भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
दुर्गेसले टौदहमा घुमिरहेकी अन्जुलाई समाएपछि टौदह वरिपरिको वातावरण एक छिन् शान्त बन्यो । सबै दुर्गेस र अन्जुतर्फ ध्यान केन्द्रीत गरेर भीड लागे । आखिर दुर्गेसले किन समाए त अन्जुलाई भनेर हेर्नको भीडलाई कसैले पनि थाम्न सकेन । अरुसँग मस्केर बोल्ने बानीले नै उनीहरुमा पिरलो थपिएको त्यहाँ बुझियो । आफ्नो प्रेमिका अरुसँग मस्केर बोल्दा रिसाएर आँखा तर्ने बानी सबैको हुन्छ नै । त्यो परिवेशले झगडा पनि उत्पन्न गर्न सक्छ । कुरा थियो मेरै भर पर बोलको गीतको म्यूजिक भिडियोको । आजभोलि चल्तीका मोडलहरु दुर्गेस थापा र अन्जु निरौलाले म्यूजिक भिडियोमा मुख्य भूमिका निभाइरहेका थिए । उनीहरुलाई साथ दिने कलाकारहरुमा भने भीम आले र कविता शाही थिए । कपिल लामाको निर्देशनमा छायाँकार राजेश घिमिरेले म्यूजिक भिडियो खिचेका थिए । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो उचाइ कायम गरेका गायक विमल डाँगी प्रदेशमा रहेर पनि नेपाली कला संस्कृतिप्रति निकै सोचनीय बन्ने गरेका छन् । उनी अमेरिकामा छन् तर उनले त्यहाँ रहेर पनि गायनलाई निरन्तरता दिइरहेका छन् । गायक भीम थापा र गायिका टीका पुनको स्वरमा सजिएको गीत मेरै भर पर…मा गायक विमल डाँगीले लय सिर्जना गरेका हुन् भने गणेश चौलागाईंले शब्द लेखेका हुन् । लोकदोहोरीको क्षेत्रमा निरन्तर लेखनका माध्यमले आफ्नो उचाइ बनाउँदै गरेको रचनाकार गणेश चौलागाईं पछिल्लो समयमा व्यस्त गीतकारका रुपमा पर्ने गर्छन् । यस म्यूजिक भिडियोलाई विन्ध्यबासिनी म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।
No comments