२६ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नियम सञ्चालक समितिको शनिबार साँझ बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २ तथा मटितेल र डिजेलमा प्रतिलिटर १/१ रुपैयाँ बृद्धि गरेको हो । बढेको नयाँ मूल्य अनुसार पेट्रोल लिटरको १ सय २५ रुपैयाँ पुगेको छ भने मटिट्तेल र डिजेलको समान १ सय रुपैयाँ पर्छ ।
यसैगरी अन्तराष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर ५० डलर र आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ बढाएको छ । निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीका अनुसार बढ्नुअघि १ अर्ब १५ करोड रहेको निगमको घाटा १ अर्बमा झर्नेछ । डलरको भाउ बढ्दा आयत मूल्य बढेपछि मूल्य समायोजन गर्नु परेको उहाँको भनाई छ ।
अगष्ट १ मा भारतीय आयल कर्पेरेशनले पठाएको मूल्य सूची अनुसार निगमलाई बृद्धि हुनुअघि पेट्रोलमा प्रतिलिटर ९० पैसा, डिजेलमा ९ रुपैयाँ ३१ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ५ सय २३ रुपैयाँ ७३ पैसा घाटा थियो ।
मूल्यबृद्धि पछि पेट्रोलमा १ रपैयाँ १० पैसा तथा मटिट्तेलमा ७ रुपैयाँ ५४ पैसा नाफा हुन्छ भने डिजेलको घाटा ८ रुपैयाँ ३१ पैसामा झरेको छ । यस्तै आन्तरिक तथा अन्तराष्ट्रिय हवाई इन्धनको मूल्यमा पनि आयल निगमलाई नाफा नै छ ।

No comments