Posted by: Unknown
Posted date: 3:57 PM
/
nepali film
काठमाडौं । ६ एकान ६ को प्रदर्शन सुरु भएको तीन हप्ता नबित्दै पाइरेसीको समस्या झेल्नु परेको छ ।
नेपाली टेलिफिल्मका चर्चित अनुहारहरुको समावेश भएको चलचित्र 'छ एकान छ' को करिब ५० मिनेटको दृश्य यूट्यूबमा भेटिएको छ । नेपाली फिल्म उद्योग अहिलेसम्मको सफल मानिएको चलचित्र प्रर्दशनको तीन सातामै सामाजिक सञ्जालहरुमा देखिन थालेपछि निर्माण युनिटलाई ठूलो झड्का लागेको छ । अधिकांश नेपाली फिल्महरुले लगानी उठाउन नसकिरहेको समयमा लगानी उठाएर पनि राम्रो व्यापार गर्न सफल हाँस्य कलाकारहरुको फिल्म ‘६ एकान ६’ सन्दिप मगर नाम गरेका एक व्यक्तिले आफ्नो यूट्यूव एकाउन्टमा ५० मिनेटको दृश्य केही दृश्य अपलोड गरेका छन् । मोबाइलबाट खिचिएकाले पनि सिनेमाको दृश्य स्पष्टसँग हेर्न र वुझ्न भने कठिन देखिन्छ । फिल्मलाई अझै विभिन्न देशमा प्रदर्शन गर्ने तयारी निर्माण पक्षले गरिरहेको बेला फिल्म पाइरेसी हुन पुगेको हो । दिनेश डिसीको निर्देशन र दीपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्मा निर्माणमा बनेको फिल्ममा तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानीका कलाकारहरुको मुख्य भूमिका छ ।