Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » एड्भान्स्ड सेक्सबजार

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

अचेल होटल, लज, क्याबिन रेस्टुरेन्ट, मसाज सेन्टरमा यौनकर्मी र ग्राहक 'रंगेहात पक्राउ' परेका समाचार त्यति आउँदैनन्। भ्रम नपरोस्, राजधानीको यौनबजार सुकेको छैन। यो झन् 'एड्भान्स्ड' भएको छ। घर या फ्ल्याट भाडामा लिएर व्यवस्थित तरिकाले यौन व्यवसाय हुन थालेको छ। नेता, अभिनेता, व्यापारी, प्रहरीका हाकिमसम्मले यस्ता केन्द्रमा गएर देहसुख लुटिरहेका छन्। राजधानीको यौनबजारमा 'भर्जिनिटी'को मोलमोलाइ पनि भइरहेको छ। दलालहरूले कुमारीत्वको मूल्य डेढ लाख रुपैयाँसम्म उठाउने गरेका छन्। शुक्रवार टिमले धनबहादुर खड्काको नेतृत्वमा राजधानीका केही यौन अखडामा 'रेड' हानेको थियो।
प्रहरीले 'सामाजिक मर्यादा कायम राख्न विशेष अभियान' चलाएको घोषणा नगरेको निकै भयो। केही समयअघि दिनैपिच्छे आउने 'रंगेहात पक्राउ'का समाचार पनि आउन छाडे। लाग्छ– राजधानीमा अवैध यौन क्रियाकलाप हुनै छाडेका छन्। कुनै समय क्याबिन रेस्टुरेन्ट तथा मसाज सेन्टरहरूमा मौलाएको काठमाडौँको यौनबजार यतिबेला कहाँ छ? प्रहरी भन्छ, 'अहिले संगठित रूपमा यौन व्यवसाय गर्नेहरू तितरबितर भएका छन्।' होटल, रेस्टुरेन्ट र मसाजबाट यौनबजार कहाँ सरेको छ त? शुक्रवार साप्ताहिकले यसको जबाफ खोज्ने क्रममा संगठित रूपमा सञ्चालनमा रहेका उपत्यकाका केही यौन अखडा खोजी गर्न सुरु गर्‍यो। व्यवस्थित तरिकाले भव्य फ्ल्याल्टहरूमा सञ्चालन भइरहेका यौन अखडाका बारेमा अनुमान लगाउन गाह्रो छ। कतै फुपू त कतै काकीको नाममा चलेका सयौँ यौन अखडा छन् उपत्यकामा। त्यहाँ सेक्सको निर्धक्क क्रय/विक्रय हुन्छ। मोलमोलाइ हुन्छ, खुद्रा र थोकमा।
यही यथार्थ पत्ता लगाउन हामी दलालमार्फत ग्राहक बनेर यी अखडामा पुगेका थियौँ। यी अखडा व्यवसायी र ग्राहकले मात्रै देख्छन्। ग्राहकसम्म पुग्न यौनव्यवसायीले दलाललाई बलियो स्रोत बनाएका छन्।
यौनबजार भित्र पस्ने बाटो पहिल्याउने क्रममा हामीले बदलिँदो यौनबजारको रूपसँगै त्यहाँ आफ्नो 'पसल' थाप्न पुगिहाल्ने एकजना अनुभवी दलाल 'फुपू'को नाम सुन्यौँ। उनीसँग हामीले फिल्म निर्माताका रूपमा भेट्ने मेसो मिलायौँ। यौनबजारमा सेलिब्रिटीको 'हाई डिमान्ड' भएको हामीले सुनेका थियौँ। हिरो वा हिरोइनसम्म एक्सेस पुर्‍याउन पाए मालामाल हुने सपना देखिरहेका हुन्छन्, यौनबजारका चल्तापुर्जाहरू। हिरो वा हिरोइन मिलाइदिए महँगो मूल्य चुक्ता गर्न पछि नपर्ने बताइरहेका हुन्छन् ग्राहकहरू।

फुपू हामीले बोलाएको ठाउँमा आउन राजी भइन्। हामीले भन्यौँ, 'हामी यौनबजारको विषयमा फिल्म बनाउँदै छौँ। कथा लेख्नुअघि यथार्थ थाहा पाउनुपर्‍यो भनेर तपाईंलाई भेट्न खोजेको। एउटा भूमिकामा तपाईँले पनि अभिनय गर्नुपर्छ।' एक हाफ भोड्का र एक बोतल बियरले अतिथि सत्कार गर्‍यौँ हामीले। 'फुपू' नामले परिचित उनी तेस्रोलिंगी हुन्। उनलाई आफ्नो कथा भन्न आग्रह गर्‍यौँ।
'फुपू' को कथा
उनी कुनै समय नेपाली सेनाका जागिरे थिइन् । सेनाको सांस्कृतिक विभागमा नाच्ने काम गर्थिन्। महिला बनेर मारुनी नाच्दानाच्दै उनी पुरुषबाट महिला भइन्। केटाहरू उनलाई 'ह्यान्डसम' लाग्न थाले। सेनाको जागिर छोडेर उनी डान्स रेस्टुरेन्टमा नाच्न थालिन्। महिलाले कुर्कुच्चा देखाउन नपाउने त्यो जमानामा उनी थाई देखाउने गरी महिला बनेर नाचेपछि रेस्टुरेन्ट मालामाल भयो। अचेल केटी भएर हिँड्ने उनी हाकाहाकी भन्छिन्, 'नेपालमा न्युड डान्स मैले नै सुरु गरेकी हुँ।' उनीसँगै नाच्ने अरू नर्तकी केटी नै थिए। ती केटीहरूसँग उनको राम्रो सम्बन्ध भएकाले दुई घण्टा नाचेको १० हजार रुपैयाँ तलब दिने लोभ देखाएर साहूले उनलाई अरू केटीलाई नग्न नृत्यका लागि 'कन्भिन्स्ड' गर्न लगाए। उनले ती केटीहरूलाई राजी गराइन्। यही क्रममा उनको भेट 'सेन्टी' भन्ने युवतीसँग भयो। 'सेक्सी' लुगा लगाएर हिँड्ने सेन्टीले यौनप्यासी केटाहरूलाई केटी मिलाइदिने काम गर्दिरहिछन्। 'न्युड डान्स हुने त्यो ठाउँमा कहिलकाहीँ पूर्वयुवराज पारस शाह पनि आउँथे,' फुपूले भनिन्। सेन्टीको संगतमा परेपछि उनी पनि केटी मिलाउने धन्दामा लागिन्।
ग्राहकः नेतादेखि अभिनेतासम्म
'क–कसलाई केटी मिलाइदिनुभएको छ?' हामीले फुपूलाई सोध्यौँ। 'कसलाई मिलाइएन?' उनले भनिन्। एकजना चर्चित नेपाली गायकको नाम लिँदै भनिन्, 'त्यो अस्तिमात्रै मेरोमा मस्ती गरेर गयो।' केही बहालवाला र केही पूर्वडिआइजी, जर्नेल, कर्नेलमात्रै होइनन्, पूर्वमन्त्री र चल्तीका अभिनेताका नाम पनि उनले 'सामान सप्लाई' गर्ने ग्राहकको सूचीमा आए। 'फलानो मन्त्रीले हो म जेल पर्दा उम्काएको,' पनि भनिन्। नेपालका चर्चित केही हिरोको पनि नाम लिइन्। एउटा हिरोको क्यारिकेचर गर्दै उनले भनिन्, ' ऊ मलाई 'कहाँबाट पाउँछौ यार, यस्ता राम्रा माल, म फिल्ममा पनि भेटि्दनँ' भन्ने गर्छ।'
उनीसँगै आएकी यौनकर्मी युवतीलाई औँल्याउँदै बोलिन्, 'हेर्नु न, मोरीले रूप त पाएकै हो नि, हिरोइनभन्दा कम छे र?' युवती साँच्चीकै राम्री थिइन्। युवतीले भनिन्, 'त्यही हिरोले त हो नि मेरो 'भर्जिन' तोडेको।' युवतीले भर्जिनिटीलाई भर्जिन भनेकी थिइन्। फुपू युवतीतिर हेरेर रिसाइन्, 'अस्ति नै भन्नुपर्दैन, दश हजार भए पनि बढी लिइदिन्थेँ नि।' ती युवतीले भर्जिनिटी तोडेको राम्रो रकम आउने थाहा नभएको बताइन्।
बाध्यताको व्यापार
चितवन घर भएकी ती युवतीलाई यो पेसामा आउनुको कारण खोतल्न खोज्यौँ। सुरुमा उनी अन्कनाइन्। तर, पछि तयार भइन्।
अस्मिता (नाम परिवर्तन) काठमाडौँ आएको १५ वर्ष भयो। एघार वर्षकै उमेरमा सौतेनी आमाको पीडा खप्न नसकेर दिदी नाता पर्नेसँग काठमाडौँ आएकी थिइन्। ती दिदीले सुरुमा राम्रै व्यवहार गरे पनि पछि रिसाउन थालिन्। त्यहाँ पनि छाडेर फेरि एउटा घरमा काम गर्न गइन्। पाँच तले घर सफा गर्नु, खाना पकाउनु र कपडा धुनु उनको काम थियो। तर, खाना भने भरपेट खान दिँदैनथे। 'किचेनमा कोही नभएका बेला चोरेर खान्थेँ,' उनले भनिन्। त्यहाँबाट भागिन्। एकजना ज्यामी काम गर्ने दिदीले आश्रय दिइन्। 'उनीसँगै बालुवा चालेँ। पछि एकजना दिदीको सहारामा डान्स रेस्टुरेन्टमा काम गरेँ,' पुराना दिन सम्भि्कइन् उनले। त्यहीँ भेटिएकी थिइन् यी फुपू। डान्स बार सुक्दै गएपछि फुपूकै पछि लागेर उनी यहाँसम्म आइपुगिन्।
उनलाई आफ्नो जीवनसँग कुनै पछुतो छैन। धर्मपुत्री पालेकी छिन्। बोर्डिङ पढाउँछिन्। आफूले दुःख गरेर भए पनि छोरीलाई ठूली मान्छे बनाउने सपना छ उनको। उनीसँगै आएकी दीक्षा (नाम परिवर्तन) को कथा पनि मिल्दोजुल्दो छ। उनलाई पनि फुपूले यो बजारमा 'इन्ट्री' गराएकी हुन्। दीक्षा र अस्मिताले दिनमा चार हजार र राति आठ हजार रुपैयाँसम्म लिने गरेको बताए।

स्कुटीले पुर्‍यायो यौनबजारमा
बालाजुमा फ्ल्याट लिएर बसेकी छिन्, जास्मिन (नाम परिवर्तन)। जास्मिन २० वर्षजतिकी देखिन्छिन्। मुस्कुराएर बोल्छिन्। उनी रातो गाउन लगाएर बसेकी थिइन्। अन्तर्वस्त्र नलगाएको देखिन्थ्यो।
उनीकहाँ हरेक हप्ता पाँचछजना ग्राहक जवानीको आनन्द लुट्न आउँछन्। 'सबै पैसावाल भएकाले मेरो कमाइ राम्रो छ,' उनले भनिन्। उनको ब्वाईफ्रेन्ड पनि छ। 'उसको खर्च पनि मैले नै व्यहोरिरहेको छु,' उनले भनिन्।
उनलाई स्कुटीको मोहले यहाँसम्म ल्याइपुर्‍याएको थियो। 'बालाजुको बाइसधारा पछाडि बुवाको घर छ,' उनले आफ्नो कथा भन्न सुरु गरिन्, 'भर्खरै एसएलसीको जाँच दिएकाले फुर्सदमा थिएँ। मलाई स्कुटर चलाउन खुब रहर लाग्थ्यो। आफ्नै स्कुटरमा काठमाडौँ घुम्ने धोको थियो। बुवालाई भनेँ। उहाँले मान्नुभएन। मलाई जसरी पनि स्कुटर किन्नुथ्यो। बुवाले पैसा नदिएको कुरा रोमीलाई भनेँ। ऊ मेरो मिल्ने साथी थिई। म वनस्थलीको रैथाने भए पनि धादिङकी ऊसँग खर्च गर्ने पैसा हुन्थ्यो र स्कुटी पनि एसएलसी सकिनेबित्तिकै किनेकी थिई। उसले 'एकजना दिदीलाई भेटाइदिन्छु, उहाँले भनेको मान्यौ भने एक महिनामा स्कुटी किन्न सक्छौ' भनी। मैले ती दिदीलाई भेटेँ। दिदीले 'सेक्स गर्‍या छौ?' भनेर ठाडै सोधिन्। म लजाएँ र 'छैन' भन्ने संकेतले टाउको हल्लाएँ। दिदीले 'राम्री रहिछौ, भर्जिन हौ भने त पहिलो पटक सेक्स गराएको ५० हजार जति दिलाउँछु' भनिन्। मलाई त्यस्तो काम गर्न मन लागेन। पछि कुरा गर्छु भन्दै छुट्टिएँ। ती दिदीलाई मबाट फाइदा हुने लागेछ। फोन गरिरहिन्। कन्भिन्स्ड गरिरहिन्। एक दिन फेरि बुवासँग स्कुटीको कुरा गरेँ। उहाँ रिसाउनुभयो। त्यही मुडमा ती दिदीलाई फोन गरेर 'ओके' भनिदिएँ। पहिलो दिन काममा जाँदा निकै डर लाग्यो। अधबैँसे पुरुषले मेरो कुमारीत्व हरण गर्‍यो। मैले ३५ हजार रुपैयाँमात्रै पाएँ। पाँच दिन बिरामी भएँ। रोमीलाई भनेँ। उसले पहिलोपटक भएर त्यस्तो भएको, अब रमाइलो हुने बताई। पाँच दिनपछि काममा फर्किएँ। बीस दिनमै स्कुटी किन्ने पैसा जम्मा भयो। एक महिनापछि स्कुटी किनेँ। घुम्न जाँदा लग्थेँ। रोमीकैमा पार्किङ गरेर घर फर्किन्थेँ। पहिले स्कुटी किनेपछि काम छाडिदिन्छु जस्तो लागेको थियो। पछि सजिलै पैसा आउने काम तत्कालै किन छाड्नु, अलिअलि पैसा जम्मा गरौँ जस्तो लाग्यो। एसएलसीको रिजल्ट आयो। मैलेे ७२.३४ प्रतिशत ल्याएर पास गरेँ। साइन्स पढ्ने भएँ। मनमा लाग्यो, पढेर पनि पैसा कमाउने त हो। खासमा कलेज गए पनि पढ्न सकिनँ। फस्ट इयरमा तीन विषयमा फेल भएँ। सेकेन्ड इयरको जाँचै दिइनँ। फेल भएपछि बुवाले सहनै नसक्ने गरी गाली गर्नुभयो। मलाई पनि रीस उठ्यो र घर छाडेर हिँडिदिएँ। अस्तिमात्रै दाइ अस्ट्रेलियाबाट आएर मलाई खोज्नुभएको थियो रे। मलाई डर लागेर भेटिनँ। अब त परिवारको माया पनि त्यति लाग्दैन।'
कौमार्यको मोलमोलाइ
विदेशमा युवतीले आफ्नो भर्जिनिटी लिलामीमा राखेको समाचार निकै आउँछन्। तर, नेपालमा पनि भर्जिनिटिको मोलमोलाइ हुन्छ भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ। यौनबजारमा भर्जिनिटीको राम्रो मूल्य छ। कतिमा किन्ने भनेर दलाल र ग्राहकबीच मोलमोलाइ हुन्छ। ग्राहकलाई चित्त बुझ्यो भने थपेर पनि पैसा दिन्छन्। 'एउटा केटीको कुमारीत्व तोडेको एक लाख ७५ हजार रुपैयाँसम्म लिएकी छु,' फुपूले गर्वसाथ भनिन्। कुमारी केटी भेट्न कोक्रोमा जानुपर्छ भन्ने अंग्रेजी उखानको हवाला दिँदै हामीले सोध्यौँ, 'भर्जिनहरू कत्तिको भेटिन्छन्?' फुपूले नाक खुम्च्याउँदै भनिन्, 'कहिलेकाहीँ, गाउँतिरका दलालले ल्यायो भने भेटिन्छन्।'
महिला ग्राहक पनि उत्तिकै
फुपूले पहिलेको तुलनामा यौनकर्मीको रेट खस्किएको पनि बताइन्। उनका अनुसार जग्गा दलालहरू डुबेको असर यौनबजारले खेपिरहेको छ। त्यसैमाथि महिला पनि ग्राहक बनेर आउन थालेपछि झन् सस्तोमा मोलमोलाइ हुन्छ। अचेल फुपूकहाँ काम खोज्दै आउने महिलाको पनि कमी छैन। एउटी नचलेकी हिरोइनको नाम लिँदै उनले भनिन्, 'अस्ति भर्खर पाँच दिन काम गरेर गई।' उनीकहाँ यौन सुखका लागि खर्च गर्ने केटामात्रै होइन, केटी पनि खुब आउँछन्। 'खानदानी महिला, सुरक्षा अधिकृतका बुढी र श्रीमान् विदेश भएका महिलाहरू यौन पार्टनर खोज्न मलाई गुहार्छन्,' उनले भनिन्। उनी ती महिलाका आवश्यकता पनि पूरा गरिदिन्छिन्। केही यौनकर्मी पुरुष (जिगोलो) उनका सम्पर्कमा छन्। कलेजतिर दलाल
केटी खोज्न सरकारी स्कुल र कलेजतिर यौनबजारका दलाल परिचालित छन्। महँगो बाइकमा ह्यान्डसम केटाहरूलाई स्कुल नजिकको चिया पसलमा खटाइन्छ। उनीहरूले युवतीहरूले खाएको चिया–खाजाको रकम चुक्ता गरेर पट्याउँछन्। गर्लफ्रेन्डका रूपमा पट्याएर दलालहरू कलिला किशोरीलाई पैसाको लोभ देखाउँदै यौनकर्ममा धकेल्छन्।
अखडाको माहोल
एयरपोर्ट छेउछाउको एउटा फ्ल्याटमा रहेको यौन अखडामा पुगियो। सूर्य (नाम परिवर्तन) त्यहाँका नियमित ग्राहक हुन्। हामी उनैसँग त्यहाँ पुगेका थियौँ।
फ्ल्याटकी मालिक्नी त्यहाँ बस्दिनन्। उनी ग्राहकको अर्डरबमोजिम केटीहरू खटाउँछिन्। हामी फ्ल्याटमा पुग्दा त्यहाँ दुईजना अधबैँसे महिला थिए। उनीहरूको रेट एक रातको प्रतिव्यक्ति २५ सय रुपैयाँ हो। तर, मासु र रक्सीको व्यवस्था ग्राहक आफैँले गर्नुपर्छ। सूर्यका अनुसार त्यहाँ एकजना यौनकर्मीसँग तीनजनासम्म पुरुषले रात बिताउने गरेका छन्।

राजधानीको यौनबजार अस्तव्यस्त भएको छैन। यो सुकेको पनि छैन। बरु थप व्यवस्थित र थप स्ट्यान्डर्ड भएको छ। कसैले आफ्नै घरमा यो व्यवसाय सञ्चानल गरेका छन्। धेरैले शान्त ठाउँमा एकतले घर वा फ्ल्याट भाडामा लिएर धन्दा चलाइरहेका छन्।
प्रहरीलाई निःशुल्क देहसुख
गोपाल दाहाल- पुरुष हतार–हतार होटलको काउन्टरमा पुग्छ। चाबी बोकेर ऊ कोठातिर लागेपछि पातलो मफलरले मुख छोपेकी केटी पछि लाग्छे। यस्तो दृश्य भेडेटारका होटलहरूमा देखिनु सामान्य हो। भेडेटारका एक स्थानीयवासी भन्छन्, 'अचेल तलतिर गर्मी छ, त्यसैले भेडेटार तनमन शीतल पार्ने उपयुक्त थलो बनेको छ।'
पूर्वका अरू शहरमा गर्मी निकै भए पनि सुनसरी र धनकुटाको सिमाना पर्ने भेडेटार चिसो छ। गर्मी छल्ने बहानामा आफन्तको आँखा छल्नेहरू यहाँ भेटिन्छन्। यही कारण यतिबेला भेडेटारका होटलमा कोठा पाउन मुस्किल पर्छ। धरान, इटहरी, विराटनगर लगायतका शहरबाट आउनेहरू दिउँसो दुईचार घण्टादेखि एकरातसम्म बसेर फर्किने गरेका छन्।
भेडेटारमा आफैँले पार्टनर लिनु परे पनि इटहरीमा भने होटलहरूले नै केटी राखेर ग्राहक आकर्षित गर्ने गरेका छन्। इटहरीको पश्चिम लाइनका अधिकांश र विराटनगर लाइनका केही होटलहरूले कोठीकै रूपमा यौनधन्दा चलाउने गरेका छन्। केही महिनाअघि इटहरीको फ्रेन्डसिप रेस्टुरेन्टमा यौनधन्दा गर्दागर्दै भागेकी एक युवतीले महिला अधिकारकर्मी तथा प्रहरीलाई दिएको जानकारी अनुसार इटहरीका अधिकांश होटलले प्रहरीलाई पैसा वा यौनसेवा उपलब्ध गराएर यौनधन्दा चलाइरहेका छन्। लामो समय बन्धकजस्तै बनेर फ्रेन्डसिपमा यौनधन्दा गरेकी उनले भनिन्, 'ग्राहकले दिएको पैसा हामीले पाउँदैनौँ। प्रहरीहरू आए भने निःशुल्क यौनसुख दिनुपर्छ। कति प्रहरीले त नांगै बनाएर मोबाइलमा भिडियो खिचेर लगेका छन्।'
उनको सूचनापछि फ्रेन्डसिपका सञ्चालकलाई प्रहरीले पक्राउ गर्‍यो तर इटहरीमा अहिले पनि अधिकांश होटलमा यौनधन्दा चलिरहेको छ। इटहरीमात्र होइन, विराटनगर, धरान, बिर्तामोड, दमकका होटलहरूका कोठा एकै दिनमा पाँच पटकसम्म भाडामा लाग्छन्।
शुक्रबार बाट साभार

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Unknown

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu