असावधानीका कारण वा गर्भनिरोधका साधन असफल भई अनिच्छिावश गर्भधारण हुने सम्भावना देखिएमा तुरुन्तै औषधि प्रयोग गरेर गरिने गर्भनिरोधलाई आपत्कालीन गर्भनिरोध भनिन्छ। यो औषधिको प्रचलन आएपछि अनिच्छिावश गर्भधारण हुन लागेको शंका लागेमा तुरुन्तै गर्भनिरोधको उपाय अपनाउन सजिलो भएको छ। विवाहको तरखरमा रहेका, भर्खरै विवाह गरी हनिमुन अवधि नसिध्याएका, विवाहको केही समयपछिसम्म बच्चा पाउन नचाहेका नवदम्पती मात्र होइन बच्चा पाई छिट्टै अर्को बच्चा पाउन नचाहेका दम्पतीहरुले समेत आपत्कालीन गर्भनिरोधका विधिहरुबारे धेरै चासो राखेको पाइएको छ। कतिपय व्यक्तिहरु चाहिँ असुरक्षित यौनसर्म्पर्कको ७२ घण्टापछि मात्र सल्लाह लिन आउने गरेको पाइन्छ। ७२ घण्टापछि यस्तो औषधि प्रयोग गर्नुको कुनै अर्थ हुँदैन।आपत्कालीन गर्भनिरोधका लागि उपयुक्त समय बितिसकेपछि मात्र सल्लाह लिन आउनेहरुलाई सुरक्षित गर्भपतनको बाटो देखाइ दिनु सिबाय अर्को विकल्प हुँदैन। कतिपयले त आफूले सावधानी अपनाउँदाअपनाउँदै पनि गल्ती हुन गएको कारण बताएर झट्टै केही उपाय सुझाउन हारगुहार गर्ने गरेको पनि पाइन्छ
दम्पतीको आपसी सल्लाहमा कानुनी तवरले नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने भए पनि यसबाट पर्न जाने आर्थिक भार, मानसिक तनाव एवम् सफा ठाउँमा गर्भपतन नगराएको खण्डमा पाठेघरको भित्री तह पाक्ने, संक्रमण हुन सक्ने कारणले गर्दा सुरक्षित तरिकाले यौनसर्म्पर्क राख्नु नै बुद्धिमानी हुन्छ। यसका लागि नवविवाहित दम्पतीले सुरक्षित महिनावारी चक्रको सही प्रयोग, कन्डम वा कमल चक्कीजस्ता अस्थायी साधनहरुको उचित प्रयोग गर्नुपर्दछ। गर्भ रहने क्रममा डिम्ब निष्कासन, यौनसर्म्पर्क, पवर्य स्खलन, डिम्ब निषेचन तथा डिम्बरोपणको तारतम्य मिल्नुपर्दछ। कन्डम फुट्नु, नियमित रुपमा पिल्स चक्की खान बिर्सिनु तथा बलजफती करणी जस्तो असुरक्षित यौनसर्म्पर्क हुनु अनिच्छित गर्भ रहने केही उदाहरणहरु हुन्।
त्यसो त प्राकृतिक र चिकित्सकीय नै भए पनि थुप्रै खालका गर्भनिरोधका उपायहरु हुँदाहुँदै पनि र्सतर्कता नअपनाएर, परिवार नियोजनका साधन बेलैमा उपलब्ध नभएर वा फेल खाएर, यसको प्रयोगमा आलस्यता गरेर तथा गर्भ रहन सक्नेरनसक्ने महिनावारीको सुरक्षित चक्र बारे ठोस ज्ञान नभएर पनि अनिच्छित गर्भ रहने गरेको पाइएको छ।
यौन जीवन लम्ब्याउन चाहने, यौन सुख अझै लिन चाहने दम्पतीहरुले गर्भको अनिच्छा हुँदाहँदै पनि सजगता अपनाएनन् भने गर्भ रहने शंका हुन्छ। यसै कुरालाई लिएर दम्पतीबीच चिन्ता र मनमुटाव हुन सक्छ। यी उल्लिखित परिस्थितिहरुको परिणामस्वरुप गर्भ रहन नदिनको लागि गरिने उपायहरु (परिवार नियोजनका साधनहरुको प्रयोग) लाई आकस्मिक परिवार नियोजन (आपत्कालीन गर्भनिरोध) विधि अर्थात् मेडिकल भाषामा र्इमर्जेन्सी कन्ट्रासेप्सन भनिन्छ।
आपत्कालीन गर्भनिरोधका लागि उपलब्ध साधनहरु
आजकल आपत्कालीन गर्भनिरोधका लागि प्रोजेस्टेरोन नामक हर्मोन मात्र भएको पिल्स चक्की पनि पाइन्छ। यसअघि इस्ट्रोजेन र प्रोजेस्टेरोन दुवै हर्मोन भएको पिल्स चक्की पाइन्थ्यो। यी पिल्स चक्कीमा पनि साधारण पिल्स चक्की कै हर्मोनहरु हुने हो तर हर्मोनको मात्रा भने बढ्ता हुन्छ। इमर्जेन्सी कन्ट्रासेप्सनअर्न्तर्गत युज्पे विधिमा ०.२५ मि.ग्रा. लेभोनोरजेस्टे्रल तथा ५० माइक्रोग्राम इथिनाइल इस्ट्राडिओलयुक्त ओभरल नामक पिल्स चक्की शारीरिक सर्म्पर्क भएको यथाशक्य चाँडो दुइ चक्की खानु र्पर्दछ। त्यसको १२ घण्टापछि पुनः थप दुइ चक्की ओभरल खानुपर्दछ।
त्यसैगरी लेभोनोरजेस्ट्रेल (प्रोजेस्टेरोन मात्र) भएको इक्सी नामक पिल्स चक्की दुइ मात्रा १२ घण्टाको अन्तरालमा खानुपर्दछ। इक्सीको पहिलो मात्रा असुरक्षित यौनसर्म्पर्क भएको ७२ घण्टाभित्र खाइसक्नुपर्दछ। यो १२ घण्टाको फरकमा दुइ पटक वा एकै मात्रा गरेर पनि खान सकिन्छ। यस्ता खाले हर्मोनयुक्त औषधिहरुको प्रयोग असुरक्षित यौनसर्म्पर्क अगाडि वा शारीरिक सर्म्पर्कको ७२ घण्टाभित्र गरिसक्नुपर्ने भए पनि विश्व स्वास्थ्य संगठनले भने परिवार नियोजनका साधन फेल खाएको परिस्थितिमा ५ दिनसम्म पनि यी साधनहरु प्रयोग गर्न सकिने सल्लाह दिएको छ।
इमर्जेन्सी कन्ट्रासेप्सनकै रुपमा असुरक्षित यौनसर्म्पर्कको ७२ घण्टाभित्र उल्लिखित पिल्स चक्कीहरु खान भ्याइएन भने पाँचौं दिनभित्र पाठेघरमा राखिने कपर टी राख्न सकिन्छ। साथै यसै उद्देश्यका लागि हर्मोन नभएको मिफेप्रोस्टोन औषधि पनि छ। जुन असुरक्षित यौनसर्म्पर्क भएकै महिनाको महिनावारीको २७ औं दिनसम्म खान सकिन्छ। यही प्रयोजनका लागि प्रिमारिन, इथिनाइल इस्ट्राडिओलजस्ता अन्य औषधिहरु भए पनि त्यति प्रचलनमा छैनन्।
त्यसो त नेपालमा पनि १२ हप्तासम्मको अनिच्छित गर्भलाई गर्भपतन गराउन सकिन्छ । यी साधनहरुले पाठेघरको भित्री तहमा बस्नुअगाडि नै सबै कामकुरा भैसक्ने हुनाले स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय संस्था फिगोले आपत्कालीन गर्भनिरोधलाई गर्भपतनको रुपमा लिएको छैन र कानुनी तथा मेडिकलरुपमा परिवार नियोजनकै साधनको रुपमा लिएको छ ।
असुरक्षित यौनसर्म्पर्कको केही घण्टाभित्रै यी औषधिहरुको सेवन गरेको खण्डमा डिम्बाशयबाट डिम्ब निस्कन नदिने वा ढिलाइ गर्ने, शुक्रकीट र डिम्बबीच निषेचन हुन नदिने तथा डिम्ब र शुक्रकीटबीच निषेचित भैसकेको भए पनि पाठेघरको भित्री तहमा बस्न नदिने विश्वास गरिएको छ।
कपर टीचाहिँ खासगरी परिवार नियोजनको अस्थायी साधन भए पनि कहिलेकाहीँ भने आपत्कालीन गर्भनिरोधका लागि भरपर्दो साधनको रुपमा प्रयोग गर्न सकिन्छ । कपर टीले शुक्रकीट र डिम्बलाई मार्नुको अलावा निषेचित भैसकेको डिम्बलाई पनि प्रतिकूल असर पुर्याउने अनुमान छ।
प्रभावकारिता र सुरक्षा
युज्पे विधिमा चाहिँ दुवै हर्मोनको मात्रा बढ्ता भए पनि प्रोजेस्टेरोन मात्र भएको पिल्सभन्दा कम प्रभावकारी छ । प्रोजेस्टेरोन मात्र भएको पिल्स चक्की ८९ प्रतिशत प्रभावकारी छ भने युज्पे विधिको प्रभावकारिता केवल ७४ प्रतिशत मात्र छ । यसरी साधनपिच्छे यसको प्रभावकारितामा अलि भिन्नताचाहिँ छ । समग्रमा पिल्स चक्कीको प्रभावकारिता ७५ प्रतिशत छ । यसको अर्थ यी साधनहरुको प्रयोगले असुरक्षित यौनसर्म्पर्कका कारण गर्भ रहन सक्ने सम्भावनालाई ७५ प्रतिशतले घटाउँछ ।
मस्तिष्कघात, माइग्रेन वा रगतको विकार समस्या भएका महिलाहरुमा प्रोजेस्टेरोन मात्र भएको पिल्सको प्रयोग राम्रो हुन्छ। छारेरोगविरुद्ध तथा क्षयरोगविरुद्धको रिफाम्पिसिन औषधि सेवन गरिरहेकी महिलामा पिल्सको प्रभावकारिता घट्न सक्छ अर्थात् उत्तिकै प्रभावकारिताको लागि यस्ता महिलालाई पिल्सको मात्रा बढाइदिनुपर्ने हुन्छ।
गर्भावस्थामा गल्तीले वा आपत्कालीन गर्भनिरोधका लागि औषधि खाँदाखाँदै पनि गर्भ निरन्तर हुन गएमा गर्भेशिशुमा कुनै हानि देखिएको छैन । तर गर्भ रहिसकेको अवस्थामा यी आपत्कालीन गर्भनिरोधमा प्रयोग गरिने औषधिहरुको प्रयोगले कुनै फाइदा हुँदैन । आपत्कालीन गर्भनिरोधका लागि पिल्सको प्रयोगले वा यी औषधि खाँदाखाँदै पनि गर्भ निरन्तरता भएमा पाठेघरभन्दा बाह्य भागमा गर्भ रहने सम्भावना हुँदैन ।
अन्य बेला परिवार नियोजनको प्रभावकारी अस्थायी साधनको रुपमा प्रयोग गरिने कपर टी आपत्कालीन गर्भनिरोधको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगलाई निरन्तरता दिई परिवार नियोजनका लागि उपयोग गर्न सकिन्छ।
ध्यान दिनु पर्ने कुराहरु
आपत्कालीन गर्भनिरोधमा प्रयोग गरिने औषधिहरु परिवार नियोजनको प्राथमिक उपाय नभई अरु उपायहरु फेल खाँदाको अवस्थामा एउटा विकल्प हो।
सिमान्यतया यी पिल्स चक्कीसँगै उल्टी रोक्ने औषधिको जरुरत पर्दैन । तर यदि यी औषधि खाएको दुइ घण्टाभित्र उल्टी भएमा यथाशक्य चाँडो अर्को मात्रा खानर्पर्दछ।
छिरेरोगविरुद्ध तथा क्षयरोगविरुद्धको रिफाम्पिसिन औषधि सेवन गरिरहेकी महिलामा सजगता अपनाउनुपर्दछ ।
किपर९टीचाहिँ प्रमुखतः परिवार नियोजनको अस्थायी साधनको रुपमा लिइए पनि कहिलेकाहीँ भने आपत्कालीन गर्भनिरोधका लागि भरपर्दो साधनको रुपमा प्रयोग गर्न सकिन्छ।
किशोर९किशोरीहरुले सम्बन्धित स्वास्थ्यकर्मीको सुपरीवेक्षणमा मात्र आपत्कालीन गर्भनिरोधका औषधिहरु प्रयोग गर्नु बुद्धिमानी हुन्छ।
आपत्कालीन गर्भनिरोधका साधनहरुले कुनै यौनजन्य संक्रमणबाट भने बचावट गर्दैन ।यिदि आपत्कालीन गर्भनिरोधको औषधि प्रयोग गरेको तीन हप्तापछिसम्म पनि महिनावारी खुलेन भने गर्भ रह्यो कि भनेर जाँच गर्नुपर्दछ।
आसुरक्षित यौनसर्म्पर्कअगाडि नै र्सतर्कता अपनाउनु वा यौनसर्म्पर्कको दौरान उपयुक्त साधन अपनाउनु बुद्धिमानी हुन्छ। तर र्सतर्कता अपनाउँदाअपनाउँदै गल्ती भएमा भने आपत्कालीन गर्भनिरोधका उपयुक्त साधनहरु प्रयोग गर्नुपर्दछ।
जटिलता तथा साइड इफेक्ट
एकै पटक धेरै मात्रामा हर्मोन पिल्स चक्की बाध्यतावश खानुपर्दा वाकवाकी लाग्ने (औषधि वा हर्मोनको प्रकारअनुसार घटी बढी हुन सक्) उल्टी हुने, पेट दुख्ने, आलस्य हुने, टाउको दुख्ने, चक्कर लाग्ने, स्तन भारी हुने हुन्छ।
साधारणतया यी साधनको प्रयोगपश्चात् केही अवधिसम्म अस्थायी तवरले महिनावारीमा गडबडी आउन सक्छ। आपत्कालीन गर्भनिरोधमा प्रयोग गरिने औषधिहरुले महिनावारी केही दिन पर र्सन सक्छ। महिनावारीको समयमा रगतको मात्रा पनि बढ्ता र अलि पीडादायी हुन सक्छ। यदि डिम्ब निष्कासन हुनुअगाडि नै यी हर्मोनयुक्त पिल्स सेवन गरेको खण्डमा हल्का रगत देखिने वा महिनावारी अलि ढिलो हुन सक्छ।
आपत्कालीन गर्भनिरोधसम्बन्धी अन्य पक्षहरु
आपत्कालीन गर्भनिरोधका साधनहरुको प्रयोगसँगै यसको पक्ष र विपक्षमा विभिन्न मतमतान्तर पनि भएको पाइन्छ। आपत्कालीन गर्भनिरोधको विरुद्धमा लागेकाहरुले यसको प्रयोगले युवाहरुमाझ असुरक्षित यौनसर्म्पर्क राख्न बढावा मिल्ने, जसका कारण अनिच्छित गर्भ बढ्ने एवम् यौनजन्य संक्रमणहरु बढ्ने आरोप लगाए। यसका साथै उनीहरुले आपत्कालीन गर्भनिरोध औषधिको उपलब्धताले गर्भपतनको संख्यामा कुनै कमी नआएको वास्तविकता पनि पोखे। र्धर्मको कारण जतिसुकै परम्परावादी सोच भएका र्९गर्भपतन गर्न वर्जित गरिएका० कतिपय विकसित मुलुकहरुका धार्मिक समुदायमा पनि जबर्जस्ती करणीको घटनालगत्तै कानुनी रुपमा नै आपत्कालीन गर्भनिरोध औषधिको प्रयोग गर्न जोड दिइन्छ।
- डा. सुमनराज ताम्राकार स्त्री तथा प्रसूति रोग विशेषज्ञ

No comments