कुनै बेला नायिका रेखा थापाले लगाएको छोटो कपडा देखेर उनलाई ‘नखरमाउली’ र ‘नक्कली’ को संज्ञा दिने नेपाली समाजले यतिखेर ‘पैसा तिरे पछि जे पनि’ हेर्न पाइने अवस्था आएको छ । ‘छुनलाई होइन हेर्न चाँही पाइन्छ’ भन्दा जिब्रो टोक्ने दाजुभाई दिदिबहिनीहरु हिजोआज चलचित्रको नाममा निला चलचित्रका दृश्य
जस्तै अंशहरु हेर्न बाध्य छन । पछिल्लो समय बजारमा आएका चलचित्रहरुको गीत सुन्दा ‘लुट’ को ‘उध्रेको चोली’ मा अझै ठूलो प्वाल पार्नुपर्ने हो कि जस्तो लाग्न थालेको छ । बिनिता बराल अभिनित चलचित्र चपली हाइट सँगै समग्र नेपाली चलचित्र जगतको हाइट वास्तवमा सांघुरिंदै गएको छ ।
केही यौन केन्द्रित चलचित्रको अर्थोपार्जन देखेर लोभिँदै अधिकांश निर्माता अर्थआर्जन तर्फ उर्लिएका छन । सामाजिक दायित्वलाई कुल्चेर बाध्यतावशः चलचित्रमा यौनको चटनी मिसाइरहेका छन । यति सम्मको मानसिकता बनिसक्यो कि, अब यौन चटनीबिना बनेका नेपाली चलचित्र चल्दै चल्दैनन् । तर यो भ्रम सिवाय केही होइन । समान कथावस्तु र समान परिवेश अंगालेर बनेका चलचित्र भन्दा कथा, धार, परिवेश र अन्तरवस्तुमा नयाँपन ल्याएर चलचित्र बनाइनुपर्छ । जसले नेपाली समाजको चित्रणसँगै आम समुदायको भावनालाई यथार्थताको अनुभूति दिलाओस् । यस्तो चलचित्र बन्न सकेमा न दर्शकको अभाव हुन्छ न त यौन दृश्यको नै खाँचो । यौन केन्द्रित चलचित्रमा अभिनित पात्रको क्रेज र चलचित्रको प्रभाव क्षणिक हुन्छ । निर्माता र निर्देशकको गोजीलाई मात्रै आधार मानेर भन्दा यी चलचित्रहरु ‘सफल’ बने तर समग्रमा हेर्दा असफल ।
यस्तो चलचित्र बन्नु हुँदैन भन्नु भन्दा पहिले आखिर किन यस्ता चलचित्रहरु बनिरहेका छन त भन्ने मुख्य कुरो हो । रोग लागेपछि हत्तुहैरान हुंदै उपचारमा लाग्नु भन्दा आखिर रोग किन लाग्यो त ? महत्वपूर्ण कुरा हो । नेपाली चलचित्र जगत यो हालतमा आउनुको विविध कारण मध्ये एउटा हो, सम्वन्धित प्रतिभाबिना यो क्षेत्रमा होमिनु र चलचित्रकर्मीले चलचित्रको मर्म बुझ्न नसक्नु । बेड तताएर चलचित्र खेल्ने/खेलाउने र अनुभवबिना लहलहैको लहरो तान्ने प्रवृति जबसम्म कायम रहन्छ तब सम्म नेपाली चलचित्रले सकारात्मक गति लिन सक्दैन । लहलहै र मजाकका लागि गरिएको कुनै पनि कामले चलचित्र क्षेत्रमा मात्रै नभएर कुनै पनि क्षेत्रमा राम्रो नतिजा दिंदैन । यति मात्रै होइन । यस्तो प्रवृतिको हावी हुँदा सच्चा पात्र र सक्कली प्रतिभाहरु मेटिने प्रवल संभावना रहन्छ । नेपाली चलचित्र र सांगेतिक क्षेत्रमा प्रतिभावाण कलाकारहरु हराउदै जानुको एउटा कारण यो पनि हो ।
जब सक्षम व्यक्तिको अभाव हुन्छ तब त्यहाँ जसो–तसो र पर्छ–टर्छको नीति अँगाल्न थाल्छ । टार्ने उद्देश्यले गरेको कुनै पनि काम गुणस्तर र यथार्थ हुँदैन् । यस्तै भईरहेको छ नेपाली चलचित्र जगतपनि । हचुवा र गन्तब्यहिन तर्फ कुद्न थालेको चलचित्र क्षेत्रलाई सुस्त गतिमा भए पनि सकारात्मक दिशातर्फ लैजान अहिलेबाट प्रयास नथाल्ने हो भने कुनै दिन नेपाली चलचित्र भन्नासाथ नाक खुम्च्याउन नपर्ला भन्न सकिन्न ।
चलचित्र चलाउने बहानामा सामाजिक दायित्व र मर्यादालाई यौनमा घोलिन थालेका छन। निरन्तर ओरालो लागेको नेपाली चलचित्र जगतलाई उकास्ने निहुँमा छाडापन भित्रिन थालेका छन । समय र परिवेशसँगै पाइला चाल्नु सवै भन्दा बुद्दिमानी कुरा हो । तर समयसँग हिड्ने बहानामा उफ्रिन थालेका छन चलचित्र क्षेत्र । ‘हिट’ हुने र कमाउने धुनमा पश्चिमी संस्कृतिको नकारात्मक नक्कल र जवरजस्त प्रवृति भित्रिन थालेका छन । जसले नेपाली सच्चा समाजलाई विकृत उन्मुख बनाउन टेवा पुर्याउने निश्चित छ ।
स्मरण होस, चलचित्र क्षेत्र भनेको समाजको ऐना पनि हो । जसले समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ । समाज हिड्ने बाटो समेत खन्न सक्छ चलचित्रले । एक पृष्ठ समाचारलाई एउटा सानो फोटोले जनाउ दिए जस्तै एउटा चलचित्रले हजारौको आँखा खोलिदिन सक्छ । चलचित्रलाई कम महत्वको ठान्ने र यसलाई केवल मनोरोञ्जनात्मक साधन मात्रै ठान्नेहरुको प्रवेशले समग्र चलचित्र जगत बदनामको यात्रामा लम्किरहेको देखिन्छ ।
यसको अर्थ पुरानै धरातल र पुरानै शैलीका चलचित्र बन्नु पर्छ भन्न खोजिएको भने होइन । समय र परिवेशलाई पछ्याउँदै दर्शकको चाहना र यथार्थसँग नजिक रहेर चलचित्र बनाइनुपर्छ । अरुलाई जे सुकै होस भन्दै आफुले एकैचोटी नाम पनि दाम पनि कमाउ भन्ने प्रवृति त्याग्नु पर्छ । ब्यापारीको मुटु ग्राहक भने जस्तै सिनेकर्मीको मुटु दर्शक हुन । दर्शकलाई अपच खुराक दिनु आफ्नै मुटुमा छुरा हान्नु हो । यो कुरा अझै वुझ पचाएर बस्ने हो भने कुनै दिन कलाकार भन्नासाथ नाक खुम्चाउँनु पर्ने अवस्था पनि आउँन सक्छ । कामना गरौं यस्तो दिन देख्न र सुन्न नपरोस् ।

No comments