चीनका डाक्टरहरुले थ्री डि प्रिन्टरबाट प्रिन्ट गरिएको मेरुदण्डलाई सफलतापूवर्क एक १२ वर्षीय बालकको शरीरमा इम्प्लान्ट गरेका छन् । ती बालक हड्डीको क्यान्सरबाट पीडित थिए ।
डाक्टरहरुका अनुसार उनीहरुले यस्तो प्रकारको सर्जरी पहिलो पटक गरेका हुन् । यसका लागि ५ घण्टा लागेको थियो ।
उक्त मेरुदण्ड टाइटानियम पाउडरले बताइएको र बालकको हड्डीलाई बढ्न दिन त्यसमा स साना प्वालहरु बनाइएका छन् ।
एक दिन उक्त बालक फुटबल खेल्दै गर्दा बललाई हेड गर्दा घाँटीमा चोट लागेको थियो । जब उनलाई उपचारका लागि अस्पताल लगियो त्यतिबेला मेरुदण्डमा ट्युमर रहेको पत्ता लागेको थियो ।
पेकिङको अर्थोपेडिक्स डिपार्टमेन्टका डाइरेक्ट लिउ झोङजुनका अनुसार यस नयाँ प्रविधि प्रयोग गर्दा परम्परागत इम्प्लान्ट जस्तै स्क्रीउ र सिमेन्ट प्रयोग गर्न पर्दैन । यो परम्परागत इम्प्लान्ट भन्दा मजबुत हुने पनि उनीहरुको दाबी छ ।
यो प्रविधिले कुनै पनि बिरामीलाई अवश्यक शरीरको कुनै पनि भाग तुरुन्तै निर्माण गर्न मद्दत पुग्ने डाक्टरहरु बताउँछन् ।

No comments