पासवर्ड यस्तो शब्द हो जसले डिजिटल अनि भर्चुअल विश्वमा गोपनियता र विषयलाई व्यक्तिगत राख्छ। यो डिजिटल साँचो हो जसले कम्प्युटका कागजात देखी इमेल अनि सामाजिक सञ्जालका खाता (एकाउन्ट)लाई गोप्य र सुरक्षित राख्न सकिन्छ। विभिन्न साइट तथा सामाजिक सञ्जालका खाता सञ्चालनका लागि तपाइँहामी सबैले पासवर्डको प्रयोग गरिरहेका हुन्छौं। पछिल्लो समयमा हृयाकिङ इन्टरनेट, मोबाइल र कम्प्युटरको डिजिटल दुनियाँमा समस्या बनेर देखिएको छ। फेसबुक तथा ट्वीटर जस्ता अर्न्तराष्टि्रय र ख्याती प्राप्त सामाजिक सञ्जालमा पनि यसको हमला देखिएको छ | सर्भरमा साइबर हमला गरेर प्रयोगकर्ताको पासवर्ड चोरी गर्ने क्रम बढिरहेको छ र बढ्दो छ । तपाईहरुले पनि कार्यालय तथा घरका कम्प्युटर एवं इमेल आइडीको पासवर्ड हृयाक भएको अनुभव गर्नुभएको होला। अहिलेको समयमा कम्प्युटर, सामाजिक सञ्जाल, इमेलमा राखिएका पार्सवर्ड नै गायत्री मन्त्र भइसके।
त्यसैले पासवर्डको सुरक्षा अत्यन्त महत्वपूर्ण छ।यसकारण विज्ञहरु पासवर्डको सुरक्षित प्रयोगका लागि फरक फरक साइटमा फरक फरक पासवर्ड राख्न सुझाव दिन्छन्। त्यसमा पनि पासवर्डको छनौट अनौठा शब्द, अंक र संकेतको मिश्रणबाट गर्नु भनिन्छ किन कि यो हत्त पत्त कसैलाई थाहा पाउन मुस्किल हुन्छ । आजकल त सामाजिक सञ्जाल तथा अन्य इन्टरनेटका पासवर्ड प्रयोग हुने सेवाहरुले आफै स्वचालित रुपमा नै कति सुरक्षित छ त्यसको जानकारी दिन्छन् । र यदि पासवर्ड कम्जोर भएमा संकेत पनि दिने गर्छ |यती हुँदा हुँदै पनि हामी कमजोर पासवर्ड चुनिरहेका र प्रयोग गरिरहेका हुन्छौं जसले हृयाकिङ वा अन्य गलत व्यवहार गर्ने मानिसलाई सजिलो हुन्छ र परिणाम सहनु पर्ने हुन्छ। त्यसैले आफ्नो पासवर्डलाई सुरक्षित पार्नु सबै भन्दा उत्तम हो। नेपालीमा भनिन्छ नि आफ्नो थैलीको मुख बलियो राख्नु अरुलाई दोश नलगाउनु। त्यस्तै पासवर्डको सन्दर्भमा पनि बलियो पासवर्ड चयन गर्नुपर्छ ता कि अरुको पत्ता लगाउन नसकोस्।
No comments