हामीले सबैको रगत उस्तै हो भने पनि चिकित्सा विज्ञानका दृष्टिकोणले मानव शरीरमा पाइने रगत एक-अर्कामा ठयाक्कै मिल्दैन। रगतको रातो रक्तकोषमा पाइने प्रोटिनमा हुने फरकले गर्दा त्यस्तो हुन्छ। हुन त कैयौं किसिमका प्रोटिन पाइने भएकाले त्यसैअनुरूप रक्तसमूह हुने भए पनि ABO System सबैभन्दा महत्वपूर्ण हो र त्यसअनुसार मानव रगतलाई A, B, AB तथा O समूहमा
वर्गीकृत गरिन्छ। त्यसैगरी प्रजनन स्वास्थ्य सेवामा Rh (Rhesus) factor हुनु वा नहुनु महत्त्वपूर्ण हुन्छ। त्यसैले रगतको समूहलाई ABO System तथा च्ज ाबअतयच लाई विचार गरी वर्गीकृत गर्ने चलन छ। ABO System जस्तै Rh factor का आधारमा पनि वर्गीकरण गरिन्छ। रक्त प्रकारमा Rh factor छ भने त्यसलाई Rh+ve (Rh positive) र छैन भने Rh-ve (Rh negative) भनिन्छ।
विशेष गरी यो Rh factor नमिलेको स्थितिमा सन्तान जन्माउनै नसकिने भन्ने होइन, तर प्रजनन प्रक्रियामा समस्या आउन सक्ने भएकाले यस विषयमा विशेष सजगता भने अपनाउनुपर्ने हुन्छ। त्यसैले गर्भवतीको रगत जाँच गराउँदा रक्त समूहको पनि पहिचान गरिन्छ। यस्तै ८५ प्रतिशतजति मानिस Rh positive हुन्छन्। एसियालीहरूको हकमा भने अझै धेरै अर्थात ९८ देखि ९९ प्रतिशत व्यक्ति Rh positive हुने भेटिएको छ। विशेष गरी आमा (महिला) को रक्त समूह Rh negative छ भने गर्भमा भएको शिशुको रक्त समूहसँग नमिल्ने सम्भावना हुन्छ। यस्तो स्थितिमा पनि पहिलो गर्भमा यसरी रक्त समूह नमिलेका कारण आमा तथा गर्भस्थ शिशुलाई नकारात्मक असर पर्ने सम्भावना खासै धेरै हुँदैन। शिशुको रगत आमाको रगतमा मिसिन गएको स्थितिमा भने आमाको प्रतिरक्षा प्रणालीले Rh positive रगतको विरुद्ध प्रतिजैविकीको उत्पादन गर्न थाल्छ। त्यस्तो रगत मिसिने कार्य विशेष गरी शिशु जन्मने बेलामा हुन्छ। शिशुको Rh positive रगत आमाको रगतमा एकपटक मिसिइसकेपछि अर्को पटक यदि Rh positive भएको शिशु गर्भमा रहन गए आमामा उत्पादन भएको प्रतिजैविकीले गर्भस्थ शिशुको रगतलाई नै हानि पुर्याउँछ। पिता Rh positive र आमा Rh negative छिन् भने गर्भको शिशु Rh positive हुने सम्भावना यस्तै ७० प्रतिशतजति हुन्छ। Rh immunoflobulin को सुई लिनु यो समस्याबाट बच्ने एउटा उपाय हो, तर पहिले गर्भ रहन गै रगत मिसिन गएको छ भने त्यो प्रभावकारी हुँदैन। हुन त कुनै महिलाको पहिले गर्भ रहिसकेको छ भने अर्को पटक गर्भवती हुँदा रगतको परीक्षण गरेर समस्या हुने गरी रगत मिसिएको छ कि छैन, थाहा पाउन सकिन्छ। यहाँ गर्भरहेको भन्नाले गर्भ तुहिएको, गर्भपतन गरेको वा पाठेघरबाहिर गर्भ रहेको सबै स्थिति बुझ्नुपर्ने हुन्छ।
सन्तान जन्माउनु यौनजीवनको विशेष भाग हो। अस्वस्थ सन्तान रक्त समूह नमिल्नुको प्रभाव भए पनि जुनसुकै रक्तसमूहको बीचमा हुने यौन क्रियाकलापमा संलग्न हुँदा यौनआनन्द लिन-दिन सकिन्छ।
कन्डम प्रयोग गर्दा नपोल्ने तर योनिमा वीर्य स्लखन हुँदा त्यस्तो समस्या हुन्छ भने त्यो 'वीर्यको एलर्जी' का कारण भएको हुनसक्छ। यसरी वीर्य स्खलनपछि योनि पोल्ने समस्या विरलै (एक प्रतिशत) मात्र हुन्छ। त्यसो भए पनि यस्तो समस्या भएका महिलालाई निकै असहज हुनसक्छ, शारीरिक तथा मानसिक रूपमा। कसैकसैले त यौनसम्पर्क पछि केही घण्टासम्म नै त्यस्तो असजिलो परिस्थति बेहोर्नुपर्छ। तपाईंलाई थाहै होला, 'वीर्य' महिलाको शरीरका लागि बाह्य वस्तु हो। बाह्य वस्तु शरीरमा प्रवेश गरेपछि त्यसले शरीरमा केही परिवर्तन ल्याउँछ नै। तपाईंको सन्दर्भमा पनि योनिको वातावरणलाई केही नै भए पनि परिवर्तन गर्छ। यस्तो कुराले योनिशोथलाई बढावा दिन सक्छ।
समयावधि वा तीव्रता (severity) मा फरक हुने भए पनि वीर्यको सम्पर्कमा आएको केही बेरपछि पोल्ने, चिलाउने, सुन्निने अनि रातो हुने हुन सक्छ। हुन त वीर्यमा भएको कुनै पनि प्रोटिनले एलर्जी हुन सक्छ। वीर्यको एलर्जी भन्नाले human seminal plasma protein hypetsensitivity (SPH) बुझिन्छ।
वीर्यको एलर्जी वीर्य योनिको सम्पर्कमा आउँदा मात्र होइन, अन्य अङ्गमा जस्तै कि मुख वा छालामा पर्दा पनि हुन सक्छ। वीर्य यसरी अन्य अङ्गमा पर्दा पनि एलर्जी हुने समस्या छ-छैन नलेख्नुभए पनि पक्कै तपाईंलाई थाहा होला। त्यस्तो हो भने तपाईको समस्या वीर्यको एलर्जीले हो भन्न सकिने बलियो आधार रहन्छ।
समाधानका लागि वीर्यको प्रत्यक्ष सम्पर्कमा आउने स्थिति कम गर्नुपर्छ। त्यसैले आवश्यकता नपरेसम्म वीर्य स्खलन पनि सिधै योनिमा पर्ने गरी नगरे समस्या कम गर्न सजिलो हुन्छ। त्यसका लागि सबैभन्दा राम्रो उपाय कन्डमको नियमित प्रयोग गर्नु नै हो। तपाईंलाई थाहै होला, कन्डमले यौनरोगका साथै गर्भनिरोधको पनि काम गर्छ। योनिबाहिर, अनुहार, हात वा तिघ्रा जता वीर्य परेको भए पनि नरम हाते रुमाल वा सानो कपडाले त्यसलाई तुरुन्त पुछ्नु समस्या समाधानमा सहयोगी हुन्छ।
No comments