Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

अप्ठ्यारोमा जीवन र आर्यन

http://hamroknowledge.blogspot.com/
नेपाली सिनेमाका दुई चर्चित नायकहरु यतिबेला अप्ठ्यारो र अन्यौलतामा घेरिएका छन् । सिनेमाको व्यापारले पार्ने प्रभाव चल्तीका कलाकारमा अझै धेरै देखिन्छ । नायक जीवन लुइटेलको करिब १ बर्षको अन्तरालाम २ वटा सिनेमा प्रदर्शनमा आए ।

गतबर्ष ‘विन्दास २’ को आंशिक सफलताले जीवनलाई खासै फाइदा भएन । चलचित्र ‘नाई नभन्नु ल २’ मा विशेष भूमिका गरेका उनलाई यसको सफलताको क्रेडिट गएन । तर यसबर्ष साउन र भदौ गरी लगालग प्रदर्शनमा आएका २ चलचित्र ‘शीशा’ र ‘ठूली’ले बक्स अफिसमा खासै चमत्कार नगर्दा जीवनलाई गाह्रो परेेको छ ।

यतिबेला जीवन २ सिनेमाको असफलताले केही सोच्न बाध्य छन् । उनलाई भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘स्टूपिड मन’मा आशा धेरै छ । यो सिनेमालाई पनि ‘कोहिनुर’ चलचित्रको व्यापारले असर गर्ने होकी भन्ने चिन्ता जीवनलाई छ ।

यो बर्ष मात्र उनका आधा दर्जन भन्दा धेरै सिनेमा प्रदर्शनमा आउँदैछन् । जसमध्ये उनलाई ‘स्टूपिड मन’मा सर्वाधिक आशा छ । ‘शीशा’ र ‘ठूली’को असफलतालाई ‘स्टूपिड मन’ले टार्नेमा विश्वस्त छन् जीवन ।
यता बर्षको सुरुवातमै चलचित्र ‘नोभेम्बर रेन’ चलेर राहतको सास लिइरहेका नायक आर्यन सिग्देलका लागि अन्यौलता अझै छ । आर्यनका असोज र कात्तिकमा २ वटा सिनेमा प्रदर्शनमा आउँदैछन् ।

असोजमा ‘नाइके’ र कात्तिकमा उनी ‘लज्जा’ मार्फत दर्शकमाझ आउँदैछन् । दुबै सिनेमाको व्यापारले उनको आगामी करिअरमा ठूलो अर्थ राख्छ । यसैले आर्यन यतिबेला दुबै सिनेमाको प्रचारमा ध्यान केन्दि्रत गरिरहेका छन् । दुइको विकल्प नहुँदा निर्मातालाई प्राय सिनेमामा आर्यन र जीवनलाई नै रोज्नुपर्ने अवस्था छ । यसकारण पनि दुई हिरोमा आफ्नो क्रेज बचाइराख्ने र बक्स अफिसमा दरिलो व्यापार गर्ने चुनौती छ ।

फागुन ३० मा चियर्स

विभिन्न समयमा प्रदर्शन मिति हेरफेर हुँदै आएको चलचित्र 'चियर्स' अन्ततः आगामी फागुन ३० गतेदेखि देशव्यापी प्रदर्शन हुने भएको छ। पवन गौतमको निर्देशनमा तयार भएको यो चलचित्रमा भूपेन चन्द, पुष्करजंग थापा, राज आर्यन, कृष्टि पौडेल, महिमा सिलवाल आदि कलाकारले अभिनय गरेका छन्। यही चलचित्रबाट अरुण केसी तथा निर्मला महत अभिनयमा डेब्यू गर्दैछन्। राजाराम केसी तथा सजीव श्रेष्ठले निर्माण गरेको चलचित्र चियर्स मित्रताको कथामा आधारित छ।

हमजाएगाको इन्डक्ल्याप

गत माघ ५ गते पोखरामा छायांकन प्रारम्भ गरिएको चलचित्र 'हम जाएगा' ले गत फागुन १० गते इन्डक्ल्याप गरेको छ। सुरेन्द्र पुनद्वारा निर्देशित यो चलचित्रमा बाबु बोगटी, विल्सनविक्रम राई, श्याम राई, रवि गिरी, ऋचा धिताल, मनोज आरसी आदि कलाकारले अभिनय गरेका छन्।

पोस्ट प्रोडक्सनमा माला

कलाकार शिशिर राणाले निर्माण गरेको चलचित्र 'माला' को छायांकन सम्पन्न भएको छ। हाल पोस्ट प्रोडक्सनमा रहेको यो चलचित्रका निर्देशन बबी भूपाल सिंहले गरेका हुन्। चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, सुमिना घिमिरे, प्रज्वल सुजल गिरी, विद्या कार्की, शम्भू थापा, सुनिता ठाकुर, शिशिर राणा आदिले अभिनय गरेका छन्।

छायांकनमा ताण्डव

चलचित्र 'बधशाला' निर्माण गर्ने स्म्यासिङ एप्पलले दोस्रो चलचित्र 'ताण्डव' को छायांकन प्रारम्भ गरेको छ। यो चलचित्रको निर्देशन बेलायती नागरिक मुर्रे केरले गर्दैछन्। एक्सनप्रधान चलचित्र ताण्डवमा नम्रता श्रेष्ठ, र्‍यापर आशिष राना अर्थात लाहुरे, अनुप बराल, एलेन गुरुङ तथा विपिन कार्कीको मुख्य भूमिका रहनेछ। गत फागनु १० गते छायांकन प्रारम्भ भएको यो चलचित्रका लागि कलाकारले करिब ३ महिना लामो प्रशिक्षण लिएका थिए।

शीर्षक र निर्देशक चयन

'शायद्' तथा 'होस्टल' चलचित्रका निर्माता सुनिल रावलले नयाँ चलचित्रको शीर्षक 'आभास' राखेका छन्। शीर्षकसँगै रावलले चलचित्रको निर्देशकमा चलचित्र सम्पादक सुरेन्द्र पौडेललाई अनुबन्ध गरेका छन्। यो चलचित्रमा रावलसहित अभिनेता तथा निर्माता गोविन्द शाही र दीपक शाहीको पनि लगानी रहनेछ। कलाकारको टुंगो लाग्न बाँकी रहेको यो चलचित्रको छायांकन आगामी वैशाख १८ गते प्रारम्भ हुनेछ।

तोरी लाहुरेको सम्मेलन

आगामी फागुन २३ गते प्रदर्शनमा आउने चलचित्र 'तोरी लाहुरे' ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चलचित्रका बारेमा जानकारी गराएको छ। स्थापित द्वन्द्व निर्देशक एनबी महर्जनले निर्देशन गरेको 'तोरी लाहुरे' सामाजिक कथामा आधारित एक्सन-कमेडी चलचित्र हो। यो चलचित्रमा सुवास थापा, गजित विष्ट, रोहित रुम्बा, दिनेश डिसी, अशिष्मा नकर्मी, समुना केसी आदि कलाकारले अभिनय गरेका छन्।

निर्देशक डीसी सम्मानित

'छ एकान छ' को सफलतापछि उत्साहित निर्देशक दिनेश डीसीलाई काभ्रेमा सम्मान गरिएको छ। काभ्रे महोत्सवको अवसर पारेर निर्देशक डीसीलाई उनले चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै गत शनिबार सम्मान गरिएको हो। त्यसअघि उनी करिब १० दिनसम्म कपिलवस्तु महोत्सवमा उद्घोषकका रूपमा सक्रिय थिए। डीसीले पर्सि आइतबार काठमाडौंमा आयोजना हुने मिका सिंह लाइभ कन्सटको उद्घोषण समेत गर्दैछन्।

आधी बाटो

चलचित्र 'आधी बाटो' को सार्वजनिक प्रदर्शन आगामी चैत २१ गतेदेखि हुने भएको छ। मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा निर्देशक सबिर श्रेष्ठले यो चलचित्रमा कालिञ्चोकको डाँडादेखि लन्डनको रमझमसम्म समेटिएको जानकारी दिए।  यो चलचित्रमा यश कुमार, जेनिशा केसी, सबिन श्रेष्ठ, अनु शाह, रुवी राणा आदि कलाकारले अभिनय गरेका छन्।

पास भयो भीमदत्त

सेन्सर बोर्डले १२ वटा दृश्य तथा शब्द काट्दै नवल खड्काको चलचित्र 'भीमदत्त' लाई पिजी सर्टिफिकेट दिएको छ। अब यो चलचित्र १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ हेर्न पाउनेछन्। चलचित्रमा नवल खड्का, सुमिना घिमिरे तथा निशा अधिकारी मुख्य भूमिकामा छन्।

रेखा भन्छिन्, ‘सिनेमा खेल्न भन्दा राउटेको आमा बन्दा धेरै आनन्द’(फोटो फिचरसहित)

उनका आँखा भरी आशु थिए । छोरा गणेश बहादुर बीकसँग हजारौ सपना बोकेर कतार पुगेका तिलक बहादुर बीकको सपना त्यती बेला अधुरो भयो जतिबेला उनको छोरा विरानो मुलुकमा ढले । छोरासँगै केही रकम कमाउँला भनेर कतार पुगेका तिलकबहादुर त्रिुभवन विमानस्थलमा पैसाको थैलो बोकेर हैन छोराको मृत शरीर बोकेर फर्किए । बाबुका सपनाहरु टुटे आमाको कोख रित्तो भयो । दाङका तिलकबहादुर माथि विदेश जाँदा लिएको ४ लाख भन्दा बढि ऋणको भारी थियो । पत्नी बसन्ती बीकसँग उनले झुप्रो बनाएर जीवन त पाल्दै आएका छन् तर साहुको ऋण र छोराको यादले सधै नै सताइरहेको छ ।iशुक्रबार काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा आफ्नो जीवन भोगाई खोल्दै गर्दा तिलकबहादुरका आँखा रसाए । बसन्ती बोल्नै सकिनन्, छोराको संझनामा उनको भक्कानो फुट्यो । गरिब बनेर जन्मनुको पिडा तिलकले पोखिरहदा सबैका गह भरिएका थिए । तिनै तिलक र बसन्तीको चर्किएको घाउमा मलम लगाउन अग्रसर भइन् नेपाली सिने नगरीकी चर्चित नायिका रेखा थापा ।



नायिका थापाले ‘रेखा थापा फाउन्डेशन’को उद्घाटनसँगै तिलकको परिवारलाई नगद ५० हजार सहयोग गरिन् । उसो त छोराको निधनले मर्माहत भएको यो परिवारका लागि ५० हजारले थुप्रै अभावहरु पूर्ती नगर्ला । तर पनि रेखा थापाको यो सहयोगले उनीहरुलाई पक्कै राहत दिएको छ ।
काठमाण्डौमा आज आयोजना गरिएको एक कार्यक्रममा ‘रेखा थापा फाउन्डेशन’को औपचारिक उद्घाटन गरिएको हो । मुनाफा रहित उद्देश्यले स्थापन गरिएको यो संस्थाले मुलत मुलुक भित्र उत्पीडित भएर विभिन्न क्षेत्र र संप्रदायमा रहेका व्यक्ति बिशेषलाई सम्बोधन गर्ने जनाइएको छ । नायिका रेखा थापाले राउटे समुदायका ४ जना बच्चाहरुलाई फाउण्डेशनको तर्फबाट पालनपोषण र शिक्षाको व्यवस्था समेत गरेकी छिन् ४ जना बच्चाहरुको आमा बन्दा आफूलाई जीवनकै सबैभन्दा आनन्द महुशश भएको रेखाको तर्क छ । उनले ४ जना बच्चाहरुलाई काखमा खेलाउँदै गर्दा धेरैले उनीमा मातृत्वको भावना पलाएको भान गरेका थिए । ति बच्चाहरु कार्यक्रम स्थलमै रेखासँग खेल्थे त कहिले उनलाई जिस्काउथ्य । केही समय अघि बिबाह नगरी आमा बन्ने रेखाको तर्क आज आएर पुष्टी भएको भान भैरहेको थियो । रेखाले लक्ष्क्षु राउटे, भोटु राउटे, मनु राउटे र रुतु राउटेलाई पालनपोषणको जिम्मा लिएकी हुन् ।
कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष बिदुर गिरी, चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले शुभकामना दिएका थिए । कार्यक्रममा रेखाले राउटे बस्तीमा पुगेर ४ जना बच्चाहरुलाई काठमाण्डौ ल्याउँदा सम्म गरेका हरेक क्रियाकलापको दृश्य समेत प्रस्तुत गरिएको थियो | रेखा थापा फाउण्डेशनले बालबालिकाहरुको चारित्रिक विकासमा परिवर्तन ल्याई इमान्दार प्रतिभावान विद्यार्थी तयार पार्ने, सम्बन्धित निकायको स्विकृती लिई सामुदायिक अस्पताल, स्कुल तथा क्याम्पस संचलान गर्ने, अनाथालय तथा बृद्धा आश्रम संचालन गर्ने, अति पिछडिएका महिला, अनाथ बालबालिका, असहाय बृद्ध बृद्धाको सेवा र हितको लागि आवश्यक कार्य गर्ने गराउनेको साथै विगतको जनयुद्धबाट पिडितहरुलाई समेत बिशेष सहायता र सहयोग गर्ने उद्देश्य लिएको छ । नायिका थापाले जसरी सिनेमाको पर्दामा खेल्ने एक हिरोइनलाई सबैले सहयोग गर्नुभयो त्यसरी नै सामाजिक सेवामा लागेकी एक चेलीलाई पनि सहयोग गर्न आग्रह गरेकी छिन् ।

बाघ र बँदेलको यो खतरनाक दृश्य भिडियोमा बाघ र बँदेलको यो खतरनाक दृश्य भिडियोमा


सुष्माले कम्मर मर्काउदा आगो बलेपछि (फोटो फिचरसहित)

मैले आखा झिम्क्याउदा चट्याङ पर्छ भन्छन्, मैले कम्मर मर्काउदा आगो बल्छ भन्छन्’ भन्दै नायिका सुष्मा कार्कीले आइटम नृत्य गरेको अब तपाइले छिट्टै देख्न सक्नुहुनेछ ।susma-karki-item-4

Select Menu