सायद काठमाडौंमा एक लाख र दुई लाख पर्ने रक्सीको चर्चा सेलाएको थिएन । एक बिहान श्रीलंकाको दक्षिणको पुछारमा रहेको मातराको डोन्ड्रा हार्बरमा पुग्दा भने गज्जबको दृश्य देखियो । माछा मार्ने डुंगाहरूको घुइँचो । जताततै माछाको रास । चर्को मोलमोलाई । कोही डुंगाबाट माछा निकाल्न हतारमा थिए त कोही काँटछाँट गर्न । त्यही मेसोमा एउटा दृश्यमा गएर अडिएँ । एउटा डुंगाबाट धमाधम माछा निकाल्ने क्रम जारी थियो । त्यो पनि टुना माछा ।
४०-५० केजी तौलको टुना माछा देख्दा नै चकित परियो । किनकि काठमाडौंका डिपार्टमेन्ट स्टोरहरूमा पाइने टुना माछाको क्यानलाई हेर्दा यो माछा यति ठूलो होला भन्ने चिताएको पनि थिइनँ । ४०-५० केजीको माछालाई डुंगाबाट निकाल्दै, तौलँदै र एउटा गाडीमा लोड गरिरहेको दृश्य निकै अनौठो लागिरहेको थियो । तर, अचानक पाँचजना कामदार डुंगामा चढे । त्यसअघिसम्म तीनजनाले नै काम गरिरहेका थिए । जोख्ने मेसिन पनि छुट्टै ल्याइयो । वरिपरि रहेकाहरू स्थानीय भाषामा चर्कोचर्कोसँग बोलिरहेका थिए । उनीहरूको हाउभाउले पक्कै केही नयाँ हुँदै छ भन्ने आभास मिल्थ्यो ।
त्यत्तिकैमा डुंगामा चढेकाहरूले डोरी लगाएर एउटा अजंगको माछालाई बाहिर थुते । जीवनकालमै त्यत्रो ठूलो माछा देखिएको थिएन । झन् टुना माछा त देख्ने कुरै भएन । सकिनसकि माछालाई बाहिर ल्याइयो । भुईँमा सुताउँदा काठमाडौंका भित्री गल्लीमा रहेका मासु पसलमा लडेका पाडाहरूको दृश्य अगाडि आयो । सबै मिलेर तौलने मेसिनमा राखे । तौल करिब १२५ केजी । जसोतसो गाडीभित्र हुले । पत्याउनै गाह्रो भयो । माछा लोड र अनलोडको व्यवस्थापन सम्हालेका एक मनुवासँग तौल रुजु गरियो । अघि भनिएकै सही रहेछ । बंगुर र राँगाको तौल त्यही हाराहारीमा सुनिरहेकोमा एउटै माछाको तौल त्यति सुन्दा सुरुमा त पत्याउनै गाह्रो भयो । यो जुनीमा अर्कोपटक यति ठूलो माछा देख्न पाइने हो कि होइन । त्यो मौका गुमाउन चाहन्नथें । त्यस दृश्यलाई धमाधम क्यामरामा उतार्न लागेँ ।
अब मोलको कुरा । मोल भएपछि न त्यो तौलको अर्थ रहला । कति त त आज यो माछा बजार भाउ ? मैले अघिकै व्यक्तिलाई प्रश्न तेस्र्याएँ । एक केजीको ७६७ श्रीलंकन रुपिज -नेरु १०० को श्रीलंकन रुपिज १२८-३० चलिरहेको छ) । हिसाब लगाउँदा त एउटै माछाको करिब ९६ हजार रुपिज पर्ने रहेछ । त्यो नै सबैभन्दा ठूलो माछा भने रहेनछ ? त्यही हार्बरमा यसअघि २ सय केजीभन्दा बढीका माछासमेत ल्याइसकेको रहेछ । करिब २० दिन समुद्रमा बिताएर आएका रहेछन् ती मछुवाराहरू ।

आफूलाई चाहिने रसदपानीको जोहो गरेर पानीमा महिनौं बिताउनु तिनीहरूको जीवनचर्या नै बनिसकेको छ । तर, पछिल्ला वर्षहरूमा युरोपियन मुलुकहरूले बढीमा २० दिन पुराना माछा मात्र आयात गर्न दिने व्यवस्था गरेपछि भने ती मुलुकहरूमा माछा पठाउने व्यवसायीहरूले सोहीअनुसार माछा मार्ने योजना बुन्न गरेका रहेछन् । त्यसरी ल्याइएका माछाको पनि राम्राराम्रा भागचाहिँ विशेष किसिमको प्याकेजिङ गरेर युरोपका बजारमा पठाइने रहेछ भने रहलपहल हिस्साचाहिँ क्यान फुड बनाउन थाइल्यान्डलगायतका मुलुकमा निर्यात हुने गरेको रहेछ । त्यसो त एउटा उद्योगकै रूपमा स्थापित छ माछा व्यवसाय । श्रीलंकाले हरेक वर्ष करिब २०० मिलियन अमेरिकी डलरको त टुना माछा नै निर्यात गर्ने गरेको छ । सरकारी तथ्यांकहरूलाई पत्याउने हो भने श्रीलंकाको करिब ६० अर्ब अमेरिकी डलरको कुल गार्हस्थ्य उत्पादन -जीडीपी) मा माछा उद्योगको २.७ प्रतिशत योगदान छ । चारैतिरबाट समुद्रबाट घेरिएकाले हुनसक्छ, श्रीलंकामा माछा व्यवसाय आर्थिक मात्र होइन सामाजिक र सांस्कृतिक महत्त्व पनि उत्तिकै छ ।
No comments