माया प्रेम पनि गजबकै हुदो रहेछ | झट्ट हेर्दा को को जस्तो लाग्छ |इनिहरु प्रेमी र प्रेमिका हुन् जसले लिङ्ग परिवर्तन गरे | १८ वर्षीय हिलले आफ्नो जीवनको १५ वर्ष पुरुषका रुपमा विताए । जन्मदा नै पुरुषको रुपमा रहेका उनले बालापनबाटै आफ्ना शेक्शुआलिटीसँग संघर्ष गर्दै आएका छन् । महिलाका रुपमा जन्मिएकी एरिनलाई भने केटाको जस्तो व्यवहार गर्न मान लाथ्यो ।पछि दुबैले हार्मोन थेरापीबाट आफ्नो लिङ्ग परिर्वतन गरे । लिङ्ग परिर्वतन अघि उनीहरु एक अर्कामा परिचित थिएनन् । उनीहरुको भेट समलिङ्गीहरुप्रति सर्मपित समूहमा सहभागी हुने क्रममा भयो र नियमित भेटकै क्रममा उनीहरुबीच प्रेमको टुसा उमि्रयो । हिलले भने-’जब मैले एरिनलाई देखेँ । म उनकै लागि बनेको हुँ भन्ने लाग्यो ।’ पुरुष जस्तो बन्न एरिनले टेस्टोटेरोन लिए भने हिलले केटी जस्तो देखिन फीमेल कोर्स पुरा गरे । त्यसका लागि उनले एस्ट्रोजन लिनु पर्यो ।
हिल १५ वर्षको उमेरमा नै केही बनिन् । त्यसका लागि उनलाई ४० हजार डलर एस्ट्रोजन दिने डोनरले जुटाइदिएको थियो । एरिनलाई भने पिताले सहयोग गरे ।





No comments