भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
संसारभर यौन क्रान्ति ल्याउने औषधी भियग्रामाथिको फाइजर कम्पनीको पेटेन्ट आजबाट समाप्त हुने भएको छ । यसपछि अब यो औषधी जसले पनि बनाएर संसारभर बेच्न सक्नेछ ।
नीलो रङ्गको यो सानो चक्की १५ वर्षअघि बजारमा ल्याइएको थियो । मूलतः हृदयरोगीका लागि बनाइएको यो गोलीको साइड इफेक्टले साइड इफेक्ट्सलाई नै मुख्य उद्देश्य बनाएको थियो । मुटु रोगीले यो चक्की प्रयोगका गर्ने क्रममा पुरुषको लिङ्गको शिथिलता हटाउने साइड इफेक्ट देखिएपछि त्यसैको औषधिका रुपमा यो चक्की प्रयोगमा स्थापित भएको हो ।
फाइजर कम्पनीले भने मुटु रोगीको चलिरहेको मुटुको सख्त नशालाई शिथिल बनाउन यो औषधि उत्पादन गरेको थियो । औषधि मानिसमा प्रयोग गर्ने क्रममा फाइजर कम्पनीले आशा गरेभन्दा फरक परिणाम हात परेको थियो । आफ्नो उद्देश्यमा सफल नभएपछि फाइजरले यस्को उत्पादन बन्द गर्नै लागेको थियो । तर, परीक्षणमा साथ दिइरहेकाहरुले यसको साइड इफेक्टका बारेमा बताए ।
त्यसपछि त्यही साइड इफेक्ट संसारभरका पाका पुरुषहरुा यसको लोकप्रियता ह्वात्तै बढ्यो । तर, यसको किन्नेमा युवा पुरुषको संख्या पनि कम थिएन । आफ्नो सुरुवाती फाइजर कम्पनीको यो सानो चक्कीले दश वर्षमा ३० करोगड पुरुषलाई सहयोग गरेको छ ।
त्यसो त संसारको इतिहासमा यस्तो पहिलो पटक भने भएको होइन । फरक उद्देश्यका लागि उत्पादन गरिएको औषधि फरक रोगका लागि प्रयोग भएका धेरै उदाहरण छन् । भियग्राजस्तै अस्थमाको उपचारमा सुँघाइने एउटा औषधि भेन्टोलिन समय पूर्वको प्रशव रोक्नका लागि पनि काम लाग्दछ । यस्तै विगतमा विषालु मानिने आर्सेनिकलाई ल्युकेमियाजस्तो घातक रोगको उपचार पनि प्रयोग गरिन्थ्यो । एजेन्सी

No comments