Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » रकेट र अन्तरिक्षसम्बन्धी केही चाखलाग्दा कुरा

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result


-क) रकेट के हो ?
हुत्याउने विष्फोटक पदार्थ आफैँमा रहेको क्षेप्यास्त्र, अर्थात् अन्तरिक्षमा प्रक्षेपण गरिने यानलाई रकेट भनिन्छ ।

-ख) पहिलो रकेट कसले बनायो ?
करिब १,००० वर्षअघि चिनियाँहरूले पहिलो रकेट बनाए तर तिनीहरू आतसवाजी जस्तामात्रै थिए । गल्पाउडरले चल्ने ती आतसवाजी जस्ता रकेटहरू टोकरीमा राखेर पड्काइन्थ्यो ।

-ग) पहिलो तरल-इन्धनले चल्ने रकेट कहिले
उड्यो ?
सन् १९२६ मा अमेरिकी नागरिक रोबर्ट गोडार्डले ३.५ मिटर लामो रकेट उडाएका थिए । त्यो यान दुईतले घरको उचाइ बराबर मात्रै उड्न सक्ने र ५६ मिटर पर पुगेर ओल्र्यो । उडानको अवधि केबल २.५ सेकेन्ड मात्रै थियो ।

-घ) युद्धका लागि चाहिने रकेट कसले बनायो ?
वेर्नहर भन ब्राउनले ख्द्द नामको रकेट मिसाइल आविष्कार गरेका थिए । जुन जर्मनरहरूले दोस्रो विश्वयुद्धमा प्रयोग गरेका थिए । त्यस युद्धपछि ब्राउन अमेरिकन स्पेस प्रोग्रामलाई सघाउन अमेरिका गए ।

-ङ) किन चाहिन्छ त मानिसलाई रकेट ?
रकेटहरू अन्तरिक्ष यात्राका लागि नभई नहुने कुरा हो । उपग्रह, अन्तरिक्षयान प्रक्षेपण गर्न रकेट आवश्यक पर्छ । अन्तरिक्ष भट्टीहरू निर्माण गर्न आवश्यक पर्ने सामग्रीहरू रकेटकै सहायताले पुर्‍याइन्छ । युरोपियन एरियन रकेटले ४.६ टन बराबरको भार बहन गर्न सक्थ्यो ।

-च) रकेट कति छिटो जान सक्छ ?
पृथ्वीको गुरुत्वक्षेत्रबाट बाहिरिन रकेटले ४०,००० कि.मि. प्रतिघण्टाको दरले जानुपर्छ । अन्तरिक्षमा पुगेपछि रकेट २९,००० कि.मि. प्रतिघण्टाका गतिमा कक्षमा ओर्लन्छ ।

-छ) रकेटहरू किन टुक्रा-टुक्रा भएर
खस्छन् ?
रकेटहरू खण्डखण्डमा निर्माण गरिन्छन् । सामान्यतया रकेटमा ३ खण्डहरू हुन्छन् जुन इन्धन रकेट इन्जिनबाट बनेका हुन्छन् । प्रत्येक खण्डहरू काम पूरा भइसकेपछि खस्ने गर्छन् । गह्रौँ रकेट अन्तरिक्षमा प्रक्षेपण गर्न ठूलो शक्तिको आवश्यकता पर्दछ ।

-ज) अन्तरिक्षमा हिँड्ने पहिलो व्यक्ति को
थियो ?
अलेक्सेई लियोनोभ नाम गरेका रसियन अन्तरिक्षयात्री सन् १९६५ को मार्च १८ तारिखका दिन दस मिनेटसम्म अन्तरिक्षमा हिँड्न सफल भएका थिए ।

-झ) पहिलो महिला अन्तरिक्षयात्री को
थिइन् ?
अन्तरिक्षमा पाइला राख्ने पहिलो महिला अन्तरिक्षयात्री रसियन भ्यालिन्टिना तेरेस्कोभा थिइन् । उनले सन् १९६३ मा भोस्टोक -६, नामक यानमा ३ दिन लामो यात्रा तय गरिन् ।

-ञ) अन्तरिक्ष यात्रीहरूले “स्पेससुट”
-क्उबअभकगष्तक) किन लगाउँछन् ?
स्पेससुटले कवचको काम गर्छ । यसले अन्तरिक्षमा अन्तरिक्षयात्रीहरूको रगत उम्लनबाट जोगाउँछ साथै सूर्यका खतरनाक किरणहरूलाई परावर्तित गरिदिन्छ । तिनीहरू अक्सिजन आपूर्ति गर्ने, ब्याट्री र चिसो पार्ने प्रणालीसमेत भएको विशेषखालको झोलामा राखिएका हुन्छन् । अन्तरिक्षयात्रीहरूले हरबखत स्पेस सुट लगाउँदैनन् । केवल यान प्रक्षेपण हुने बेलामा र ओर्लने बेलामा मात्रै लगाउँछन् । बाँकी समय तिनीहरू ‘हाफ पाइन्ट’ र ‘टी सर्ट’ लगाउँछन् ।

-ट) स्पेससुट लगाएर कसरी शौचालय जाने त ?
यान प्रक्षेपण गरिने बेलामा अन्तरिक्षयात्रीहरूले पिसाब फेर्नुपर्ने हुन्छ । महिलाहरूले स्पेससुटभित्र पिसाब सोस्ने खालको टालो लगाउने गर्छन् र पुरुषहरूले भने विशेष खालको नली आकारको बाहुलाजस्तो कपडा लगाउँछन् । जसले सुटभित्रको पिसाब जम्मा गर्ने थैलोसम्म पिसाब पुर्‍याउँछ ।

-ठ) अन्तरिक्षयात्री के खान्छन् त ?
अन्तरिक्षयात्रीहरू अन्तरिक्षमा रहँदा क्यानमा राखिएका फलफूल, बिस्कुट र मिठाइ खान्छन् ।

-ड) अन्तरिक्षमा खानेकुराहरू किन झुण्डिँदैनन् त ?
अन्तरिक्षमा सबै कुराहरू झुण्डिने गर्छन् । त्यसकारण अन्तरिक्षयात्रीको कपडामा टाँसिएका भाँडामा खानेकुरा राखिन्छन् । पेय पदार्थहरूचाहिँ बिर्को लगाइएका कपमा राखेर छ्वाली आकारको पाइपको सहायताले पिइन्छ ।

-ढ) अन्तरिक्षयात्रीहरू अन्तरिक्षमा रहँदा कसरी नुहाउँछन् त ?
अन्तरिक्षमा नुहाउनका लागि छुट्टै कोठा हुँदैन । नुहाउनका लागि उनीहरू रङ्गहीन स्याम्पु प्रयोग गर्छन् र चिसो रुमालले शरीर पुस्छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Unknown

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu