(एजेन्सी)–रिचार्ड स्याइफर, लस एन्जलसका फेसन इन्टिच्युट अफ डिजाइन एण्ड मर्चेन्डाइजिङका एक प्रतिभावान डिजाइनर हुन् । डिज्नी फेयरी टेल क्यारक्टरलाई लिएर उनलाई धेरै प्रशंसकहरुले पछ्याउँछन् त्यसकारण उनले आफ्नो धेरैजसो समय राजकुमार र राजकुमारीको लुगा डिजाइन गर्नमा नै व्यस्त हुने गर्दछन् ।
युवा डिज्नी ड्रेसका डिजाइनर द्विलिङ्गी जस्ता पनि देखिन्छन् र उनलाई यो राम्रोसँग थाहा छ । त्यसकारण आफ्ना मनपर्ने कलाकारहरुको ड्रेस, विग्स र गर–गहना डिजाइन गर्ने अलावा तिनिहरुलाई आफैले लगाएर देखाउने पनि गर्दछन् । जब ‘बजफिट’ मिडियाले उनको राजकुमारदेखि राजकुमारीसम्मको परिवर्तनको फोटोहरु प्रकाशित ग¥यो तब उनको लोकप्रियता निकै बढ्यो । आफूलाई डिज्नीको राजकुमारीजस्तो देखाउन उनले थुप्रै मेकअप लगाउँछन् र उनको यो मेहनतका कारण सबैले उनलाई राजकुमारको भूमिकाभन्दा राजकुमारीको भूमिका सुहाउने बताउँछन् ।
No comments