नग्न मोडलको शरीरमा नेपाली शैलीकोमन्दिर पेन्ट प्रदर्शनीबाट उठेको रकम नेपालका महिलाहरुका लागि
ट्रिना मिरा शरीरमा पेन्ट गर्ने कलाकारले १७ मोडलको शरीरमा पेन्ट गरेर आफ्नो कला देखाएकी छन् । मेरो शरीर मन्दिर हो नाम दिइएको यो कलामा १७ नग्न मोडलको शरीरमा नेपाली शैलीको मन्दिर बनाइएको छ । अमेरिकाको वर्कस् ग्यालरीमा मेरो शरीर मन्दिर हो नाम दिइएको कला प्रदर्शन गरिएको थियो !करीव २० मिनेट प्रदर्शन गरिएको उक्त प्रदर्शनीमा १७ जनाको शरीरमा पेन्ट गर्न उनलाई ९ घन्टा लागेको थियो । ट्रिना २००६ देखि शरीर पेन्ट गर्दै आएकी छन् । केही मानिस अरुका अगाडि नाङ्गो हुँदा असहज मान्छन उनले भनेकी छिन् । तर जब एकै कोठामा १६ जना नाङ्गा मानिस बस्छन तब उनीहरुको लाज भाग्छ । यो कला प्रदर्शनीबाट उठेको रकम नेपालमा महिलाहरुका लागि काम गर्ने संस्थालाई सहयोग गरिने बताएको छ ।
















