Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » न्यायाधीशले भने : बलात्कारमा पर्दा केटीले मज्जा लुट्छन्

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result


‘केही केटीहरु हुन्छन् जसले बलात्कारमा पर्दा मज्जा लिन्छन् ।’ यो भनाई कुनै उरेन्ठेउला युवकहरुको होइन । एकजना जिम्मेवार न्यायमूर्ति अर्थात् न्यायाधीशको हो । बलात्कारमा परेका महिलालाई न्याय दिनुको साटो उल्टै बलात्कारमा पर्नु भनेको महिलाले यौनको मज्जा लिनु हो भनेर न्यायाधीशले भनिदिए भने के होला ? यस्तै भएको छ, इजरायलमा । इजरायलको तेल अविव स्थित जिल्ला अदालतका एक न्यायाधीश आफ्नो यस्तै अभिव्यक्तिका कारण विवादमा तानिएका छन् ।

एक जना बलात्कार पीडितले आफुलाई आतंकवादबाट पीडितको रुपमा न्याय दिइयोस् भनि गरेको पुनरावेदनको सुनुवाइएका क्रममा न्यायाधीशले यस्तो भनेका हुन् । न्यायाधीश निसिम येसहायाले यस्तो भनेपछि त्यसले अदालत तथा पीडितमा सन्नाटा मात्र छाएन त्यसको प्रधानमन्त्री बेन्जामिन नेतन्नेहु तथा इजरायलको बार एसोसिएसन लगायतले घोर विरोध गरे । ती न्यायाधीशले एक जना इजरायली महिलाको मुद्दा हेरिरहेका थिए जो सन् २००७ मा १३ वर्षकी हुँदा प्यालेस्टाइनी पुरुषहरुद्धारा आक्रमण तथा बलात्कारको सिकार भएकी थिइन् । बलात्कारीहरुलाई पक्राउ गरी करणीको मुद्दा हालियो तर ती किशोरीले भने आफुलाई आतंकवाद पीडितको रुपमा मान्यता दिँदै बलात्कारीहरुलाई आतंकवादीको रुपमा मुद्दा चलाउन प्रतिरक्षा मन्त्रालयमा निवेदन दिइन् । मन्त्रालयले उनको आग्रह अस्विकार गरेपछि उनले अदालतमै अपिल गरिन् र उनको पुनरावेदनमा गएको सोमबार सुनुवाई भयो ।

बहसको क्रममा ती किशोरीका वकिलले घटनाको परिस्थितिजन्य अवस्थाको कारण उनलाई आतंकवाद पीडितको रुपमा हेरिनुपर्ने जिकिर गरेपछि न्यायाधीशले चर्को स्वरमा भनेका थिए, यहाँ केही केटीहरु छन् जो बलात्कृत हुँदा पनि मज्जा मान्छन् । संयुक्त इजलासमा एक न्यायाधीशले त्यसो भनेपछि अरु न्यायाधीश पनि केहीबेर चुप भए र इजलाशमा सन्नाटा छायो । ती न्यायाधीशले नियतवस त्यस्तो नभनी जिब्रो चिप्लिएर त्यसो भनेपछि उनी रातोपिरो भए । उनले आफ्नो वचनले पीडितलाई परेको पीडाप्रति क्षमता पनि मागे र अदालतले समेत विज्ञप्ती जारी गर्दै नियतवस त्यसो नभनिएको बतायो । ती न्यायाधीशले अवकाश पनि पाइसकेका छन् र उनलाई स्पष्टीकरण सोधिएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Unknown

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu