भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
स्वास्थ्य मानव जीवनका लागि सबै भन्दा ठुलो सम्पती हो । आफुमा स्वस्थ्य भइञ्जेल ख्याल नगरेर बिग्रिएको स्वास्थ्य सुधार्न मानिस सबै कुरा गुमाउँन पनि तयार बन्छ । तर पनि एकपटक बिग्रिसकेको स्वास्थ्य पुर्ववत अवश्थामा आउँने सम्भावना कमै रहन्छ । यदि दैनिक जीवनमा थोरै मात्र ध्यान दिन सके स्वास्थ्य निकै सबल बन्न सक्छ । यसका लागि त्यती धेरै समय तथा खर्च पनि गरिरहनु पर्दैन ।
हाम्रै भान्सा तथा घरआँगनमा भएका वस्तुहरुको प्रयोगबाट पनि स्वास्थ्य राम्रो बनाउँन सकिन्छ । यसको राम्रो उदाहरण हो, टमाटरको प्रयोग । टमाटर मानव शरिरका लागि कति आवश्यक छ, जानकार बनौं । हामीले सबै ताजा फलफुल तथा सागपातलाई पौष्टिक तत्वका रुपमा मात्र बुझ्ने गरियो भने गलत हुन जान्छ । कतिपय फलफुल तथा सागपातहरुले रोग निवारक औषधीका रुपमा पनि काम गर्ने गर्छन् । यस्तै फलफुलको वर्गमा पर्छ, टमाटर । वास्तवमा, पकाएको टमाटर काँचो टमाटर भन्दा बढि फाईदाजनक हुन्छ । तर सम्झनु पर्ने कुरा यो हो कि टमाटरलाई जुनसुकै तरिकाले खाए पनि यसको विशेषता कायमै रहने गर्छ । खाद्य विज्ञानका वैज्ञानिकहरुले टमाटरको नियमित सेवनले सबै किसिमका क्यान्सरहरु तथा मुटुका रोगहरुको सम्भावना घटाउँने तथा कतिपय अवश्थामा निदान गर्ने तथ्य पत्ता लगाएका छन् । यसको नियमित प्रयोगले छालामा चमक ल्याउँनुका साथै प्राकृतिक चमक दिन्छ । वैज्ञानिकहरुले पत्ता लगाए अनुसार ताजा राता फलफुलहरु लाइकोपिन ( lycopene ) को मुख्य स्रोतहरु हुन् । लाइकोपिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ । यसको आपुर्ति कार्यमा अरु फलफुलको भन्दा पृथक विशेषता हुन्छ टमाटरमा ।
अरु राता फलफुलमा जस्तो टमाटर पाके पछि पनि यसमा लाइकोपिनको मात्रामा कमि आउँदैन । वैज्ञानिकहरुले बताए अनुसार लाइकोपिनले मानव शरिरमा संरक्षणात्मक प्रणालीमा काम गर्छ । यसको मुख्य कार्य जलनबाट बचाउँने तथा रगत जम्न नदिने हो । यसको अत्तिरिक्त टमाटरले मानव हड्डिमा पनि बिशेष रेखदेख पुर्याउँछ । टमाटर तथा टमाटरजन्य पदार्थहरु मानिसमा फलफुलबाट आपुर्ति हुने पदार्थ प्राप्त गर्न विकल्पका रुपमा काम गर्न सक्छ । जसले मानिसहरुमा सन्तुलित खानाको आपुर्तिमा त सहयोग गर्छ नै यसका कारण मानव स्वास्थ्य पनि राम्रो बन्छ । टमाटर हुने पौष्टिक तत्वहरुको बारेमा तल तस्विरमा हेर्नुहोस्
स्रोत : whfoods टमाटरको इतिहास टमाटरहरु मुख्यतया इटालियन खाना र अहिले सबैजसो ठाउँमा प्रयोग हुने भए पनि यसको प्रयोग दक्षिण अमेरिकाको पश्चिमी क्षेत्रको गालापागोस टापुबाट सुरु भएको मानिन्छ । सर्वप्रथम साना आकारका टमाटरहरु प्रयोगमा ल्याईएको थियो ।
वास्तवमा टमाटर दक्षिण अमेरिकामा भने रोपीएको थिएन । म्याक्सिकोबाट यसलाई त्यहाँ पुर्याइएको थियो । यसलाई मेक्सिकनहरु बोटबाट सिधै खाने गर्दथे । कोलम्बसले अमेरिका पत्ता लगाए पछि मेक्सिको आएका स्पेनिस यात्रीहरुले टमाटरको खानामा प्रयोग पत्ता लगाएका हुन् । त्यस पछि यसको प्रचलन बिस्तारै युरोप भरि नै फैलिदै गयो । सुरुमा युरोपमा यसलाई बिषालु बिरुवा मानेर यस्को प्रयोग गरिएन । अहिले पनि कतिपय युरोपेली समुदायमा यसको पातमा अल्कालोइड्स नामक बिषालु हुन्छ भनेर यसलाई घरमा रोप्ने गर्दैनन् । तर पछि बिस्तारै टमाटरले विश्व भरी चर्चा,प्रयोग र व्यापकता पाउँदै गयो । आज संसार भरि नै प्रयोग हुने टमाटरका मुख्य उत्पादक मुलुकहरु अमेरिका, रुस, इटाली, स्पेन, चिन र टर्की हुन् । राम्रो टमाटर कसरी छान्ने र संग्रह गर्ने ? एकदम गाढा रङ भएको टमाटरलाई खानका लागि उत्तम मानिन्छ । खानका लागि स्वादिलो मात्र नभएर गाढा रङका टमाटरहरुमा पौष्टिकता पनि बढि पाईन्छ । टमाटर चिल्लो तथा आकार मिलेको र चिरिएको तथा फुस्रो हुनु हुदैन ।
सकेसम्म प्रारागांरिक रुपमा उत्पादन भएको टमाटर स्वास्थ्यका लागि फाईदाजनक हुन्छ । टमाटरलाई संग्रह गर्दा सामान्य तापक्रममा सुर्यको प्रत्यक्ष किरण नपुग्ने ठाउँमा राख्नु पर्छ । यसो गर्न सके यसलाई लामो समय सुरक्षित राख्न सकिन्छ । यदि तपाई टमाटरलाई फ्रिजमा राख्ने गर्नु हुन्छ भने यसको प्रयोग गर्नु भन्दा आधा घण्टा पहिले बाहिर निकाल्नुहोस् । यसले टमाटरको प्राकृतिक अवश्था फर्किन मद्दत गर्छ । टमाटर सजिलै उपलब्ध हुने गर्छ । यसैले टमाटरको प्रयोग बढाएर मानव स्वास्थ्यमा सकारात्मक असर पुर्याउँन सकिन्छ भने किन यसको नियमित प्रयोग नगर्ने ?

No comments