शिर्षकमा तपाइले पढ्नु भएको संवाद चलचित्र ‘ढुवानी’को हो । भाद्र २८ गतेबाट नेपाल लगायतका विश्वका विभिन्न देशबाट एकसाथ प्रदर्शनमा आउन लागेको यो चलचित्रले चेलिबेटी बेचबिखनको मुद्दालाई सुष्म रुपमा उठान गरेको छ । कविता श्रेष्ठको प्रस्तुतीमा मञ्जिल श्रेष्ठले निर्माण गरेको ‘ढुवानी’लाई पिताम्बर पाण्डेले निर्देशन गरेका हुन् ।नेपालबाट कसरी चेलिबेटीहरु भारतको वेश्वालय सम्म पुर्याइन्छ भन्ने बिषयलाई निर्माणपक्षले अनुसन्धान पश्चात तयार पारेकाले पनि ‘ढुवानी’ उत्कृष्ट बनेको धेरैको विश्वास छ । चलचित्रा किशोर खतिवडा, प्रबिन खतिवडा, धिरेन्द्र राज थापा, सगुन शाही, अनुजा गायक लगायतले अभिनय गरेका छन् ।
चलचित्रमा हरि लम्सालको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ । निर्माणपक्षले चलचित्रलाई हिन्दी भाषामा डब गरेर अंग्रेजी, अरबिक भाषाको सब टाइटल राखेर विश्वभर देखाउने तयारी गरेको छ । चलचित्रको निर्माणपक्षले सिनेमाको दोश्रो प्रोमो सार्वजनिक गरेको छ ।

No comments