्स मोवाइललाई ८ हजार ५ सयमा विक्रि गर्ने ट्याग लगाइए पनि पछि हटाइएको छ। तर अब उक्त मोवाइल तपाइले ९ हजार भारुमा किन्न पाउनुहुनेछ।सार्वजनिक गरिएको नोकिया एक्समा डबल सिम लाग्ने, ४ इन्च ८००x४८० रिजोलुसन भएको २ प्वाइन्ट मल्टि टचस्क्रिन डिस्प्ले रहेको छ। यसका साथै यो मोवाइलमा ५१२ एमबि र्‍याम,  ४ जिबी इन्टरनल मेमोरी र ३२ जीबी सम्म माइक्रो एसडी कार्ड समेत सपोर्ट गर्ने गरी बनाइएको छ। ४.१.२ भर्सन एन्ड्रोइड भएको यसमा १ गिगाहर्ज क्षमता भएको ड्युअल कोर क्वालकम स्न्यापड्रागन एस४  प्रोसेसर र एड्रिनो २०३ जीपियु समाहित छ।

नोकियाको एक्स मोवाइलमा ३.१ मेगा पिक्सल रेजुलेशन भएको सिंगल क्यामरा, 3G वाइफाइ सर्पोट , जीपीएस र ब्लुटुथले समेत काम गर्छ। १५०० सय एम्पियरको ब्याट्री ब्याकअप रहेको यो नोकिया एक्स मोवाइलमा 3G  नेटवर्कमा १० घण्टासम्म र 2G नेटवर्कमा १३ घण्टासम्म चल्ने कम्पनीले दावी गरेको छ।

स्पाइसका दुइ नया मोडेल नेपाली बजारमा( फोटो सहित)

भारतीय मोबाइल कम्पनी स्पाइसको ‘एमआई-४५०’ र ‘एमआई-४२२’ मोडेल नेपाल बजारमा भित्रिएका हुन् |

एमआई-४५०
दूई सीम प्रयोग गर्न मिल्ने यो स्मार्टफोनले टुजी नेटवर्क सर्पोट गर्छ । ४.५ इञ्भ ठूलो टचस्त्रिन रहेको यस स्मार्टफोनमा ३.५ एमएमको अडियो ज्याक प्रयोग गर्न मिल्छ । स्मार्टफोनको ब्याक साइडमा एलइडी फ्लाससहितको ३.१५ मेगापिक्सल क्यामेरा रहेको छ भने फ्रन्ट साइडमा १.३ मेगापिक्सेल क्यामेरा रहेको छ ।
एन्ड्रोइड ओएस ४.० आइसक्रिम स्यान्डविच अपरेटिङ सिष्टम रहेको यस स्मार्टफोनमा एफएम, एचटिएमएल, एमपीफोर, एमपीथ्री, युट्यूव, गुगल सर्च, म्याप लगाएतका सुविधाहरु रहेका छन् ।




एमआई-४२२
एन्ड्रोइड ओएस ४.० आइसक्रिम स्यान्डविच अपरेटिङ सिष्टम रहेको यस स्मार्टफोनमा १ गिगाहर्ज प्रोसेसर रहेको छ । दुई सीम प्रयोग गर्न मिल्ने यसमा ४ इञ्चको टचस्त्रिन रहेको छ । ३.२ मेगापिक्सेल क्यामेरा, ३२ जीबीसम्म मेमोरी विस्तार गर्न सकिने, १३०० एमएएच क्षमताको ब्याटि्र, ब्लुटुथ, एमपिथ्री, एमपिफोर लगाएतका सुविधाहरु यस स्मार्टफोनमा रहेका छन् ।

माइक्रोम्याक्सले ल्यायो बहुप्रतिक्षित स्मार्टफोन CANVAS 4

स्मार्टफोन बोक्न चाहनेहरुका लागि माइक्रोम्याक्सले नयाँ मोडलको धमाकेदार स्मार्टफोन लन्च गरेको छ। माइक्रोम्याक्सको बहुचर्चित र बहुप्रतिक्षित भनिएको CANVAS 4 लन्च भएको छ। भारतमा २८ जुनदेखि बुकिंग खुल्ला गरिएको फोन, जुलाई ८ का दिन सार्वजनिक भएको छ। यसको सुरुवाती मूल्य भारतीय रुपैया १७९९९ राखिएको जनाइएको छ।

कम्पनीले दमदार फिचर भएको भनेर प्रचार गरेको यो फोनको फिचरचाहिं गज्जबकै छ। क्वाड कोर प्रोसेसर भएको यो फोनमा शानदार क्यामेरा छ जसको क्षमता १३ मेगपिक्सेल रहेको जनाइएको छ। फोनको डिस्प्लेको कुरा गर्नुपर्दा ५ इन्चको दिस्प्लेमा ७२० मेगापिक्सेलसम्मको रिज्योलुशनको क्वालिटी पाउन सकिन्छ।

1.2 GHz को क्वाड कोर मीडियाटेक MT6589 SoC प्रोसेसर भएको यो फोनमा 1 GB र्याम छ। 16 GB इन्टरनल मेमोरी भएको यसले 64 GB सम्मको एक्सटर्नल मेमोरी सपोर्ट गर्छ। 2000 mAh ब्याट्री भएको यो फोनमा लेटेस्ट एन्ड्रोइड 4.2 जेलीबीन ओएस छ। नेपालमा यो अर्को साता यो स्मार्टफोन बजारमा उपलब्ध हुने अधिकारिक बिक्रेता पशुपति ट्रेड लिंकले जनाएको छ |

Select Menu