परिवर्तित जीवनशैली, बदलिँदो खानपान, शारीरिक गतिविधिमा कमी आदिले गर्दा सहरमा बस्ने महिलाहरूमा स्तन क्यान्सरको समस्या गाउँमा बस्नेहरूको दाँजोमा बढी पाइने गरेको छ । सहरिया महिलाहरूलाई स्तन क्यान्सरबारे थप चनाखो हुन ढिलो भइसकेको विशेषज्ञहरूले औंल्याएका छन् ।
‘भारतका मुम्बई, दिल्ली, बेङलुरुजस्ता मेट्रो सहरमा स्तन क्यान्सरको मामिलामा सन् १९८२ देखि २००५ का बीच दोब्बर बढोत्तरी भएको छ,’ मुम्बईस्थित लीलावती अस्पतालका कन्सल्टेन्ट मेडिकल अंकोलजिस्ट र इन्डियन सोसाइटी अफ अंकोलजीका संयुक्त सचिव डा. दिनेश पेंढारकर भन्छन्, ‘नेपालको सहरी क्षेत्रमा पनि यस्तै अवस्था रहेको सजिलै अनुमान गर्न सकिन्छ किनभने भारत र नेपालका सहरी महिलाको जीवनशैली खासै फरक छैन ।’ आधुनिक जीवनशैली यसको प्रमुख कारण रहेको उनी बताउँछन् ।
‘हो, नेपालको सहरी क्षेत्रमा समेत स्तन क्यान्सर बढ्दो छ,’ त्रिवि शिक्षण अस्पताल, स्तन शल्यचिकित्सक प्रकाश सायमी भन्छन्, ‘यसको सम्बन्ध दिनचर्या र खानपानसँग छ ।’
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनकी मेडिकल रेकर्डर ज्योति झाका अनुसार, उक्त अस्पताल पुग्ने सबै क्यान्सर रोगीमध्ये आठ प्रतिशत स्तन क्यान्सरका हुने गरेका छन् । स्तन क्यान्सर महिलालाई दोस्रो सबैभन्दा बढी हुने क्यान्सर हो । ६१ प्रतिशत स्तन क्यान्सरका रोगी ३५ देखि ५५ वर्ष उमेर समूहका हुने गरेका छन् ।
जीवनशैलीसँग जोडिएको स्तन क्यान्सर नेपालका महिलामा विदेशको दाँजोमा दस वर्ष कम उमेरमै पाउने गरिएको डा. सायमी बताउँछन् । स्तन क्यान्सर सम्बन्धी नौ सय केसको अध्ययन गरेका उनका अनुसार, यो समस्या देखिने औसत उमेर ४८ वर्ष हो । तर ३० वर्षका २२ प्रतिशत नेपाली युवतीमा पनि स्तन क्यान्सर पाइएको तथ्यांक छ ।
डा. पेंढारकरका अनुसार, सहरका ढिलो बिहे हुन्छ र सहरिया महिलाले ढिलै गर्भधारण पनि गर्छन् । गर्भावस्थाको पूरा प्रक्रियामा थुप्रै हार्मोन उत्सर्जित हुन्छ । यस्तो हार्मोन स्तन क्यान्सरलाई रोक्न सहयोगी मानिन्छ । त्यसैले त्यसको लाभ ढिलो बिहे गर्नेहरूले त्यति लिन पाउँदैनन् । ‘सहरी महिलामा व्यायाम कम छ, बच्चाको संख्या कम छ, बच्चा ढिलो जन्माइन्छ, स्तनपान कम गराइन्छ, गर्भधारण रोक्न हार्मोन -पिल्स) को प्रयोग गरिन्छ,’ सहरिया महिलामा स्तन क्यान्सर बढी देखिने कारण औंल्याउँदै उनी भन्छन्, ‘पहिले रजस्वला चौध-पन्ध्र वर्षमा हुने गरे पनि हाल त्यो उमेर नौ/दसमा झरेको छ ।’
केही वर्षयता सहरी क्षेत्रको खानपानमा व्यापक परिवर्तन भएको छ । सेकुवा, पिज्जा जस्ता फास्टफुड, पिरिजे जमा राखिएका खाद्य पदार्थको व्यापक उपयोगले ल्याएको जीवनशैलीमा परिवर्तनसँगै मोटोपना क्यान्सरको ठूलो कारण हो । ‘सहरिया महिलामा शारीरिक गतिविधि ग्रामीण महिलाको दाँजोमा धेरै कम छ,’ डा. पेंढारकर भन्छन्, ‘शारीरिक गतिविधि बढाए क्यान्सरको जोखिम कम गर्न सकिन्छ । यस्तै, सहरिया महिलाहरूले भोजनमा चिल्लो पदार्थको मात्रा कम गर्नुका साथै शरीरको तौल घटाउनुपर्छ । नियमित स्तन परीक्षण आफैंले गर्ने गर्नुपर्छ । परिवारमा कसैलाई यस्तो रोग भएको छ भने अरूले पनि निकै सचेत हुनुपर्छ, किनभने त्यसले जोखिम बढाउँछ ।’
स्तन क्यान्सरको सुरुआती लक्षण स्तनमा हुने गाँठो हो । तर विडम्बना के छ भने, गाउँघर मात्र नभई सहरमा समेत स्तनमा गाँठोबारे चर्चा गर्न लाज मान्ने प्रचलन छ । यद्यपि स्तनमा पाइने सबै गाँठाहरू क्यान्सरै हुन् भन्ने हुँदैन । यसैले त्यस्तो गाँठोबाट डराउनुपर्दैन । डा. पंेढारकर भन्छन्, ‘सयमध्ये ९९ गाँठो क्यान्सर हुँदैन । औसत महिलामा स्तनमा गाँठो सामान्यसमेत मानिन्छ । यो महिनावारीसँगै आउँछ र जान्छ ।’

No comments