Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » ‘शिरीशको फूल’बिरुद्ध निर्माता अदालतमा

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

यहि शुक्रबारबाट नेपालभर रिलिज हुने तयारीमा रहेको साहित्यकार पारिजातको उपन्यासमा आधारित चलचित्र ‘शिरिषको फूल’विरुद्ध निर्माताले अदालतको ढोका ढकढकाएका छन ।

चलचित्रमा लगानी गरेका जमिन फिल्मसका लगानीकर्ता सुरज मिश्र र उत्तम खत्रीले चलचित्रमा आफ्नो नाम उल्लेख नगरिएको र लगानी पनि डुब्ने अबस्था आएको भन्दै प्रर्दशन रोक्न पुनराबेदन अदालत पाटनमा रिट दायर गरेका छन ।

फिल्म निर्माण गर्दा आफुहरुले लगानी गरेपनि निर्देशकले पछि अर्कैसँग प्रर्दशनको सम्झौता गरेर लगानी डुबाउन खोजेको उनीहरुको आरोप छ । फिल्म प्रर्दशन रोकेर आफ्नो अधिकार सुनिश्चीत गर्न भन्दै उनीहरुले दायर गरेको रिटमा बिहीवार नै सुनुवाई हुने बताइएको छ ।

फिल्म बनाइरहेको पारिजात प्रतिष्ठानले फिल्म निर्माण सकिएपछि आफुसँगको सम्झौता भंग गरी कलाकार गणेश लामाको फिल्म क्रियसनलाई प्रर्दशनको जिम्मेवारी दिएको मिश्र र खत्रीले बताए । पारिजात प्रतिष्ठानसँग भएको सम्झौतामा प्रस्तुतकर्तामा जमिन फिल्मस्को तर्फबाट जगत राजथला, निर्मातामा सुरज मिश्र र सहनिर्मातामा उत्तम खत्री उल्लेख गर्ने सहमति भएको खत्रीले बताए ।

लगानी डुब्ने र नाम पनि नआउने अबस्था आएपछि उनीहरुले जिल्ला प्रशासन, फिल्म निर्माता संघ, चलचित्र संघमा समेत उजुरी दिएका थिए । तर तीनवटै निकायबाट समाधान निस्कन नसकेपछि बाध्य भएर अदालत जानु परेको उनीहरुले बताए ।

कृतिमाथि अन्याय गरेको आरोप
कृतिको मर्म बिग्रनेगरी मनपरी दृष्य राखिएको, कथाको अन्त्य बियोगान्त भएपनि फिल्ममा संयोगान्त बनाइएको, उपन्यासको मर्मविपरित फिल्मलाई धार्मिक प्रकृतिको र रोमान्टिक बनाउन खोजिएको भन्दै स्मृति केन्द्रले फिल्मप्रति आपत्ति जनाएको छ । जापानी निर्देशक तोसिआकी इतोको निर्देशनमा बनेको फिल्म प्रर्दशन नहुंदै थरीथरीका लफडाको सामना गर्नुपरेको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Unknown

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu