Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » प्रतिलिपि अधिकार चोर्नेलाई कैद, जरिवाना र क्षतिपूर्ति

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

काठमाडौ, माघ १९ - प्रतिलिपि अधिकार हनन गरी पुस्तक प्रकाशित गरेको आरोप लागेका दुई व्यक्तिलाई जिल्ला अदालत काठमाडौंले जनही १३ दिन कैद सजाय र दस हजार रुपैयाँ जरिवाना फैसला गरेको छ । उनीहरूले पीडितहरूलाई डेढ लाख क्षतिपूर्तिसमेत दिनुपर्नेछ । जिल्ला न्यायाधीश नारायण पोख्रेलको इजलासले काठमाडौंको बागबजारस्थित एसपी प्रकाशनका प्रबन्धक प्रेमबहादुर अधिकारी र लेखक गणेश बुढाथोकीलाई प्रतिलिपि अधिकार हननको मुद्दामा दोषी ठहर गरेको हो ।

अधिकारी र बुढाथोकीविरुद्ध लेखक हरिभक्त बुढाथोकीले २०३२ देखि प्रकाशन गर्दै आएको 'ड्राइभिङ शिक्षा' नामक सवारी चालक परीक्षाको गाइड र 'ड्राइभिङ लाइसेन्स' नामको प्रश्नोत्तर संगालो पुस्तकको अंश हुबहु प्रकाशित गरी प्रतिलिपि अधिकारको हनन गरेको आरोप लगाएका थिए । आफ्नो पुस्तकको अंश हुबहु राखी प्रबन्धक अधिकारी तथा लेखक गणेशले 'ड्राइभिङ गुरु' नामक पुस्तक प्रकाशित गरेको उजुरीपछि प्रहरीले घटनाको छानबिन गरी दुवै जनाविरुद्ध मुद्दा दायर गरेको हो । आरोपित दुवै जना केही दिन थुनामा रही एक-एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए । दुवैले तारिख गुजारेकाले धरौटीसमेत जफत हुने भएको छ ।

फैसलाको पूर्ण पाठ आउन बाँकी रहे पनि दुवै जनालाई प्रतिलिपि अधिकार ऐन २०५९ को दफा २५ अनुसार कसुर ठहर भई क्षतिपूर्ति, कैद र जरिवानाको फैसला भएको जिल्ला अदालत काठमाडौंले जनाएको छ । 'वाषिर्क दसौं हजारप्रति बिक्ने पुस्तकको सबै अंश सारेर प्रतिलिपि अधिकार हनन गरेकाले मैले प्रहरीमा उजुरी दिएर मुद्दा दायर गर्नुपरेको हो,' पुस्तकका प्रकाशक चन्द्र बुढाथोकीले कान्तिपुरसित भने । २०३२ सालयता पुस्तकको तीसौं संस्करण बजारमा आइसकेको दाबी गर्ने उनले पुस्तक प्रकाशित हुनासाथ पुल्चोकस्थित नेपाल राष्ट्रिय पुस्तकालयमा दर्ता गरी आफ्नो प्रतिलिपि अधिकार सुरक्षित गरेको बताए । 'फैसलाले गैरकानुनी पुस्तक प्रकाशन र बिक्री-वितरण गर्नेहरूलाई हतोत्साहित बनाएको छ,' उनले भने ।

मुद्दा दायर भएलगत्तै जिल्ला अदालत काठमाडौंले एसपी प्रकाशनलाई 'ड्राइभिङ गुरु' पुस्तक प्रकाशन र बिक्री-वितरणमा रोक लगाएको थियो । अन्तिम किनारा नलागुन्जेल पुस्तक बिक्री-वितरण नगर्न प्रकाशन, बिक्रेता र वितरकका नाममा आदेश जारी गर्दै अदालतले स्टकमा रहेका पुस्तक बरामद गरी त्यसको विवरण सरकारी वकिलको कार्यालयमार्फत पठाउन समेत प्रहरीलाई आदेश दिएको थियो ।

मुख्य प्रकाशक बुढाथोकीको उजुरीपछि छानबिन गरेर महानगरीय प्रहरी परिसर काठमाडौंले प्रतिलिपि अधिकार हनन भएको आरोपमा १० लाख क्षतिपूर्ति मागसहित मुद्दा दायर गरेको थियो । दुवै पक्षबीच पटक-पटक सहमति र मिलापत्रको प्रयास सफल हुन नसकेपछि प्रहरी सरकारी वकिलमार्फत अदालत पुगेको हो । प्रतिलिपि अधिकारको मुद्दा सरकारवादी हुन्छ । आरोपित प्रकाशनका प्रबन्धक प्रेमबहादुर अधिकारीले आफूले तथ्यपरक ढंगले मौलिकरूपमा नै पुस्तक प्रकाशित गरेको दाबी गर्दै कसैको प्रतिलिपि अधिकार हनन नगरेको जिकिर गरेका थिए ।

सवारी चालकबारे सैद्धान्तिक विषयवस्तु रहेको 'ड्राइभिङ शिक्षा' पुस्तकका १५ शीर्षकहरू तलमाथि फेरबदल मात्रै गरेर 'ड्राइभिङ गुरु' पुस्तक प्रकाशित गरिएको थियो । एक सय ७८ पेजको पुस्तकमध्ये ८० पेज हुबहु सारिएको छानबिनका क्रममा भेटिएको थियो । प्रतिलिपि अधिकार संरक्षण ऐनमा लेखक वा प्रकाशनसँग सिर्जनाको प्रतिलिपि अधिकार सुरक्षित हुने र उनीहरूको अनुमतिबेगर अरूले सो सिर्जनाको पूर्ण भाग वा अंश अरूले 'कपी' गर्न नपाउने व्यवस्था छ । ऐनअनुसार स्रष्टा वा लेखक दिवंगत भएको ५० वर्षपछि प्रकाशित कृति राष्ट्रियकरण हुन्छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Unknown

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu