भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
किराकसैको घाउमा किरा प¥यो भन्दा हाम्रो आङ नै सिर्रिङ हुने गर्छ । झन् कसैको दिमागबाट कुनै सानोतिनो किरा नभई १५ सेमी लामो किरा निकालियो भन्दा कस्तो लाग्ला ? ईचाइनासिटीज डट कम खबर अनुसार ६० वर्षीय वांग मिंगलाई ६ महिनादेखि टाउको दुख्ने समस्या थियो ।
वांग हिड्दा हिड्दै र उभिदा पनि बेहोश हुने गर्थे । समस्या निकै जटिल भएका कारण वांगले स्क्यान गर्दा उनको दिमागमा १५ सेमी लामो किरा रहेको थाहा पाएका थिए । यसपछि वांगलाई तुरुन्त फस्र्ट पीपुल्स अस्पतालमा भर्ती गरिएको थियो ।
डाक्टरलाई पनि त्यस किरालाई निकाल्न करीब तीन घण्टा समय लागेको थियो । अपरेशनपछि निकालिएको किरा जिवीतै रहेको डाक्टरहरुले बताएका छन् । सो किरा वांगको मलद्धारबाट शरीर भित्र पसेको हुन नसक्ने अनुमान डाक्टरहरुले गरेका छन् ।
No comments