Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » पहिलो पटक श्रीमानसंग सेक्स गर्दा सारै दुख्यो .........|

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

पहिलो पटक श्रीमानसंग सेक्स गर्दा सारै दुख्यो .........|
सानो उमेर देखिनै लोकदोहोरी गायिका बनेर चर्चा कमाउने सपना सजाउँदै आएकी सीता थापामगर झण्डै सात वर्ष अघि आफनो सपना साकार बनाउन सपनै–सपनाको शहर मानिने काठमाडौमा प्रवेश गरेकी थिइन् । काठमाडौंमा आफ्नो भविस्य सुरक्षीत गर्न थापाले लोकदोहोरी साँझको सहायता लिईन् र त्यो क्रमलाई निरन्तरता पनि दिईरहेकी छन् ।
त्यसो त अहिले पनि उनी त्यहाँ आउने ग्राहकपिच्छेका अनुरोध गीत गाएर उनी काठमाडौमा चर्चित छिन् तर गोरखाबाट काठमाडौ आउँदा देखेको सपना अँझैसम्म सपनामै सिमित छ । गायन यात्राको सात वर्षे अनुभव, दोहोरी साँझहरुमा गीत गाउँदाको रमाईलो र उनले बुनेको सपना पुरा नभएको छट्पटीबारे सीता थापा मगर हरेकपलसँग यसरी छच्लकिइन् ।
गीत गाउँदा—गाउँदा थाकिएन् भन्या ?
अहिले नै थाकेर के गर्ने ? (प्रतिप्रश्न) कति गर्नु छ, छ । यि त संघर्षका दिनहरु हुन् थकाई मारेर कहाँ हुन्छ र ?
गीत गाउन कहिलेदेखि सुरु गर्नु भएको हो ?
सानैदेखि लगभग १४ वर्षको उमेर थियो होला ।
दोहारी साँझमा गीत गाउन थाल्नु भएको कति भयो ?
सात वर्ष भयो ।
कुन—कुन दोहोरी साँझमा गीत गाउँनु भयो ?
काठमाडौं आउनु भन्दा पहिला मुग्लीन दोहोरी साँझमा गीत गाउथें । काठमाडां छिरेपछि देउराली दोहोरी साँझमा र फेवा दोहोरी साँझमा गाँए । तर, अहिले गामवेसी दोहोरी साँझमा गाउँछु ।
अहिलेसम्म गीत रेकर्ड गर्नु भएको छ, कि छैन?
छ, ४ वर्ष अघि नौमति बाजा बजाउदै एल्वम निकालेकी थिए । अहिले सम्म जम्मा ७÷८ वटा गीत रेर्कड गरिसकेकी छु ।
पहिलो रेकर्डेड गीत कुन हो ?
मुलको पानी गयो सुकेर, फर्केर नी हेर्न मन लागेको छैन चित्त दुखेर’ भन्ने गीत जुन तारानाथ घिमिरे दाइले सहयोग गर्नु भएको थियो ।
दोहोरी साँझ बाहिर गीत गाउनु भएको छ कि नै ?
महोत्सवहरु, तीजमा गाएको छु ।
मन पर्ने गीत चाहि कुन हो ?
‘सानु कहाँ छौ ’मेक्सम खातीको गीत एकदमै मन पर्छ ।
राती दोहोरी गाउँन जाँदा कतिको दुःख खेप्नुपरेको छ ?
त्यस्तो अहिलेसम्म केही भोग्नु परेको छैन ।
राती कति बजे पुग्नुहुन्छ दोहोरी साँझमा र कति बजे घर फर्कनु हुन्छ ?
साँझ ६, साढे ६ बजे नै पुग्छु र घर राती १२ बजे पछि फर्कन्छु ।
कति बजे सुत्नु हुन्छ ?
बिहान २ बजेतिर सुत्छु ।
राती हिड्दा ट्याक्सी तथा अन्य व्यक्तिबाट दु:ख पाउनु भएको छ, कि छैन ?
अहिलेसम्म छैन ।
ग्राहकले दोहोरी साँझबाटै जाउ भन्छन् रे नी? के भन्नु हुन्छ त्यस्तो बेला ?
तिनीहरु होसमा हुँदैनन् त्यसैले ल-ल हुन्छ नि, पछि जाउँला नी भनेर टारिदिन्छु ।
विवाह कहिले गर्नुभएको हो ?
दुई वर्ष अगाडी लभ म्यारिज गरेको हो ।
लभ कहाँ कसरी पर्यो नी ?
दोहोरी साँझमा उहाँ साथीहरुसँग आउने गर्नुहुन्थ्यो । उहाँलाई मेरो स्वर मन पर्थ्यो रे । त्यसैले बेला—बेलामा गीत लेखेर दिनुहुन्थ्यो अनि म गाउने गर्थे । त्यस्तैमा एक दिन आइ लभ यु लेखेर दिनु भयो । यो प्रक्रिया लम्बीँदै जाँदा लभ सम्म पुग्यो ।
छिटो विवाह गरे जस्तो लाग्दैन तपाईलाई ?
छिटो त भयो तर विवाह त एक चोटी गर्नै पर्ने तहो नी ।
विवाह पूर्वको माया र पछिको मायामा के फरक पाउनु भयो ?
विवाह गर्नु भन्दा पहिला र अहिलेमा पछि झन् माया गहिरो हुदो रहेछ ।
तपाई यसरी दोहोरी सांझमा गीत गाउनु हुन्छ, श्रीमान् केही भन्नुहुन्न् ?
उहाँ एकदमै बुझ्ने हुनुहुन्छ त्यसैले सहयोग गर्नु हुन्छ ।
सेक्स भनेको के हो तपाईको विचारमा ?
मान्छेलाई चाहिने अत्यावश्यक चिज हो ।
पहिलो सेक्स कोसँग गर्नुभयो ?
पत्याउनु होला, श्रीमान्सँग नै मेरो पहिलो अनुभव हो ।
पहिलो सेक्सको अनुभव कस्तो थियो ?
हा..हा..हा..(हाँस्दै) कस्तो प्रश्न हा..हा..पहिलो सेक्स गर्दा सारै पिडादायी भयो। तर पछि—पछि चाहि बानी पर्दै गएकोले अहिले त निकै रमाइलो हुन्छ ।
को व्यक्तिबाट प्रेरित भएर गीत गाउन लाग्नुभएको हो ?
बाचाबन्धन फिल्ममा बिमा कुमारी दुराले गाएको गीत ‘गोठालेको यस्तै छ जीवन’ भन्ने गीतसुनेपछि मैले बारम्बार त्यहि गीत घाँस दाउरा गर्दा र स्कुलका कार्यक्रमहरुमा गाइरहन्थे । सोच्थें म पनि त्यस्तै हुन पाए कस्तो हुन्थ्यो होला ।
-naulo khabar.com बाट !

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Unknown

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu