भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
बेलायतको इस्ट ग्रिनस्टेड सहर निवासी एक दम्पतिले आफ्नो मर्सिडिज कार लिलामीका लागि अनलाइन वेभसाइट इबेमा राखेका छन् । तर, कारका साथ जुन विवरण दिइएको छ, त्यो पढेर भने सबै हैरान हुने छन् । साथै विवरण पढेर सायदै कसैले कार किन्ने आँट गर्नेछ ।
सामान्यतः विज्ञापन भनेकै ८० प्रतिशत झुट र २० प्रतिशत मात्र सत्य हुन्छ भन्ने मान्यता राखिन्छ । त्यसैले मार्केटिङको यो जमानामा मानिसहरु आफ्नो उत्पादनका विषयमा भए नभएका कुरा भन्ने गर्छन् । सबै कमजोरी लुकाएर राम्राको बढाई चढाई मात्र गर्छन् । तर, यो दम्पतिले भने आफ्नो कारको राम्रो पक्ष होइन नराम्रो पक्ष मात्र उल्लेख गरेका छन् ।
विज्ञपनको विवरण हेरौ है त–यदि तपाई एउटा राम्रो, बेदाग र राम्रो कण्डिशनको मर्सिडिज कार चाहनु हुन्छ भने तपाई गलत स्थानमा आउनु भएको छ । तर, यदि तपाई उदास हुनुहुन्छ र तपाईको बजेट कम छ भने यो लिलामीमा तपाईलाई स्वागत छ ।
तपाई सामू प्रस्तुत छ, जर्मन इन्जिनियरिङको उत्तम नमूना यो कार । र, यसका साथ मेरो मोडलिङ पनि । यो गाडी अहिलेसम्म धेरै दौडिसकेको छ । कयौ पटक टुटफुट भएर कारको इन्रिियर बर्बाद भइसकेको छ । यो कार किन्नेका लागिव केही अनौठा सर्त छन् । हामी यो कारलाई पश्चिमी अफ्रिकाको कुनै पनि ठेगानामा पठाउनेछौं । यदि तपाई करोडपति हुनुहुन्छ तर प्रोसेसिङ फीका कारण यो किन्न सक्नु हुन्न भने हामीलाई भन्नुस् । हाम्रा वकिलहरुको टिम मात्र तपाईको एक इशाराको प्रतिक्षामा छन् ।
२०१२ को समर ओलम्पिकमा हामीले निकै प्रेमपूर्वक कार सफा गरेका थियौ । दुई पटक पूर्णरुपमा टुटिसकेको यो कारको सीडी चेन्जर खराब छ । तर, रेडियोले काम गर्छ । यद्यपि हाम्रो कार निकै पपुलर भइसकेको छ । अहिलेसम्म यसलाई ५० जनाले बोली लगाइसकेका छन् । एजेन्सी

No comments