पप गायिका रिहाना तल्लो भागको भित्री बस्त्र पनि नलगाई फोटोसुट गरेर फेरि एक पटक चर्चामा आएकी छिन्। जिक्यु म्यागेजिनको कभर पेजका लागि सुट गरिएको फोटोमा उनले एउटा लेदरको कालो ज्याकेट मात्रै कुममा अडाएकी छिन्। म्यागेजिनको डिसेम्बर अंकका लागि सुट गरिएको यो उनको हट फोटोसुट भने होइन। रिहानाले दिएको पोजमा वक्षस्थलका आधा भाग सजिलै देख्न सकिन्छ भने, तल्लो भागलाई दायाँ हातको नाडी र बायाँ हातको हत्केलाको साहाराले छोपेकी छिन्। उक्त फोटोमा उनको स्तनभन्दा तल्लो भागमा बनाइएको ट्याटुसमेत प्रस्टसँग देख्न सकिन्छ।
कुनै न कुनै रूपमा चर्चा बटुलिरहने यी सुन्दर गायिका यसपालि फोटोसुटकै कारण चर्चामा छाएकी छिन्। उनले यसअघि आनो एल्बम अनापोलोगेटिकको कभरमा पनि कामुक पोज दिएकी थिइन्। उनी यस म्यागेजिनमा मेन अफ दि इयरको रूपमा न्युड पोज दिने फस्र्ट गर्लसमेत बनेकी छिन्। तर, उनका प्रशंसकलाई यो फोटोसुटले कस्तो प्रभाव पार्ने हो, त्यो भने हेर्न बाँकी नै छ।
No comments