Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » मलाई नेपाली फिल्म खेल्ने रहर छ

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result


भारतको देहरादुनमा जन्मिएर नेपालको राजधानी काठमाण्डौमा पढेकी नायिका उदिता गोस्वामी बलिउडमा चर्चित छिन् । नेपालका पूर्व प्रधानमन्त्री तुलसी गिरीकी नातिनी उदिता नेपाली भाषा राम्रोसँग बोल्छिन् । बलिउडमा पाप, जेहेर, अक्सर, दिल दिया हे, फक्स, किस से प्यार करु, चेज, मेरे दोस्त पिक्चर्स अबी बाँकी हे, डायरी अफ अ बटरफ्लाई लगायतका बलिउड सिनेमामा अभिनय गरिसकेकी छिन् । उनले चर्चित गीत ‘कोलाभरी डी’को नेपाली भर्सन पनि गाइसकेकी छिन् । मंगलबारमात्र एक निर्देशकसँग बिबाह बन्धनमा बाँकिएकी बलिउड हट नायिकाको उपाधी पाइसकेकी गोस्वामीले हिमालय टेलिभिजनसँग गरेको कुराकानीःकसरी भयो तपाईको बलिउडसम्मको यात्रा ?

म दिल्लीमा रहेर मोडलिङ गरिरहेको थिएँ । नायिका तथा निर्मात्री पुजा भट्टले मलाई एउटा म्यागेजिनमा हेर्नुभएको रहेछ । यसपछि उहा मलाई भेट्न दिल्ली आउनुभयो र मलाई मुम्बई बोलाउनुभयो । यसपछि मैले पाप नामक सिनेमा खेलेको हो । सुरुमा त मलाई अभिनय गर्छु जस्तो लागेको थिएन । सुरुसुरुमा गाह्रो भएपनि मैले पछि अभिनयलाई नै आफ्नो भविष्य बनाएँ । म भारतको टप मोडल थिएँ त्यतिबेला ।

कतिको संर्घष गर्नुपर्‍यो ?

मैले त्यस्तो धेरै संघर्ष गर्नुपरेन । म अब हलिउडमा जान चाहन्छु । यसका लागि कुरा पनि भइरहेको छ । मलाई मेरो संघर्षले त्यहाँसम्म पनि पुर्‍याउला जस्तो लागेको छ ।

नेपालसँग धेरै नजिक हुनुहुन्छ, नेपालीहरुलाई कसरी हेर्नुहुन्छ तपाई ?

नेपालीहरुको एउटा कुरा छ, उनीहरु लिन र दिन जानेका छन् । तर उनीहरुको दिमाग खुस्कियो अर्थात रिस उठ्यो भने मारिहाल्छन । यसैले नेपालीलाई खुकुरी देखाउन हँुदैन, उनीहरु रिसाउँछन् ।

चलचित्रको पर्दामा तपाई खुबै हट हुनुहुन्छ, यथार्थमा कत्तिको हट हुनुहुन्छ ?

हा.हा.हा. । मलाई यथार्थ भन्ने शब्द थाहा थिएन, बल्ल थाहा पाएँ अब यसलाई सम्भिmन्छु । म वास्तवमा एकदमै साधारण छु । म बाहिर हिँड्दा हट पहिरन लगाउँदिन, जिन्स नै लगाउन रुचाउँछु । म आज पनि देहरादुनकै युवती हँु । ममा परिवर्तन आउनुपर्ने हो, तर त्यस्तो भएको छैन । मेरो घरमा अझै पनि मःमः र नेपाली खाना पाक्छ । मलाई मेरा पुरानै साथीहरुसँग हिड्न मन लाग्छ, कुकुरको गफ गर्न मन लाग्छ । मलाई सिनेमा नगरीका धेरैजसोसँग सम्वन्ध राख्नु छैन् । किनकी उनीहरुको आफ्नै खालको दुनियाँ छ ।नेपालसँग तपाइको सम्वन्ध कस्तो छ ?

मेरो ममी सिलोङको हो, बुबा हरिद्वारको । हजुरआमा चाहिं जनकपुरको । नेपालको पूर्व प्रधानमन्त्री तुलसी गिरी मेरो हजुरआमाको भाई हो । सानोमा मैले काठमाण्डुको थुप्रै ठाउँ घुमेकी छु । पहिला काठमाण्डुका बाटा ठूला लाग्थे, अहिले साना लाग्छन ।

नेपालको त्यस्तो कुनै घटना याद छ ?

मेरो हजुर आमा र म जनकपुरबाट कत्तै जाँदै थियौं । त्यतिकैमा हामी चढेको बसलाई अर्को बसले ठुलै ठक्कर दियो । मेरो हजुरआमा र म गम्भिर घाइते भयौँ । मेरो शरिरको विभिन्न ठाउँमा चोट लाग्यो, अहिले पनि त्यसको खत बाँकी छ । त्यो घटना त्यतिबेला ठुलो समाचार बनेको थियो । किनकी हामी तुलसी गिरीको परिवारसँग जोडिएका थियौँ । म पशुपति पनि गैरहन्थेँ, मलाई पशुपतिको बारेमा सबै थाहा छ ।

नेपाली सिनेमा हेर्नु भएको छ ? खेल्ने इच्छा छ कि छैन ?

मैले नेपाली सिनेमा आजसम्म हेरेकी छैन । तर सिनेमा खेल्न मन छ । राम्रो स्त्रिmप्ट र अब्बल निर्देशक भयो भने पक्कै पनि खेल्छु ।

नेपाली गीतहरु गाउन सक्नुहुन्छ ?

मलाई नेपाली गानाहरु धेरै आउँछ । जस्तो ‘गैरी खेतको शिरै हान्यो’, लोकगीतमा ‘पानको पात’ जस्ता गीतहरु मलाई याद छ ।

राजनीतिमा कत्तिको रुचि राख्नुहुन्छ ?

मलाई नेपालको होस् या भारतको कुनै पनि देशको राजनीतिमा याद छैन । तर ममा अहिले पनि नेपाली खुन छ । मलाई रिस उठ्यो कि पछि हट्न भन्दा पनि अघि सर्न मन लाग्छ मलाई ।

नेपाली खानेकुरा के मनपर्छ ?

मलाई तितौरा र छुर्पी खुबै मनपर्छ । साथीहरु नेपाल जाने भए भने म तितौरा ल्याउन आग्रह गर्छु ।

अन्त्यमा नेपालमा रहेका लाखौँ युवा फ्यानहरुलाई तपाई के भन्नुहुन्छ ?

तपाइलाई जे गर्न मन लाग्छ त्यो गर्नुहोस् । अरुले तत्कालका लागि तपाइलाई नराम्रो सांेचे पनि पछि त्यो तपाई आफ्नै लागि राम्रो हुनेछ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Unknown

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu