Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » नेपाल नै धनी बनाउने मेरो सोँच हो

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

फेसन डिजाइनर, आस्तिक शेरचन,

सानै उमेरमा फेसन डिजाइनर  (भेषभुषा) सम्बन्धी फ्रान्सबाट विज्ञता हासिल गरेर नेपालको आर्थिक समृद्धिका लागि नेपालमै  केहि गरेर देखाउने सोँच राखेका आस्तिक सेरचनले सानो अनि छोटै समयमा डिजाइनको क्षेत्रमा ठूलो प्रगति हासिल गरेका छन ।

बरिष्ठ साहित्यकार तथा कवियत्री उषा शेरचनका सुपुत्र उनै फेसन डिजाइनर आस्तिक सेरचनको अमेरिका भ्रमणका बेला अमेरिकामा रहेका नेपाली पत्रकार विजय थापाले शेरचनसँग गरेको छोटो कुराकानी ।

अमेरिका किन आउनु भयो ?
हेर्नुस, फेसन डिजाइनर भएपछि (ट्राभल) यात्राको  गरिरहनु पर्छ ।  आफुले जति संसाभर घुम्यो त्यतिनै नयाँ नयाँ अनुभव हुन्छ ।  मेरो दिदी यहि भएकोले पनि दिदीलाई भेट्न पनि यहाँ आएको हुँ । डिजाइनको व्यवशायीक प्रवद्र्धन गर्नको लागि पनि अमेरिका आएको हुँ ।

नेपालमा तपाइको व्यवशाय कस्तो छ त्यस्को बारेमा पनि बताइदिनु हुन्छ की ?
लाजिम्पाटमा स्टुडियो छ मेरो, त्यहाँ सबै हातबाट काम गरिन्छ । धेरै अनुभव र स्किल भएका साथीहरु हुनुहुन्छ । हामीले धेरै राम्रा डिजाइनहरु बनाउछौ । त्यो डिजाइन तयार भएपछि हामीले सो रुममा राखेर ग्राहकको माग अनुसार काम गर्छौ ।  हामीले अनलाईन मार्केट गर्ने  पनि सोचि रहेका छौं । नेपालमा नयाँ कन्सेप्ट लक्जरी खालको कम्पनी ल्याउने सोचेको थिए । नेपालमा गार्मेन्ट स्तरको इन्डष्ट्रीजहरुमा मात्र काम हुने भएकोले त्यो ल्याउन सकेको छैन । मसँग धेरै ज्ञान छ, राम्रो क्वालीटीको कपडाहरु कसरी बनाउने भनेर ।  म यहाँपनि केहि सिकाउन सक्छु की भन्ने उद्धेश्यले आएको हुँ ।

फ्रान्स नै किन जानु भयो डिजाइन सिक्नको लागि ?
फ्रान्समा एकदमै कलाको  श्रदा र सम्मान गरिन्छ । अरु देशमा कला भन्दा पनि व्यापारलाइ नै महत्व दिन्छन ।  विद्यार्थीको लागि फ्रान्स एकदमै  इन्सपाएर गर्ने देश हो । फ्रान्स सांस्कृतिक रुपमा पनि एकदमै अगाडी बढेको देश हो । अर्को कुरा फ्रान्समा नयाँ भाषा र नयाँ कल्चर सिक्ने मौका पाउने हुनाले म त्यहाँ पुगेको थिए ।  जति नयाँ कुरा जान्न खोज्यो त्यति नै सिक्दै गइने हुनाले मलाइ फ्रान्स एकदमै राम्रो लाग्यो ।

फ्रान्समा पढ्नु  भयो, नेपालमा स्टुडियो खोल्नु भयो,  अमेरिकामा भविस्य कस्तो देख्नु भएको छ ?
मेरो पहिलो चाहना  जे गरे पनि नेपालमै हो ।  किन की धेरै विद्यार्थीहरुले पढेपछि बाहिर जाने र बाहिर देशमै बसेर केहि गर्ने सोच्छन । मेरो चाहना जे गरे पनि जहाँ गएपनि नेपालमै गर्ने हो । नेपाललाइ नै  धनी बनाउने सोँच हो ।  यो गा¥हो बाटो भएपनि मलाइ नेपालमा नै सजिलो हुन्छ ।

तपाइको डिजाइनका कपडा क–कसले लगाएका छन अहिले सम्म ?
अहिले सुरुवात हो । मेरो ममीले यसमा धेरै सर्पोट गर्नुहुन्छ । स्पेशले महिलाको कपडाहरुको डिजाइन गर्न मलाइ धेरै मनपर्छ । मेरो दिदीले पनि मैले बनाएको कपडा लगाउनु भएको छ । अमेरिकामा पनि केहि नजिकका नेपाली परिवारले पनि मेरो डिजाइनको कपडा लगाउनु भएको छ । बच्चा देखि बुढा सम्मले मन पराउने कपडाहरुको डिजाइन गर्ने सोँचेको छु  ।

तपाइ जस्तै अन्य युवालाई कस्तो सन्देश दिनु हुन्छ  ?
जिन्दगी लामो यात्रा हो । सिक्दै जानुपर्छ । आफुले आफुलाइ केहि गर्न सक्छु भन्ने विस्वास आफैमा जगाउनु पर्छ । आफुले सोच्यो र चाह्यो भने जे पनि गर्न सकिन्छ ।  त्यसैले, त्यहि हो कसैले छिटो प्रगति गर्छ  र कसैले ढिलो गर्छ ।  आफ्नो यात्रामा निरन्तर लाग्नेले नै सबै कुरामा जित हासिल गरेको हुन्छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Blogger BOy

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu