एजेन्सी। प्रयोगकर्ताको बढी विश्वासिलो ब्राण्ड नोकियाले लामो समयको पर्खाइपछि नोकियाको एक्स मोवाइल सार्वजनिक गरेको छ। एन्ड्रोइड भर्सन भएको एक्स सिरिज नोकिया एक्स, एक्स प्लस र एक्सएल मोवाइल वर्ल्ड काग्रेसमा घोषणा गरिएपछि भारतको दिल्लीमा भने १० मार्चमा अफिसियली सार्वजनिक गरिएको हो।
नोकियाको एक्स मोवाइलको सार्वजनिक भएसँगै नोकियाको अरु नोकिया एक्स, एक्स प्लस र एक्सएलको रिलिज हुने समयको योजना चाडै बनाइदैछ। यसअघि नोकियाको एक्स मोवाइललाई ८ हजार ५ सयमा विक्रि गर्ने ट्याग लगाइए पनि पछि हटाइएको छ। तर अब उक्त मोवाइल तपाइले ९ हजार भारुमा किन्न पाउनुहुनेछ।सार्वजनिक गरिएको नोकिया एक्समा डबल सिम लाग्ने, ४ इन्च ८००x४८० रिजोलुसन भएको २ प्वाइन्ट मल्टि टचस्क्रिन डिस्प्ले रहेको छ। यसका साथै यो मोवाइलमा ५१२ एमबि र्याम, ४ जिबी इन्टरनल मेमोरी र ३२ जीबी सम्म माइक्रो एसडी कार्ड समेत सपोर्ट गर्ने गरी बनाइएको छ। ४.१.२ भर्सन एन्ड्रोइड भएको यसमा १ गिगाहर्ज क्षमता भएको ड्युअल कोर क्वालकम स्न्यापड्रागन एस४ प्रोसेसर र एड्रिनो २०३ जीपियु समाहित छ।
नोकियाको एक्स मोवाइलमा ३.१ मेगा पिक्सल रेजुलेशन भएको सिंगल क्यामरा, 3G वाइफाइ सर्पोट , जीपीएस र ब्लुटुथले समेत काम गर्छ। १५०० सय एम्पियरको ब्याट्री ब्याकअप रहेको यो नोकिया एक्स मोवाइलमा 3G नेटवर्कमा १० घण्टासम्म र 2G नेटवर्कमा १३ घण्टासम्म चल्ने कम्पनीले दावी गरेको छ।

No comments