Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » बिबाह गरेकोमा पछुतो मान्दै अञ्जु पन्त

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस्
आफ्ना पति संगको सम्बन्ध बिच्छेद पछीका दिनमा अहिले अन्जु पन्त आफ्नै सैलीमा जिबन व्यतित गरीरहेकी छिन् । सांगितीक क्षेत्र र बैबाहिक जिबनमा आफुले भोगेका तिता मिठा क्षणहरु संगै उनि जिबन रफ्तारलाई अघाडी बढाई रहेकी छिन् । आफ्नो सुरीलो स्वरले लाखौ श्रोताका मन जित्न सफल अन्जु पति संग अलग भए पनि सांगीतीक जिबनबाट भने अलग भएकी छैनन् ।
 भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्


 उनले अहिले पनि आफ्नो जिबन सांगीतिक क्षेत्रमा सर्मपण गरेर अघी बढी रहेकी छिन् । बिहे अघिका दिन जति रमाईला थिए त्यतिकै रमाईलो बनाउने प्रयत्नमा उनि हर हमेसा लागि रहेकी छिन् । उनको साथमा छोरी परितोषिका पनि छिन् ।
सानै देखी संगीत प्रति झकाब भएकी अन्जु आफ्न पति संगको सम्बन्ध बिच्छेद पछीका दिनमा केही फरक महसुस गर्देछिन् । एक्लै भए पछी कहिलेकाँही प्रेम प्रस्तावले हैरान पार्ने गरेको उनले बताएकी छिन् । उनि  केही फ्यानका प्रस्तावले हैरान हुन्छीन् त कहिले ए लेभल पदमा रहेका व्यक्तिहरु, ठुल्ठुला बिजनेस म्यान, एनआरएनहरु सबै क्षेत्रका फ्यानहरुले प्रस्तावले । केही   जिन्दगीलाई यसरी लानुपर्छ भनेर सँगै हिँड्ने बाचा पनि गर्छन् । उनलाई बिहेको प्रस्ताब पनि थुप्रै आउने गरेको छ । बिहेको प्रस्ताब गर्नेमा आर्मीको मेजरभन्दा माथिल्लो ओहोदाका व्यक्ति धेरै रहेको उनको भनाई छ ।
बिहे केहो र बिहे पछीको जिबन भोगाई कस्तो हुन्छ भन्ने कुरा राम्रो संग अनुभब गरेकी अन्जु भन्छीन अब मलाई न साथी चाहिएको छ, न जीवनसाथी नै । सेक्सको भोको न म हिजो थिएँ, न आज नै छु । चर्चमा ध्यान गर्न जान्छु । त्यसैले पनि सेक्सतिर ध्यान जाँदैन । बिहे पछीका दिनका संघर्ष र संका उपसंकाको घेरालाई तोड्न खोजे पनि नसके पछी अन्तत उनले आफ्ना पति संग सम्बन्ध बिच्छेदको बाटो रोजिन् । बिहे पछीका दिनमा सधै पिटाई खादै र निलडाम लिएर गित रेकर्डका लागि स्टुडियो पुगेका क्षणलाई सम्झदै उनि भन्छीन् मैले किन बिहे गरें  त्यो गल्तीका लागि अहिले म आफै पछुताएकी छु । अहिले छोरी ९परितोषिका० ले पनि मलाई यहि कुराले गाली गर्छे ।
सानै उमेरमा बाबुको स्नेहबाट टाढा रहेकी अन्जु आफ्नो बाल्यकालको बारेमा खुलेरनै कुरा गर्छीन । उनि आफ्नो पुख्र्यौली घर फर्पिङ भएको तर आफु मामाघर तेह्रथुममा जन्मिएँको बताउछिन्  । उनि जयबहादुर पन्त र मनु योञ्जन पन्तका पाँच सन्तानमध्ये म कान्छी सन्तान हुन् ।  उनका बुबा हक्की स्वभावको हुनुहुन्थ्यो , आफ्नै पौरखमा बाँच्छु भनेर घर छाड्नुभएछ । र, जागिरको सिलसिलामा तेह्रथुम पुगेर त्यहीँ घरजम गर्नुभएछ । अन्जु  तीन वर्षकी हुँदा परिवारसहित काठमाडौँ र्फकनुभएछ ।
उनले भनिन् बाल्यकाल मेरो त्यति सुखद् रहेन । म ममीको पीडा हेरेरनै  हुर्किएँ । १२ वर्षकै उमेरमा उहाँको माइलो छोरा बित्यो । त्यसको दुई वर्षपछि युवा उमेरमै श्रीमान् पनि परलोक हुनुभयो । त्यसबेला म आठ वर्षकी मात्र थिएँ । त्यतिबेला ममी जिउनै गाह्रो हुने स्थितिमा पुग्नुभयो । माइती  तेह्रथुम जाउँ भने धेरै टाढा, घर फर्पिङ जान पनि गाह्रो । धेरै तनाबका कारण उहाँ मानसिक बिरामी नै हुनुभयो । अहिले ठीक हुनुभएको छ ।
त्यसैले म ममीलाई धेरै माया गर्छु । त्यतिखेर फुपू जानकी केसीले साथ नदिनुभएको भए हामीलाई बाँच्नै समस्या पथ्र्यो । र, आज म यो स्थितिमा शायदै पुग्थे ।
केही दुखद कुरा सुनाए पछी अनु फेरी आफ्नो सांगितिक जिबनका केही रमाईला कुरा पनि सुनाउछिन् । उनि भन्छीन् सानोमा म निक्कै  ज्ञानी   थिएँ । घरको काममा पनि त्यस्तै । गाउन र नाच्नमा पनि म औधी नै रुचि राख्थें । तर, एक्लै हुँदा मात्रै ।
रेडियोमा गीत बजेपछि मेरो शरीर आफै चल्मलाउँथ्यो । रेडियोको वरिपरि सबैजना हुने, हत्त न पत्त तल झरेर एक्लै नाच्थें । गाउने पनि त्यस्तै, सबैजना छन् भने केटाको जस्तो आवाज निकालेर हाइफाई तरिकाले गाइदिन्थें । एक्लै हुँदा भने सुरिलो आवाजले गाउँथेँ । मेरा यी हर्कतबाट फुपू भने राम्रै परिचित हुनुहुन्थ्यो । आफ्ना बाल्यकालको कुरा निक्कै खुसी हुदै र हास्दै सुनाएकी अन्जु मनोज संगको भेट र त्यसपछीको बाकि जिबनको बारेमा यसरी बताउछिन् ।
०५४ सालमा अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगिता भएको थियो । त्यो प्रतियोगितामा म गाउँदै थिएँ, मनोजराज शिवाकोटी पनि त्यही प्रतियोगितामा प्रतिस्पर्धी हुनुहुन्थ्यो  । त्यतिबेला म सानै थिए । फुच्ची देखीन्थे ।  कपाल थाइकट थियो, घुँडाघँडासम्म आइपुग्ने फ्रक लगाएकी थिएँ । मनोजराजजीले त्यहीँ नै मलाई पहिलोपटक देख्नुभएको थियो । उहाँले घर पुगेपछि सबैलाई भन्नुभयो रे, ‘हेर्दा फुच्ची छ, आवाज ऐनाजस्तो प्रस्ट छ, त्यही फुच्चीले जित्छे ।’ उहाँले सोचेजस्तै भयो, म फस्र्ट भएँ, मनोजजी छैठौं हुनुभयो ।
त्यहाँदेखि त उहाँले मलाई ‘फलो’ गर्न थालिहाल्नुभयो नि । ‘हामी सँगै सिक्नुपर्छ है, साथी बनौं, सँगै प्राक्टिस गरौं’ भन्दै उहाँ नजिकिन खोज्नुहुन्थ्यो । ‘नाई, म प्राक्टिस आफ्नै दाइहरुसँग गर्छु’ भनेर म तर्किन्थें । मलाई भेट्न उहाँ रेडियो नेपाल नै आउनुहुन्थ्यो, इन्स्टिच्युटमा पनि पुग्नुहुन्थ्यो । मेरी साथी बाला दिदीलाई ‘हिन्स’ दिनुहुन्थ्यो, बाला दिदीसँग कुरा गरेर मसँग नजिक हुन खोजेको चाल म थाहा पाइहाल्थें । उहाँ नजिक हुन खोज्नुहुन्थ्यो, म टाढा भाग्थें। मैले वास्तै गर्न छाडेपछि हामीबीच ग्याप भयो ।
उनि आफ्नो लभ स्टोरी सुनाउदै भन्छीन । हाम्रो लभ चल्दा नै झपड हानेर उहाले मलाई बेहोस बनाउनु भयो ।
शंकै शंकाबाट सुरु भयो हाम्रो जीन्दगी । बिहे भएको केही दिनदेखि नै उहाँले मलाई पिट्न थाल्नुभयो । हुन त उहाँले बिहेअघि पनि पिटेर बेहोस् पार्नुभएको थियो । सामान्य विवादमा ठमेलको बीच बाटोमै मलाई जोडले थप्पड हान्नुभाथ्यो । म त बेहोसै भएँछु । पछि, उहाँले नै ट्याक्सीमा हालेर घर पुर्‍याउनुभएछ । म होसमा आएपछि उहाँले ‘आई लभ यू, सरी’ भन्नुभयो, मेरो कोमल मन पग्लिइहाल्यो । अहिले पछुतो लाग्छ, त्यतिबेला मैले त्यो थप्पडको जवाफ दिएको भए आज यो दिन देख्नुपर्दैनथ्यो होला । मैले अनुभव गरें, केटा मान्छेको हात एकपटक उठेपछि त्यसलाई रोकेन भने उठेको उठ्यै गर्दोरहेछ । त्यसले झन्झन् ठूलो रुप लिने रहेछ । बिहेअघि नै उहाँले ममाथि शंका गर्ने, त्यस्तो हुँदाहुँदै पनि मैले किन बिहे गरे त्यो गल्तीका लागि अहिले मलाई छोरी  परितोषिका  ले गाली गर्छे ।
जिन्दगीमा भोगेका दुख दायी कुराहरु सम्झीएर अन्जुले धेरै पटक मर्ने प्रयास पनि गरीन् तर सकिनन् । सधैको संका सधैको झगडा अनि कुटाई उनि सहनै नसक्ने स्थीतिमा पुगेको सुनाउदै भन्छीन्ः एकपटक म सुत्केरी भएको २२ दिनमै नानाभाति शंका गरेर मनोजजीले झगडा गर्नुभयो । धेरै सम्झाएँ तर पनि केही चलेन । एकदमै दिक्क लाग्यो । अनि, रुँदै चुलेसीले आफ्नै हात काटें । त्यो खत अझै मेटिएको छैन । विभिन्न ठाउँमा कार्यक्रम तय भइसकेको हुन्छ, पिटाइले अनुहारभरि दाग हुन्थ्यो । त्यसरी पनि कुट्ने हो त रु आँखा सुन्निँदा चश्मा लगाएर गाएकी छु । झन् हङकङको प्रोग्राममा त धेरैभन्दा धेरै मेकअप गरेर घाउ लुकाउने कोशिष गरें । गाथा एल्बम गर्दा कुटेर नाक नै भाँचिदिएका थिए । संगै अमेरिकामा भएका बेला मेरो एउटा औंला नै भाँचिदिए ।
उनि भन्छीन्  आफ्नो गित प्रस्तुत गर्न विदेशमा धेरै कन्सर्टमा जान्थे । तर, दुवैजना सँगै भने गएका थिएनौं । सँगै जाने उहाँको पनि इच्छा थियो, ‘एकैचोटि अमेरिका नै जाऔं न त’ भनेर उहाँलाई पनि सँगै लगें । त्यहाँ पनि उहाँको स्वभाव फेरिएन, झगडा गरेर मेरो एउटा औंला नै भाँचिदिनुभयो । दुई महिनाको कार्यक्रम थियो, म फर्किएँ, उहाँ उतै बस्नुभयो । केही महिनापछि उहाँ पनि र्फकनुभयो । फर्केपछि त झन् दिनरातको टर्चर सुरु भयो । अरुको कुरा सुनेर दिनरात नै पिट्न थाल्नुभयो । उहाँसँग छुट्नु अघि रातभरि नै झगडा पर्‍यो । बिहानको चार बजिसक्यो, कुटेको कुट्यै मात्र गर्छन् । ‘तँ किन कुरा बुझ्दिनस्’ भन्दै घाँटी ङ्याके । सास नै जालाजस्तो भाथ्यो, धन्न छाडे ।
त्यो दिन त अति नै गरे । मेरो ओठ, गाला सबै सुन्निएको थियो । रिसले मेरो पनि कन्परा घुम्यो । यसै भएन, उसै भएन भनेर देब्रे हातले मज्जाले बजाएँ । बेस्करी मुड्की बजाएकी थिएँ, एक मुड्कीमै उहाँको आँखा रातै भयो । उनि अहिले क्रिश्चीयन धर्म मान्छीन् । आफु क्रिश्चीयन धर्ममा कसरी लागे भन्ने कुरा उनि यसरी बताउछिन् । फ्यानहरु सम्झन्छु । कतिपल्ट त एक्लै रुन्छु । कति धेरै माया गरेका होलान् जस्तो लाग्छ । कुनै पनि गायकलाई आयोजकले डेढ वर्षसम्म कुरेको सायदै इतिहास छ । तर, मलाई कुरे । बाहिरबाट पैसा ल्याएर होटलमा बसेका थिए । मेरो पारिश्रमिक महँगो छ, मलाई तिर्न ल्याएको पैसा सकि सक्यो ।
होटलमा अझै कति दिन बस्नुपर्ने हो थाहा छैन । मलाई फोन गरेर भन्थे, ‘डाक्टरले अब कति दिन टाइम लाग्छ भनेका छन्, एक महिना, डेढ महिना, तीन महिना ? हामी कुर्छौँ ।’ उनीहरुको कुरा सुनेर म धुरुधुरु रुन्थेँ । काठमाडौँमा म एक्लै टोलाउँथेँ । काठमाडौँबाहिर बहिनी फ्रेस हुन्छिन् कि भनेर दाजु र साथीहरुले मलाई वीरगन्ज पुर्‍याउनुभयो । त्यहाँ हाम्रा सानोबुबाको परिवार थियो । शुक्रबार पुगेका थियौँ, शनिबार त्यहाँको एउटा ठूलो हलमा सबैजना बस्यौँ । एक, दुई, चार गरी अडियन्सहरु बढ्न थाले । मलाई सबैले चिन्थे, म कसैलाई नचिन्ने । सानोबुबाले मलाई सल दिएर घुम्टी लगाऊ भन्नुभयो । मैले त्यसै गरेँ । पछि थाहा भयो, मेरो सानोबा पास्टर र सानीआमा पास्टर्नी हुनुहुँदो रहेछ ।
पास्टर बाले मलाई छोएर ‘हे प्रभु तपाईंले बनाउनुभएको सुनको शिष्यलाई  कसैले पनि तहस(नहस पार्न नसकोस्’ भन्नुभयो । त्यो शब्द सुनेपछि भक्कानो फुटेर आयो ।जिन्दगीमा धेरै रोएँ तर, त्यस्तो त म कहिल्यै रोएकी थिइनँ । बेलुकी भजन कीर्तनको कार्यक्रम थियो । मेरो आवाज खुलेकै थिएन । तर, भजन किताबबाट आठ नम्बरको भजन मलाई गाउन लगाइयो । ‘महान् ईश्वर गर्छु म प्रशंसा तपाईंको’ भजन मैले गाउनुपर्ने भयो । हाइरेन्जमा थियो त्यो भजन । भजन गाएको त बेलुका सललल मेरो आवाज खुल्यो ।
म रोएँ, उफ्रेर नाच्न थालेँ, यता कुदेँ, उता दगुरेँ । दाइहरु पनि रुनुभयो । त्यसपछि पास्टर बुबा राजकुमार घिमिरे र पास्टर्नी आमा कमला घिमिरेले मलाई ग्रहण गरिदिनुभयो । त्यसपछि बाइबल पढ्न थालेँ, त्यसबाट प्रभावित भएर अहिले म क्रिश्चियन बनेँ ।उनले अहिले काठमाण्डौमा तिन तले घर ठड्याएकी छिन् । आखिर उनले कसरी बनाइन् त घर ? त्यतिबेला मसँग पैसा थिएन । पैसा त मैले धेरै नै कमाएकी थिएँ तर, सबै खर्च भइसकेको थियो । कहिल्यै नकमाएको पैसा कमाउन थालेँ । पाँच लाख रुपैयाँ बैना गरेर एकतले घर किनेँ । डेढ वर्षको अवधिमा तीन तलाको घर बनाएकी छु । दाजु, भाउजू, ममी, फुपू सबै सँगै बसेका छौँ ।
मनोज संग छुट्टीए पछी अहिले अन्जु बिना योजना अघी बढ्ने गरेको बताउछिन् । उनि भन्छीन् बूढासँगै हुँदाचाहिँ योजनाहरु बनाउँथेँ । आफ्नै म्युजिक कम्पनी खोल्ने, इन्स्टिच्युट खोल्ने, कटेज जस्तो घर बनाउनेजस्ता सपनाका कुरा गथ्र्यौं । अब त्यस्ता केही योजना छैनन्, मेरा सबै कुरा विशुद्ध छोरीमाथि मात्रै केन्द्रित हुनेछ ।
                     भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Unknown

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu