नया नया प्रविधि भित्र्यौदै मानिसको मन जित्न सफल सामसुङले निकालेको आँखाको गतिबाट
स्क्रीन नियन्त्रण गर्न सकिने सामसुङको नयाँ स्मार्टफोन ग्यालेक्सी एसफोर
आइतबार नेपाली बजारमा सार्वजनिक हुने भएको छ । तीनवटा मोडलमा उपलब्ध
एसफोरको १६ जीबी आन्तरिक मेमोरी क्षमता भएको मोडल नेपाली बजारमा आउँदै छ ।
जस्को मूल्य नेपालमा ७१ हजार ९ सय रुपैयाँ पर्नेछ ।
सामसुङ मोबाइलको नेपलका लागि आधिकारीक
विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले गतहप्तादेखि नै बुकिङ
सुरु गरिसकेको छ । त्यस्तै, एनसेलसँगको सहकार्यमा भर्जिन मोबाइलले पनि
नेपाली बजारमा एसफोरको विक्री वितरण गर्ने भएको छ ।
यस स्मार्टफोनमा ‘स्मार्ट स्टे’ र
‘स्मार्ट पज’ लगायतका नयाँ सुविधाहरु जडान गरिएको छ । यीनै सुविधाका कारण
यस स्मार्टफोनमा भिडियो हेर्दा स्क्रीनले आँखाको गतिअनुसार प्रतिक्रिया
जनाउँछ । यस स्मार्ट फोनको स्क्रीनबाट आँखा बाहिर लैजाँदा चलिरहेको भिडियो
आफै रोकिन्छ भने आँखा स्क्रीनमा ल्याउँदा भिडियो आफै चल्न थाल्छ । नेपाली बजारमा गत आइतबारदेखि नै बुकिङ खुल्ला गरिएको आइएमएस र भर्जिन
मोबाइलले जनाएका छन् ।
के छन नयाँ सुविधाहरु ?
५ इञ्च एमोलिड टचएस्क्रिन भएको यस
स्मार्टफोनको रिजोलुसन १०८०-पी रहेको छ ।दुई गिगाबाइट
र्याम रहेको ग्यालेक्सी एसफोरका १६ जीबी, ३२ जीबी र ४६ जीबी अन्तरिक
मेमोरी रहेका तीनवटा मोडल छन् । स्मार्टफोनको ब्याक साइडमा १३
मेगापिक्सेलको अटो फोकस क्यामेरा जडान गरिएको छ भने फ्रन्ट साइडमा २ मेगा
पिक्सेल क्यामेरा जडान गरिएको छ । स्मार्टफोनमा गुगल एन्ड्रोइड
अपरेटिङ सिस्टमको ४.२.४ जेलिबिन अपरेटिङ सिस्टम रहेको छ ।
१.९ गिगाहर्जको क्वाड कोर प्रोसेसर रहेको
यस स्मार्टफोनमा पावर भिआर एसजिएक्स ५४४ एमपिथ्री ग्राफिक्स प्रोसेसिङ
युनिटको सुविधा रहेको छ ।स्मार्टफोनमा २ हजार ६ सय एमएएचको
ब्याटि्र रहेको हुँदा व्याकअप धेरै दिनेछ । यसमा डुअल सट, एचडी भिडियो, स्माइल
डिटेक्सनलगायतका सुविधाहरु रहेका छन् ।
स्मार्टफोनमा रहेको एस हेल्थले विभिन्न
स्वास्थ्यसम्बन्धी गतिविधीको जानकारी दिनेछ । यसमा वाइफाई, ब्लुटुथ,
जिपिएस, कल ब्लक मोड, क्विक रेस्पोन्स, एस ट्रान्सलेटर लगायतका सुविधाहरु
रहेको कम्पनीले जनाएको छ । यस मोबाइलमा एनसेलले बिमा र तीन महिनाका लागि एक
जीबी डाटा निःशुल्क उपलब्ध गराउने भएको छ ।


No comments