Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » बलिउड स्टारका अधुरा प्रेमकहानी

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

फिल्ममा झँै लभअफेयर र धोकाको मामिलामा पनि बलिउड अगाडि छ । अहिलेका मात्र होइन, पहिलेका सुपरस्टार पनि प्रेमका मामिलामा अब्बल थिए । एकजनासँग प्रेम, बिहे अर्कैसँग, विवाहितले पनि गुपचुपमा परस्त्री/पुरुषसँग सम्बन्ध गाँस्ने तथा बहुविवाह गर्ने स्टार निकै छन् ।
पुराना स्टार राजकपुर, देव आनन्द, राजेश खन्ना, नर्गिस, रेखा, श्रीदेवी मात्र होइनन्, अहिले पनि उत्तिकै चल्तीमा रहेका अमिताभ बच्चनसम्मका सेलिब्रेटीको बहुप्रेमकहानीको वेलाबखतमा चर्चा हुने
गरेको छ । यहाँ बलिउडका ती चर्चित सलिब्रेटीको प्रेमकहानी प्रस्तुत गरिँदै छ, जुन अधुरै रह्यो ।


दिलीप कुमार र मधुवाला
औधी राम्री हिरोइन मधुवालाको बलिउडका लिजेन्ड दिलीप कुमारसँग गहिरो प्रेम थियो । आफ्नो समयमा उनीहरूले अरू कलाकारले जस्तो आफूहरूको सम्बन्ध लुकाउने/छिपाउने गरेनन् । उनीहरू इन्सानियत फिल्मको प्रिमियरमा एक–अर्काको हात समातेर खुलेआम हिँडेका थिए । त्यसपछि उनीहरूबीचको सम्बन्धबारे कसैले सवाल उठाउने कुरै भएन । उनीहरूको सम्बन्ध ओपन सेक्रेट नै थियो । तर, पनि यो कुराको जरो पत्ता लागेन कि उनीहरूले बिहेचाहिँ किन गरेनन् ? उनीहरूका कैयौँ फ्यान आज पनि यसको रहस्य जान्न चाहन्छन् ।
बलिउडका अरू प्रेमजोडीको झँै मधुवालाका बाबु अताउल्लाह खान पनि दिलीप कुमारसँगको सम्बन्धको विरुद्धमा थिए । मुधवालाका बाबुले उनलाई दिलीप कुमारसँग बिहे गर्न दिएनन् । मधुवाला पनि बाबुको इच्छाविपरीत गइनन् ।
नयाँ दौर फिल्मको अदालतको एउटा सिनमा दिलीप कुमारले मधुवालालाई आफूले औधी माया गर्ने कुरा बताए । उनले सबैका अगाडि यो पनि भने– म मधुलाई मेरो अन्तिम सास रहुन्जेल माया गरिरहन्छु । बलिउडमा कुनै रियल ट्रयाजिक लभको कुरा गर्दा मधुवाला र दिलीप कुमारको कहानी अघि आउने गर्छ ।


सञ्जीव कुमार र हेमा मालिनी
बलिउडमा सबै स्टारको ब्रेकअप मात्र भएको छैन । केही समय अफेयर चलेर पछि ब्रेकअप हुने र दुवैले आ–आफ्नो व्यवस्था गरेको त देखिएको छ । तर, एउटा यस्तो प्रेमकहानी पनि छ, जहाँ केटीले अर्कैसँग बिहे गरिन् । केटाले प्रेममा त्याग गरे र आजीवन बिहे नगरी बसे । उनी हुन् बलिउडका सदाबहार अभिनेता सञ्जीवकुमार । र, उनकी प्रेमिका हुन्, ड्रिम गर्ल हेमा मालिनी । उनीहरूको प्रेमकहानी पनि अधुरै रह्यो । 
हिरोहरूबीच सञ्जीवकुमारको बेग्लै विशेषता नभए पनि उनलाई महिलाले भने निकै मन पराउँथे । तर, उनले भने हेमा मालिनीलाई आफ्नो दिलमा सजाएका थिए । उनीहरूबीच प्रेम थियो । त्यही आधारमा उनले हेमालाई बिहेको प्रस्ताव राखे । तर, हेमाको मन कसरी परिवर्तन भयो, उनले सञ्जीवको प्रस्ताव अस्वीकार गरिन् र धर्मेन्द्रसँग बिहे गरिन् । त्यसबाट उनी निकै बिरक्तिए । हेमाका कारण उनले आजीवन बिहे नगरेको तर्क पनि गरिन्छ ।


देवानन्द र सुरैया
सुरिलो आवाजकी धनी सुरैयाको देव आनन्दसँग टिनएजमै भेट भएको थियो । त्यतिवेला सुरैया आफ्नो करिअरको उचाइमा थिइन् । तर, देव आनन्द भने संघर्ष गर्दै थिए । आफू चर्चित भए पनि सुरैयाले संघर्षरत देवलाई औधी माया गर्थिन् । भनिन्छ, नि साँचो प्रेमका अरू सबै कुरा फिक्का हुन्छन्, उनीहरूको प्रेममा यही मान्यता लागू भएको थियो ।
देव र सुरैया गहिरो प्रेममा थिए । तर, सुरैयाको परिवारले उनीहरूको प्रेम स्वीकार गरेन । खासगरी हजुरआमाको चर्काे विरोध र दबाबका कारण उनीहरूको प्रेमको स्याड इन्डिङ भयो । परिवारको आदेशमा आफूसँग सम्बन्ध तोडेकोमा देवले सुरैयालाई कायर भनेर सराप्थे । त्यतिवेला देवले संसारमा सबैभन्दा बढी माया सुरैयालाई गर्थे । उता, सुरैयाले सन् १९७२ मा स्टारडस्टलाई दिएको एउटा अन्तर्वार्तामा आफूले देवसँग बिताएका पल निकै स्मरणीय भएको र आफूलाई सधैँ झस्काइरहने गरेको बताइन् । उक्त अन्तर्वार्तामा उनले देवले प्रेमको वेलामा आफूलाई भनेका सबै कुराको स्मरण गरेकी थिइन् । तर, उनले देवसँग बिहे गर्न भने कसैगरी पनि मानिनन् । उनीहरूको प्रेम अधुरै रह्यो । सुरैयालाई यो कुराको भने जीवनभर नै पछुतो भइरह्यो ।


राज कपुर र नर्गिस
बलिउडका ‘सो म्यान’ राज कपुर अभिनय प्रतिभाका कारण मात्र होइन, हिरोइनहरूसँगको सम्बन्धका कारण पनि चर्चामा छाउने गर्थे । राजप्रति युवती नतमस्तक हुन्थे । तर, उनी नर्गिस भनेपछि हुरुक्कै हुन्थे । नर्गिसप्रति उनको अचम्मको लगाव थियो ।
राज कपुर र नर्गिसले सँगै अभिनय गरेको पहिलो फिल्म आग थियो । वर्षातमा अभिनय गर्दा उनीहरूको प्रेम सुरु भएको थियो । उनीहरूको अफ स्क्रिन अफेयर अन स्क्रिन केमेस्ट्रीमा पनि स्पष्ट देखिन्थ्यो । उनीहरूले थुप्रै ब्लकबस्टर फिल्म दिए ।
तर, उनीहरूको अफेयर धेरै समय टिकेन । कारण थियो– राज विवाहित थिए । नर्गिसले राजलाई उनकी पत्नी कृष्णालाई डिभोर्स दिएर आफूसँग बिहे गर्न दबाब दिएकी थिइन् । तर, राजले नर्गिससँगको प्रेमलाई बिहेमा बदल्न चाहेनन् । राजले आफूलाई बिहे गर्लान् भनेर उनी १० वर्षसम्म पर्खिबसिन् । तर, उनले बिहे गरेनन् । त्यसपछि भने नर्गिस आफ्नै तरिकाले अघि बढिन् । उनले मदर इन्डियाका आफ्ना को–आर्टिस्ट सुनील दत्तसँग बिहे गरिन् । बलिउडका मुन्नाभाइ सञ्जय दत्तकी आमा र राज कपुरको प्रेमकहानी आज पनि उत्तिकै यादगार मानिन्छ ।


मिथुन र श्रीदेवी
बलिउडका डिस्को डान्सर हिरो मिथुन चक्रवर्ती र लाखौँ दिलकी धड्कन श्रीदेवीबीच पनि एक समय गहिरो प्रेम थियो । उनीहरूको प्रेम जाग उठा इन्सान फिल्मको सुटिङबाट सुरु भएको थियो । तर, मिथुनले भने त्यसअघि नै अभिनेत्री योगिता बालीसँग बिहे गरिसकेका थिए । सायद, त्यही कारणले होला, अरूका अगाडि मिथुनले कहिल्यै पनि श्रीदेवीसँगको आफ्नो अफेयर स्वीकार गरेनन् । तर, मिडियाले भने उनीहरूको निकटतालाई नियालिरहेका थिए । उनीहरूको प्रेम जति प्रगाढ बन्दै गइरहेको थियो, बजारमा पनि चर्चा उत्तिकै चुलिइरहेको थियो । त्यतिवेला मिथुन र श्रीदेवीले गुपचुपमा बिहे गरेको हल्ला मात्र फैलिएको थिएन, मिथुनले श्रीदेवीका लागि आफ्नो घर छाडेर हिँडेको कुरा पनि चलेको थियो । यो प्रेमकहानीमा त्यतिवेला ट्विस्ट आयो, जतिवेला श्रीदेवीले मिथुनलाई योगितासँगको सम्बन्ध तोड्ने आदेश दिइन् । मिथुनको श्रीदेवी प्रेमदेखि आजित भएकी योगिताले आत्महत्या गर्ने कोसिससमेत गरिन् । त्यसपछि भने उनीहरू संयमित बने । मिथुन पत्नीकै घरमा फर्किए । त्यसको धेरै दिनपछि खबर आयो– श्रीदेवीले फिल्म निर्देशक बोनी कपुरसँग बिहे गरिन् ।



अमिताभ र रेखा
इन्डियामा कुनै रोमान्टिक स्टोरीको कुरा चल्छ भने त्यहाँ कतै न कतै अमिताभ बच्चन र रेखाको प्रेमप्रसंग आइहाल्ने गर्छ । उनीहरूको अफेयर दो अन्जाने फिल्मको सेटबाट सुरु भएको थियो । उनीहरूको निकट सम्बन्धको चर्चा बजारमा चल्न थालिहाल्यो । त्यतिवेला उनीहरूले गुपचुपमा बिहे पनि गरिसके भन्ने खबर फैलिएको थियो ।
तर, बजार हल्ला त्यतिवेला अझै हट भयो, जब रेखाको नाम ऋषि कपुरसँग जोडियो । त्यतिवेला ऋषिको नितुसँग बिहे भइसकेको थियो । अमिताभले रेखाप्रतिको आफ्नो प्रेम कहिल्यै पनि सार्वजनिक गरेनन्, तर रेखाले भने आफूहरू प्रेममा रहेको कुरा स्वीकार गर्दै आइन् । सन् १९८४ मा फिल्मफेयर म्यागजिनलाई दिएको एउटा अन्तर्वार्तामा रेखाले अमिताभ र आफ्नो प्रेमबारे विस्तारमा बोलेकी थिइन् । उनले आफू र अमिताभ गहिरो प्रेममा रहेको बताएकी थिइन् । अमिताभले घरपरिवार, बालबच्चा र आफ्नो इमेज बचाइराख्न खुला रूपमा आफूसँगको सम्बन्धबारे बोल्न नखोजेको उनले बताएकी थिइन् ।
अमिताभ र रेखाले सँगै काम गरेको अन्तिम फिल्म सिलसिला हो । त्यो फिल्मको सुटिङ समाप्ति सँगै उनीहरूको प्रेम पनि फिक्का हुँदै गयो । रेखा अमिताभसँग बिहे गर्न त चाहन्थिन् । तर, ‘कान्छी’ बनेर बस्न भने चाहँदिनथिन् । तर, अमिताभले पत्नी जयालाई छाड्न चाहेनन् । रेखालाई यो सम्बन्धको सुखद अन्त्य छैन भन्ने पक्का भएपछि उनीसँगको निकटता घटाउँदै लगिन् । अन स्क्रिनका साथसाथै उनीहरूबीच अफ स्क्रिन रोमान्स पनि बन्द भयो । तर, अहिले पनि कहिलेकाहीँ उनीहरूको सम्बन्धको चर्चा हुने गरेको छ ।


अक्षय र रविना
रविना टन्डन ९० को दशकमा लाखौँ पुरुषको दिलकी धड्कन थिइन् । टिपटप वर्षा पानी बोलको गीतमा पानीमा भिज्दै पहँेलो साडीमा नाचेकी ती सुन्दरीलाई कसले भुल्न सक्यो र ? तर, उनी भने त्यतिवेला बलिउडका खेलाडी अक्षय कुमारको प्रेममा लीन थिइन् । उनीहरूको प्रेम सन् १९९४ मा बनेको मोहराको सुटिङका क्रममा सुरु भएको थियो । उनीहरू यति गहिरो प्रेममा डुबेका थिए कि सुटुक्क मन्दिरमा गएर इंगेज्मेन्ट गरेका थिए ।
उनीहरूको प्रेमको दुनियाँ निकै उदाहरणीय थियो, तर कहानीमा त्यतिखेर गएर ट्विस्ट आयो जतिवेला खिलाडीयोंका खिलाडी फिल्म रिलिज भयो र त्यही क्रममा अक्षय र रेखाको रोमान्सको खबर बाहिरियो । रविना अक्षयको स्त्री मोहप्रति काबु भइसकेकी थिइन् । उनलाई अक्षय–रेखा रोमान्सको खबरले ठूलो मौका मिल्यो । जसबाट उनले अक्षयसँग सम्बन्ध टुटाइदिइन् । १९९९ मा रविनाले एउटा अन्तर्वार्तामा रुँदै भनेकी थिइन्– ‘अक्षयलाई केटी देख्नै हँुदैन । प्रपोज गरिहाल्छ । यस्तो बानीले गर्दा ऊ कुनै दिन एकैचोटि चार/पाँचवटा बच्चाको बाउ बन्नेछ ।’ उनले त्यो अन्तर्वार्तामा यो पनि भनेकी थिइन्– ‘म कोही केटीलाई अक्षयसँग ब्रेकअप गर भन्दिनँ । म यति मात्रै भन्छु, ऊसंग मेरो सम्बन्ध थियो । तर, ऊ मप्रति इमानदार थिएन ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Unknown

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu