पुनम पाण्डेको नयाँ चलचित्र नशाको चर्चा सबैतिर छ । पाण्डे पनि आफ्नो चलचित्रको चर्चा बढाईचढाई गरिरहेकी छन् । नशाको प्रोमो पनि सार्वजनिक भएको छ । सबै बोल्ड र सेक्सी हर्कतका कारण चर्चामा आइरहने पाण्डेको नयाँ चलचित्र कस्तो छ दर्शकमा पनि चासो छ ।
२६ जुलाईमा रिलिज हुने यो फिल्मको निर्देशन अमित सक्सेनाले गरेका हुन् । नशा १८ वर्षको युवक र २५ वर्षीया महिलाको कथामा आधारित चलचित्र हो । चलचित्र रिलिज हुने दिन जति नजिकिँदैछ पुनम पाण्डे प्रतिक्रियाको प्रतिक्षामा छिन् । एजेन्सी


No comments