सबैको आशा अनुरुप हिजो नेपालले आईसीसी वल्डकप लिग डिभिजन थि्रको जितेको छ | बर्मुडामा नेपाली समयअनुसार आईतबार राति भएको खेलमा युगान्डालाई ५ विकेटले पराजित गर्दै उपाधि विजेता भएको हो ।
एक सय ५२ रनको चुनौति पाएको नेपालले ३९ दशमलब २ ओभर खेल्दै पाँच विकेटको क्षतिमा निर्धारित लक्ष्य पुरा गरेको थियो ।
एक सय ५२ रनको चुनौति पाएको नेपालले ३९ दशमलब २ ओभर खेल्दै पाँच विकेटको क्षतिमा निर्धारित लक्ष्य पुरा गरेको थियो ।
जीत दर्ताका लागि सरद भेसवाकरले नटआउट ५० रन बनाए भने पृथु बास्कोटाले पनि नट आउट १९ रन बनाए । त्यस्तै प्रदीप ऐरीले ६० रन बनाएका थिए भने र विनोद भन्डारी र ज्ञानेन्द्र मल्लले ५/५ रन बनाएका थिए भने शिव खकुरेल ४ रन र पारस खड्का एक रन बनाएर आउट भएका थिए । खेल अवघिभर नेपालले ८ वटा वाइड पाएको थियो ।
अब नेपालले वर्ल्ड कप क्यलिफायरमा दस टिम संग प्रतिस्पर्दा गर्ने छ | प्रतियोगितामा नेपालसँगै नामिबिया , क्यानाडा, केन्या, पपुवा न्युगिनी,स्कटल्यान्ड युगान्डा,अफगानिस्तान,हङकङ, , युएई र छन्।
यो प्रतियोगिताको शीर्ष दुई टिमले विश्वकप क्रिकेट खेल्नेछन् भने त्यसपछिका दुई टिमले चार वर्षसम्म एक दिवसीय क्रिकेटको मान्यता पाउनेछन्।
No comments