चीन अधिकांश समय उटपट्याङ खबरका कारण चर्चामा रहन्छ । यसपटक केही विद्यार्थीका कारण चीन इन्टरनेटको दुनियामा बहसको विषय बनेको छ । बेइजिङ फरेन स्टडिज युनिभर्सिटीका जेन्डर एक्टिभिजम क्लबले चलाएको ‘द माई भजिना सेज’ एक्टिभिटीले मानिसहरुको ध्यान तानेको छ ।
यो ग्रुपको वेबसाइटमा ४ नोभेम्बरमा १७ तस्वीर शेयर गरिएको छ, जसमा जसमा विद्यार्थीहरु ह्वाइट वोर्ड बोकिरहेको देखिन्छन । वोर्डमा फेमनिज्मसँग जोडिएको सन्देश लेखिएको छ र सबैको सुरुवात माई भजिना सेज अर्थात ‘मेरो योनी भन्छ’ बाट गरिएको छ । यो खवर अहिले चीन लगायत बिश्वभरका सामाजिक संजालमा भाइरल बनेको छ ।
चिनियाँ समाचार एजेन्सीहरुका अनुसार विद्यार्थीहरको यो तस्वीर क्याम्पसमा आयोजित एक नाटकको प्रमोसनका लागि तयार पारेका हुन । यो नाटक अमेरिकी नाटककार ईव एन्सलरद्वारा लिखित ‘द भनिजा मोनोलग’मा आधारित छ । यो नाटक १९९६ मा लेखिएको थियो । यो नाटकमा महिलालाई सम्मान र हक दिन आवाज बुलन्द पर्ने प्रयास गरिएको छ ।

No comments