Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » कीर्तिमानका लागि सिक्का, सिक्काले गिनिज बुक( फोटो र भिडियो सहित)

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

इलाम, जेष्ठ २३ – कास्कीको हेम्जा २ का रामबहादुर परियारको आधा उमेर जुत्ता सिलाउनमा बित्यो । जीवनभर विवाहसम्म नगरी एक्लो संघर्ष गरेका परियारले जुत्ता सिलाएर कमाएको रकममध्ये आधाजति गरिबको सेवामा बिताए । अहिले उनको दैनिकी फेरिएको छ । उनीसँग सियो र धागोको सट्टा जीउमा १० केजीको भारी छ । त्यो पनि पैसाको । उनलाई देख्दा धेरैले अचम्म मान्छन् । तर उनको लक्ष्य प्रस्ट छ, ‘शान्ति र संविधानका लागि विश्वका सबै राष्ट्रको सिक्का जम्मा गरेर गिनिज बुकमा नाम लेखाउने ।’

सदरमुकामको मुख्यचोकमा बुधबार दिउँसो भेटिएका परिवारलाई हेर्न ठूलो भीड जम्मा भएको थियो । भीडबीचमा उभिएका परियारलाई आफ्नो उद्देश्य बताउन भ्याइनभ्याई थियो । आफूलाई सिक्का बाबा भन्न रुचाउने परियार आफ्नो उद्देश्य आयआर्जन नभएर नितान्त भिन्न र मुलुकको हितका लागि भएको दाबी गर्छन् ।

आठ महिनादेखि निरन्तर उनी यो अभियानमा जुटेका छन् । उनले १ सय ४० देशका सिक्का जम्मा गरेर लगाएको दाबी गरेका छन् । ‘सबै राष्ट्रको सिक्का जम्मा गरेपछि सिंहदरबार जान्छु,’ उनले भने, ‘सरकारले सर्टिफिकेट दिएपछि विश्व भ्रमणमा निस्कने योजना छ ।’ परियारले इतिहासकालदेखि नेपाली मोहरहरू संकलन गरेका छन् । उनको अभियानलाई सकारात्मक मान्नेले आफूसँग भएको देश-विदेशको सिक्का दिने गरेको बताए । उनले नेपालको झन्डासमेत साथमा नै लिएर हिँड्ने गरेका छन् ।
http://meroknowledge.blogspot.com/


पोखराको पर्यटकीय क्षेत्रमा बसेर उनले जुत्ता सिलाउने काम गरेका रहेछन् । त्यहाँ बसेकाले अंग्रेजी राम्ररी बोल्न सक्ने बताउने परियार विश्व भ्रमणमा जाँदा भाषा समस्या नपर्ने दाबी गरे । रामबहादुरले अहिलेसम्म मुलुकका ५३ जिल्ला घुमिसकेका छन् । हरेक जिल्ला सदरमुकाम पुग्ने उनको लक्ष्य छ । ‘मलाई आर्थिक लोभ छैन,’ उनी भन्छन्, ‘नयाँ काम गरेर नेपालको नाम विश्वमा चिनाउन चाहन्छु ।’

हरेक जिल्लामा प्रहरीसँग समन्वय गरेर बस्ने गरेका उनी त्यो हुन नसके आफ्नै गोजी रित्याउँछन् । उनको अभियानलाई साथ दिन चाहनेले सानोतिनो रकम दिने गरेकाले खर्च धान्ने गरेको उनले बताए । सुरक्षाका दृष्टिले उनी संवेदनशील छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Blogger BOy

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu