Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » विवाहअघि यौनसम्पर्क गर्दा सय कोर्रा

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result


मालदिभ्सको एक अदालतले विवाहपूर्व यौनसम्पर्क गरेको आरोपमा १५ वर्षे युवतीलाई सय कोर्रा लगाउन आदेश दिएको छ । साथै अदालतले ती युवतीलाई आठ महिना बालगृहमा नजरबन्दमा राख्न आदेश दिएको छ ।
युवतीले गत वर्ष सौतेनी बाबुले आफूमाथि यौनशोषण गरेको र बच्चाको समेत हत्या गरेको उजुरी गरेपछि प्रहरीले छानबिन सुरु गरेको थियो । छानबिनका क्रममा युवतीले पहिलेदेखि नै अर्का पुरुषसँग यौनसम्पर्क गरेको तथ्य प्रहरीले फेला पारेपछि यस्तो सजाय सुनाइएको अदालतका अधिकारीले बताएका छन् !
बाल न्यायालयकी प्रवक्ता जैमा नासिदले युवतीले आफ्नो इच्छाले कानुनको उल्लंघन गरेकाले उनीविरुद्धको फैसला जायज भएको बताइन् । १८ वर्ष पुगेपछि मात्र उनलाई कोरा लगाइने तर समयअघि नै युवती तयार भएमा उनको इच्छाअनुसार सजाय दिइने उनले स्पष्ट पारिन् । मालदिभ्सको इस्लामिक कानुनअनुसार विवाहअघि यौनसम्पर्क गर्नु गैरकानुनी मानिन्छ । यद्दपि युवतीका पुरुष साथीलाई सजाय दिने नदिनेबारे स्पष्ट पारिएको छैन । युवतीको नाम भने गोप्य राखिएको छ । युवतीमाथि यौनशोषण तथा बच्चाको हत्या गरेको प्रमाणित भए उनका सोतेनी बुबालाई २५ वर्षको जेल सजाय हुनेछ । युवतीलाई यौनसम्पर्क राखेको आरोपमा दिइएको सजायप्रति एमनेस्टी इन्टरनेसनलले आपत्ति जनाउँदै घटनालाई क्रुर, अपमानजनक र अमानवीय बताएको छ । त्यस्तै फैसलाप्रति मालदिभ्स सरकारले समेत असन्तुष्टि व्यक्त गरेको छ ।
यसअघि गत सेप्टेम्बरमा विवाहअघि यौनसम्पर्क राखेको आरोपमा १६ वर्षिया युवतीलाई सार्वजनिकस्थलमा कुटपिट गरिएको थियो भने उनका प्रेमीलाई १० वर्षको कैद सजाय दिइएको थियो ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Unknown

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu