Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

रसुवाको राम्चे भीरबाट बस खस्यो, ३५ को मृत्यु

१७ कात्तिक, धुन्चे । रसुवाको ग्राङमा मंगलबार दिउँसो भएको बस दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ । घटनास्थलमा २९ जनाको मृत्यु भएको थियो । बाँकीको रसुवा र नुवाकोट जिल्ला अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

नुवाकोटको त्रिशुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको साथमा रहेको अन्दाजी दुई वर्षको बालिका प्रहरीले संरक्षणमा राखेको नुवाकोट प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक शिद्धिविक्रम शाहले बताए ।
काठमाडौंबाट रसुवाका लागि छुटेको बा २ ख ५७०६ नम्बरको पासाङल्हामु यातायात समितिको बस राम्चे गाविस ३ ग्राङमा सडकबाट करिव दुई सय मिटर तल खसेको छ । इन्धन अभावका कारण गाडीहरु कम चलेकाले उक्त बसमा खचाखच यात्रु चढेका थिए । क्षमताभन्दा धेरै यात्रु चढेकाले बस दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । दिउँसो साढे १२ बजे बस दुर्घटना भएको थियो । त्यसलगत्तै सुरु भएको उद्धारकार्य बेलुकासम्म पनि जारी थियो ।
मृतकमध्ये धैबुङ गाविस सचिव टिकबहादुर शाही, बाराको गढीमाई नगरपालिका ७ की दीपा चिमौरिया र रसुवाको गोल्जुङ गाविस ५ की तीन वर्षीया बालिका मिराटासी घलेको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।
नेपाली सेना, सशस्त्र, जनपद र स्थानीयबासीले घाइतेहरुलाई उद्धार गर्दै पायक पर्ने अस्पतालमा पठाएका थिए 
त्रिशुली अस्पतालमा पुर्‍याइएकामध्ये १६ जनालाई हेलिकोप्टरबाट, सात जनालाई एम्बुलेन्सबाट र दुई जनालाई बसमा राखेर उपचारका लागि काठमाडौं पठाइएको नुवाकोटका प्रहरी निरिक्षक प्रल्हाद अधिकारीले जानकारी दिए ।। २४ जनालाई रसुवा अस्पतालमा र २३ जनालाई त्रिशुली अस्पतालमा पठाइएको थियो । दुर्घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट एम्बुलेन्ससहितको प्रहरी टोली रसुवास्थित घटनास्थल पुगेको थियो ।

रसुवा जिल्ला अस्पताल धुञ्चेमा ११ जनाको, नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा ५ जनाको र ३६ जनाको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । तीमध्ये २१ जना गम्भिर घाइते रहेको रसुवा प्रहरीले जनाएको छ । भिरमा खसेको बस टुक्रा-टुक्रा भएको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा हामफाल्न भ्याएका तीन जना यात्रुहरु भने सकुशल छन् ।
(नुवाकोटबाट कपिलदेव खनालको सहयोगमा

सुनकोशी नदी थुनिएपछि देखिएको भयावह दृश्य (फोटोफिचर)

सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले सुनकोशी नदीलाई थुन्दा त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
स्थानीयबासीहरु सुरक्षित स्थानमा सारिएको छ भने डुवानमा परेका क्षेत्रको उद्दार कार्य जारी रहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले उद्दार कार्य जारी राखेको छ ।
घटनास्थलमा भएको उद्दार तथा डुवान क्षेत्रको विभिन्न सामाजिक सञ्जालबाट प्राप्त भएको तस्वीर यस प्रकार छन्ः




तनहुँमा जीप दुर्घटना, ६ भारतीयको मृत्यु, सल्यानमा बस खस्दा ११ को ज्यान गयो

 तनहुँको बन्दीपुरमा जीप दुर्घटनामा परी ६ जना भारतीय पर्यटकको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । पोखराबाट वीरगञ्ज जाँदै गरेको ग १ ञ ६६९ नम्बरको  जीप गएराति बन्दीपुरस्थित चुन पहरामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी भारतको कोलकाता अन्तर्गत किरनचन्द हिरउड बस्ने ५८ बर्षका विनय तिवारी, सोही ठाउँकी ५६ वर्षकी कमलावती तिवारीको मृत्यु भएको छ । दुर्घटनामा परेर ३३ वर्षकी पुन त्रिपाठी, २० वर्षकी नेहा त्रिपाठी, ३७ वर्षकी निलम त्रिपाठी र १३ वर्षका हेमन्त त्रिपाठीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पर्यटक बोकेर पृथ्वी राजमार्गमा गुडिरहेको जीप सडकबाट सयमिटर तल मस्याङ्दी नदीमा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Kantipur Aaja – लौ हेर्नुस कस्ता कस्ता सडक दुर्घटना हुन्छन काठमाडौँमा

Watch Nepali news show Kantipur Aaja episode of 13th November 2013 online as broadcasted on Kantipur TV.
http://meroknowledge.blogspot.com/

Many people dead in Malaysia bus crash

Bus plunges more than 70 metres into ravine near highland resort area, leaving 37 people dead.
 
Rescue officials pulled injured victims from the mangled wreckage of the bus, which fell at least 70 metres
At least 37 people have been killed after a bus plunged into a deep ravine near a Malaysian highland resort area, police and officials say.

Authorities said the bus was carrying 53 passengers when it went off a swerving road and plunged down a steep 70-metre slope in the Genting Highlands, famed for an exclusive gambling and entertainment resort about an hour's drive from the capital, Kuala Lumpur.

The toll could rise, as 16 other passengers were injured, with hospitals reporting some in critical condition.
"Thirty-seven are dead - 13 women and 24 men,"
Bentong town police chief Mohamad Mansor Nor said he had no immediate details about the identities of the passengers on the bus.

Reports said most of the passengers were Malaysians, but hospital staff said the injured also included a Thai man and a Bangladeshi man.

Genting Highlands features Malaysia's only legal casino, which attracts thousands of domestic visitors and foreign tourists from Singapore and China every week.

Police said the bus was part of a line that regularly ferries both tourists and locals between the capital and the hill resort.
Select Menu