जहाँ होँचो त्यहीँ घोँचो भन्ने उखानै छ । भारतमा एक गरीब परिवारमा पनि त्यस्तै भएको छ । उक्त परिवारकी छोरी रुना बेगमलाई यस्तो रोग लागेको छ की त्यसको उपचार गर्ने हैसियत त्यो परिवारसँग छैन ।
तर आखिर इश्वरले सबैलाई हेर्छ भन्ने मान्यतालाई सही सावित गर्दै ती बालिकालाई एक अस्पतालले सित्तैमा उपचार गरिरहेको छ । बेगमलाई हाइड्रोसेफालस नामक रोग लागेको छ, जुन निकै दुर्लभ स्वास्थ्य समस्या हो । जसका कारण उनको टाउको सुन्निएर निकै ठूलो बनेको छ । खुसीको कुरा ती बालिकाको उपचारमा संलग्न डाक्टरहरुले उनको टाउकोबाट शुक्रबार पानी निकाल्न सफल भएका छन् ।त्रिपुराको गरीब परिवारमा बस्ने यी बालिकाको दिल्लीको एक सुविधासम्पन्न अस्पतालले सित्तैमा उपचार गरिदिने बाचा गर्दै अहिले उपचार गरिरहेको छ । यी बच्चीको अवस्थामा अहिले सुधार आइरहेको दाबी अस्पतालको छ । १५ महिनाकी यी बालिकाको टाउको उनको सरीरभन्दा पनि निकै ठूलो आकारको छ । जसका कारण उनी टाउको अठ्याउन सक्दिनन् र सुत्नुपर्छ ।





No comments