पाँचथर, ७ जेठ । नेकपा एमालेका प्रभाव शाली नेता केपी शर्मा ओलीले एमालेका पहेला, र बिग्रन लागेका, कुहिएर झर्न लागेका पात झर्न नपाउदै एकिकृत माओवादीले टिपेर टाउकामा राखेर हिडेको बताउनुभएको छ । आठराई क्षेत्रको आमसभालाई सम्वोधन गर्न तेह्रथुमको सक्रान्ति पुगेका ओलीले आज विहान स्थानिय संचारकर्मी सित एमाले छोडेर गएका स्थायि कमिटि सदस्य राम चन्द्र झा र उर्मिला अर्याल प्रति सकेत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेता ओलीले अहिले जस्तो जनतालाई थर्काएर हिडने रणनिति लिए एकिकृत माओवादीको हालत राजा ज्ञानेन्द्रको जस्तो हुने चेतावनी दिनुभयो । उहाँले वोलेको अधिकाश समय एकिकृत नेकपा माओवादीको विरोधमा खर्चदै उनले कडा रुपमा खोई प्रचन्ड पथ, खोई महान जनयुद्ध, खोई जन मुक्तिसेना भन्दै माओवादीले गरेको क्रान्ति प्रचन्डको प्रधानमन्त्री हुने कसरत र बाबुरामको प्रधानमन्त्री हुने कसरत मात्र भएको वताएका छन । उनले एकिकृत माओवादी तन्त्र, मन्त्र नभएको थोत्रो यन्त्र मात्र भएको उल्लेख गर्नुभयो ।

No comments