सुनसरीको अमाहीबेला-७ स्थित एभरेस्ट साइन्स सेन्टरमा ३ अर्ब ७५ करोड वर्ष पुरानो चन्द्रमाको टुक्राको एकमहिने प्रदर्शनी मंगलबार प्रारम्भ भएको छ। संयुक्त राज्य अमेरिकाको बहुप्रतिष्ठित संस्था नासाबाट ल्याइएको १ सय २० ग्राम वजन -तौल) को उक्त चट्टानलाई विराटनगर विमानस्थलबाट कडा सुरक्षाका बीच साइन्स सेन्टरमा पुर्याइएको थियो।
साइन्स सेन्टरका अध्यक्ष डा. दिलीप अधिकारीको नेतृत्वमा गएको टोलिले मेयरबसाल्ट नामको उक्त चट्टान विराटनगर ल्याएपछि प्रहरीको सुरक्षामा साइन्स सेन्टरमा प्रदर्शनीमा राखिएको छ। एक महिनासम्म सञ्चालन हुने विज्ञान प्रदर्शनीमा उक्त चट्टान दैनिक सयौंले अवलोकन गरिरहेको आयोजक साइन्स सेन्टरका अध्यक्ष अधिकारीले जानकारी दिए।

आयोजक साइन्स सेन्टरले एक महिना लामो प्रदर्शनीका क्रममा उक्त चट्टानलाई नेपाल र भारतका गरी १० लाख मानिसले अवलोकन गर्ने अपेक्षा गरेको छ। पहिलो पटक चन्द्रमा टेक्ने अमेरिकी अन्तरिक्षयात्री नील आर्मस्टङको स्मृति दिवस -जन्मजयन्ती) को अवसर पारेर चन्द्रमाको टुक्रा प्रदर्शनी गरिएको सेन्टरले जनाएको छ।
चट्टान प्रदर्शनको सुरक्षाका लागि दैनिक २० जना सशस्त्र र निजी सुरक्षा गार्ड खटाइएको सेन्टरका अध्यक्ष अधिकारीले जानकारी दिए। चट्टानको सुरक्षाका लागि सेन्टरको चारै दिशामा क्लोज क्यामेरा जडान गरिएको छ। चट्टान हेर्न आउनेहरूले शान्तिवनमा डुंगा चढ्न, पिकनिक खान, थि्रडी फिल्म हेर्न एवं भौतिक, जीव तथा रसायन विज्ञानको प्रदर्शनी अवलोकन गर्न पाउनेछन्।
No comments