- खपिनसक्नु गर्मीले तरतरी पसीना चुहिरहेका वेला कुनै समुद्रि छालको झझल्को दिने दृष्य अनि पछाडिबाट मधुर सांगीतिक धुनमा झरी परेको ठाउँमा नाच्नुको मजा नै अर्कै हुदो रहेछ, पानी पार्कमा भेटिएका मदन कार्कीले भने, 'मैले सोचे भन्दा निकै रमाइलो रहेछ, यो ओसियन पार्क ।' एक हुल मान्छेहरु घामको ताप वाट वच्न पानी मुनी पस्छन् र निस्कन्छन् । कोही पनि छोडेर वाहिर निस्कने पक्षमा छैन् । पालै पालो ठाउँ परिवर्तन गरी गरी पानी पार्कमा रमाइ रहेका हुल देख्दा जो कोहीलाई पनि एक पटक लेगा खोलेर चुर्लुम डुवुल्की मार्न मन लाग्छ ।
तराईको उखुम गर्मी छल्नका लागि यति वेला धेरैको गन्तब्य स्थान बन्न थालेको छ, ओसियन पार्क । पूर्वको चौवाटो भनेर चिनिने इटहरी चोकवाट दक्षिणतर्फ प्रस्तावित क्षेत्रीय रंगशालाको छेउमै वनेको यो पानी पार्कमा यति वेला पानीमा रमाउनेहरुका लागि नगइ नहुने स्थान बनेको छ ।
दुइ विगाहा ९ धुर क्षेत्रफलमा बनेको ओसियन पार्क एण्ड रिसोर्टमा समुद्रि छाल, रेनडान्य, रेम्बो स्लाइट, फेम्ली स्लाइट र सुइमीङपुल मुख्य आक्रषण रहेका छन् । शनिवार पार्कमा अढाइ सय भन्दा वढि पानीमा खेली रहेका थिए । स-साना नानीदेखि युगल जोडी मात्र हैन उमेर ढल्केकाहरु समेत पानीको छाल सँगै मातीरहेका थिए ।
पार्क सञ्चालक डम्बर तामाङ पार्कमा साडे आठ करोड रुपैयाँ लगानी भइसकेको वताउँछन् । चार जनाको समुह मिलेर पार्क स्थापना गरेका हुन् । 'पार्क पुरा हुँदा ११ करोड रुपैयाँ खर्च हुन्छ,' तामाङले भने । यो पार्क पूर्वको मात्र नभइ नेपालकै एक मात्र नमुना हुने तामाङको दाबी छ ।
पार्कमा एकै पटक ५ सय जना अटाउने छन् । दैनिक तिन सय भन्दा बढि मान्छे आउने तामाङले वताए । 'हामीलाई दैनिक ३ सय भन्दा बढि मान्छे आउँछने भन्ने विश्वास छ,' तामाङले भने, 'केहि बर्षयतादेखि आन्तरिक पर्यटनको सोचमा समेत विकास भइ सकेकाले र्पाक चल्छ भन्नेमा हामी विश्वास्त छौ ।' पूर्व क्षेत्रमा राम्रो पार्क नभएको गुनासो सवैतिरवाट आइ रहेकावेला यो पार्कले धेरैलाई तान्ने उनको दावी छ ।
कल्कत्ताको निको, डिल्लीको स्पाल्स फण्ड पार्कको झल्को दिन गरी पार्क निर्माण गरीएको सञ्चालक तामाङले वताए । पार्कमा रिसोर्ट बनाउन थालिएको छ ।
पछिल्लो समय पूर्वका विराटनगर, इटहरी, धरान, भेडेटार लगाएतका क्षेत्रमा होटल तथा रेष्टुराँहरुमा लगानी बढ्दो छ । इटहरी बजारमा अन्य वजारको भन्दा मान्छेको आवतजावत समेत बढि नै हुने गर्छ ।
पार्कमा प्रवेशका लागि शुल्क तिर्नु पर्छ । ५ सय रुपैयाँ तिरेपछि दिन भर सवै पानी पोखरीहरुमा डुबुल्की मार्न पाइन्छ भने बालबालिकाहरुलाई ३५० रुपैयाँ मात्र लाग्ने गर्छ । यसका अलवा अन्य स्विमीङ मात्र गर्न मन लागे १७५ तिरे पुग्छ । पार्कमा जिम हल समेत राखिएको छ ।

No comments