Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

प्रहरीमाथि आन्दोलनकारीद्वारा पेट्रोल बम प्रहार

कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले वीरगञ्जका विभिन्न स्थानमा सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार गरेका छन् ।

पेट्रोल बम प्रहारमा परेर दुई सर्वसाधारणसमेत घाइते भएका छन् । थुप्रै सुरक्षाकर्मी घाइते भएका छन् ।  घण्टाघर, माइस्थान, पानी ट्यांकीलगायतका क्षेत्रमा भएको झडपमा आन्दोलनकारीले पेट्रोल बम हानेका हुन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बमको वर्षा गरेको बताए । अनलाइनखबरसँग कुरा गर्दै प्रजिअ घिमिरले भने-‘पेट्रोल बमको वर्षा भएको छ, थप्रै सुरक्षाकर्मी घाइते भएका छन् ।’
आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गर्दै हानेको पेट्रोल बम लागेर सार्वसधारणसमेत घाइते भएका छन् । घाइते हुनेमा सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका भरत नेपाल र स्थानीय सञ्चारकर्मी विद्यार्थी गिरी छन् ।

माइस्थान चोकमा आन्दोलनकारीले प्रहरीलाई लक्षित गरेर हानेको पेट्रोल बम उनीहरुलाई लागेको थियो । दुबैको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गस्तीमा रहेका सुरक्षाकर्मीहरुलाई लक्षित गरी आन्दोलनकारीले माइस्थान चोकमा हानेको पेट्रोल बम ना २१ प ९६४३ नम्बरको मोटरसाइकलमा सवार गिरीमाथि लागेको थियो ।
आन्दोलनकारीहरुले सिसाको बोटलमा पेट्रोल राखेर धागो हाल्ने र त्यसमा आगो लगाएर हान्ने गरेका छन् । उनीहरुले ढुंगामुढाका साथै गुलेलीबाट हानेका थिए ।
झडपका क्रममा प्रदर्शनकारीले हानेको ढुंगा लागेर प्रहरी हवल्दार भरोसी बैठा र प्रहरी जवान सागर श्रीवास्तव घाइते भएका छन् । घाइतेको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।
सोमबार भएको झडपमा प्रहरीको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएपछि वीरगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्यू जारी गरेको छ ।

रुपैडिया नाकामा भारतीय अवरोध हट्यो, रोकिएका इन्धनका सबै गाडी नेपाल भित्रिए

भारतको रुपैडिया नाकाबाट आज ३१ वटा डिजेलका ट्रयाङकर, ११ वटा ग्यासका बुलेट र ६ हवाई इन्धनका गरी ४८ गाडि पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ।


भारतले अघोषित नाकाबन्दी शुरु गरेयता भारतीय सुरक्षाकर्मीले रोकेर राखेका इन्धनका सबै गाडी आज  नेपाल भित्रिएको नेपाल आयल निगम क्षेत्रिय कार्यालय नेपालगन्जले जनाएको छ।

त्यसै गरी इन्धन भर्नका लागि २५ वटा गाडि आजै भारतको गोन्डास्थित भारतीय आयल निगमको डिपोमा गएको छ। ती गाडीहरु पनि भोलि साझ सम्म नेपाल भित्रने आयल निगम क्षेत्रिय कार्यालय नेपालगन्जका प्रमुख श्री चन्द श्रेष्ठले बताए।

भारतबाट डिजेल सहज रुपमा भित्रिए पनि पेट्रोल भने अझै सहज रुपमा आउन सकेको छैन।

आयल निगमले इन्धन भर्ने भारतको गोन्डा स्थित भारतिय आयल निगमको डिपोमा  नै पेट्रोल सकिएकाले पेट्रोलका ट्रयाङकरहरु  भित्रिन अझै ४/५ दिन लाग्न सकने प्रमुख श्रेष्ठले बताए।

ऋषि धमलालाई सभासद् र मन्त्री नबनाए साना दलले सरकारको समर्थन फिर्ता लिने चेतावनी

धमला बने १२ दलका साझा उम्मेदवार
 भदौ १०, काठमाडौ –  संविधानसभामा प्रतिनिधित्व गर्ने २१ सभासद रहेका १२ दलले मन्त्री परिषदबाट मनोनित हुने २६ संविधानसभा सदस्यमा आफूहरुको तर्फबाट रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नाम सिफारिस गरेका छन् ।
दलित जनजाती पार्टी, नेपाल परिवार दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली जनता दल, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल र थरुहट तराई पार्टी नेपाल लगायतका १२ दलका अध्यक्षहरुले आज संयूक्त रुपमा प्रधानमन्त्री सुशील को
उनीहरुले राजाको शासनमा लोकतन्त्रको लागि सडक संसद चलाएर आन्दोलन चलाएको, सबैको साझा फोरमको रुपमा सहमतिको लागि भूमिका निर्वाह गरेको भन्दै धमलाको नाम सिफारिस गरेका हुन् ।
प्रधानमन्त्रीलाई भेटेपछि संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरुले धमलाको नाम आफूहरुले सिफारिस गरेको जानकारी दिएका हुन ।
पत्रकार सम्मेलनमा थरुहट तराई पार्टी नेपालका अध्यक्ष गोपाल दहितले आफूहरुले पत्रकारहरुको तर्फबाट उनले खेलेको भूमिकाको सम्मान गर्दै सभासदकोलागि नाम सिफारिस गरेको जानकारी दिदै संविधान निर्माणको कार्यतालिका अनुसार संविधान निर्माणलाई अघि बढाउन धमलाले बाहिर जस्तै समन्वयकारी भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे ।
उनले आफूहरुले प्रधानमन्त्रीलाई सरकारलाई समर्थन गरेका सानादलहरुको तर्फबाट सभासद मनोनयन गर्नुपर्ने र सरकारमा समेत सहभागि गराउनु पर्ने भन्दै नगरे सररकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको बताए ।
दहितले प्रधानमन्त्रीले चुनाव हारेका र समानुपातिकको सूचिमा परेकाहरुलाई २६ मा मनोनित नगर्ने स्पष्ट पारेको जानकारी समेत दिए ।
खुम्बुवान राष्ट्रिय मोर्चा का अध्यक्ष रामकुमार खुम्बुले पत्रकारहरुको प्रतिनिधित्व गराउन धमलाको नाम सिफारिस गरेको भन्दै उनले लोकतन्त्र कठिन अवस्थामा रहेको बेला खेलेको भूमिका र सहमतिको लागि गरेको कामको सम्मान गर्दै ठूला दलहरुले पनि समर्थन गर्नु पर्ने सुझाव दिए ।
उनले संघीय पहिचानसहितको संविधान बनाउनु पर्नेमा जोड दिए ।
नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले ऋषि धमला जस्तो सबैलाई समेट्न सक्ने ब्यक्तित्वको संविधानसभामा आवश्यकता महसुस गरेर उनको नाम सिफारिस गरेको बताए । उनीहरुले प्रधानमन्त्रीसंगको भेटमा आफूहरुको तर्फबाट पनि राजदुत नियुक्ती गर्नुपर्ने माँग राखेको प्रष्ट पारेका छन् ।
इरालालाई भेटेर आफूहरुको तर्फबाट २६ मनोनयनमा परेको भागको एक जनाको ठाँउमा धमलाको नाम सिफारिस गरेका हुन् ।

बालुवाटारमा हालै बसेको शीर्ष बैठकमा चर्काचर्की , एमाओवादीबाट बैठक बहिष्कार

काठमाडौं : संविधान निर्माणका अन्तरवस्तु तथा टुंगाउन बाँकी राजनीतिक मुद्दाका बारेमा आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटमार बसेको बैठकमा चर्काचर्की भएपछि एमाओवादीले बैठक बहिष्कार गरेर निस्केको छ।

एमाओवादीले उच्चस्तरीय राजनीतिक संयन्त्रको गठनलाई मुख्य मुद्दा पेस गरेको थियो। तर कांग्रेस र एमालेले असहमति जनाएपछि एमाओवादी नेतृत्व छलफल छोडेर बाहिरिएको थियो। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाओवादी छलफल छोडेर बैठकबाट बाहिरिएको बताए। माओवादीले राखेको माग र अडानमा कांग्रेस र एमाले सहमत हुन नसकेको पौडेलले बताए।

बैठकमा एमाओवादीले उच्चस्तरीय राजनीतिक संयन्त्रको गठनमा जोड दिए पनि कांग्रेस र एमालेले त्यसमा असहमति जनाएपछि बैठक निश्कर्षमा पुग्न नसकेको एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले बताए। विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने अडान राख्दै एमाओवादीले आपत्ति जनाएको थियो।

आइतबार बिहान बसेको बैठकमा संविधान निर्माणसँग जोडिएका मुख्य विवाद, उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन, मेलमिलाप तथा सत्यनिरुपण आयोग, २६ जना सभासद्‍को छनोट, मोहन वैद्य नेतृत्वको नेकपा माओवादीलगायतका असन्तुष्ट पक्षलाई समेट्ने प्रयासलगायतका विषयमा छलफल भएको छ।

बैठकमा प्रधानमन्त्री सुशील कोइराला, प्रमुख प्रतिपक्षी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत तीनै दलका अन्य वरिष्ठ नेताहरुको सहभागिता थियो। बैठकमा एमाओवादी बाहिरिपछि एमाले र कांग्रेसबीच अलग्गै छलफल भइरहेको थियो।

रातो कार्पेट छाडेर मोदी किन गए नेपाली कर्मचारीतिर ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाशमाथि एउटा भारतीय विमान देखिएपछि अति विशिष्ठ कक्ष बाहिर रहेका पत्रकारमात्र होइन, सुरक्षा निकाय र विशिष्ठ कर्मचारीहरु पनि सतर्क भए । इण्डियन एयरफोर्सको विमान अवतरण गरेपछि त्यहाँ चर्चा चल्यो ‘मोदी अर्को विमानमा आउँछन्, यसमा त भ्रमण दलका सदस्य र सुरक्षाकर्मीहरुमात्र छन् ।’

तर, त्यसको केहीबेरमै प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ, उपप्रधानमत्री वामदेव गौतमलगायत मन्त्रीहरु विशिष्ठ कक्षतिर लागेपछि थाहा भयो ‘त्यही विशेष विमानमै मोदी आएका रहेछन्’ ।

इण्डियन एयरफोर्सको विमानभित्रबाट एक कर्मचारीले एउटा हातमा नेपालको र अर्कोमा भारतको झण्डा देखाएर हल्लाए । त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदी बाहिर निस्किए ।
मोदीलाई समकक्षी सुशील कोइरालाले बुके दिएर स्वागत गर्दै थिए, सवारीमन्त्रीका रुपमा खटिएका सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले शिष्टाचार महापालको भूमिकामा प्रस्तुत हुँदै प्रधानमन्त्री कोइरालालाई कुममा समातेर लतार्न खोजेको दृश्य असहज लाग्नेखालको देखियो । सामान्यतः शिष्टाचार महापालले भीभीआइपीहरुको बसाइको व्यस्थापन गर्ने प्रचलन छ ।

तर, मन्त्री रिजालको व्यवहार स्वभाविक नभएको टिप्पणी त्यो दृश्य हेरिरहेकाहरुले गरेका छन् । रिजालले कोइरालालाई तानेको दृश्य भारतीय च्यानल आज तकले दोहोर्‍याई तेहर्‍याई देखायो ।

विशेष सलामी ग्रहण गरेपछि मोदी रातो कार्पेटबाट अघि बढ्दै गर्दा सँगै रहेका नेपालका प्रधानमन्त्री कोइरालालाई छाड्दै उनी नेपाली कर्मचारीहरुको लाइनतिर लागे ।
उनले त्यहाँ सबैसँग एकएक गरेर हात मिलाउँदै आफैं परिचय गरे । त्यसपछि मोदीले अर्को पाल बाहिर रहेका भारतीय उच्चपदस्थ कर्मचारीहरु भएतिर कोइरालालाई डोहोर्‍याएर परिचय गराउन लगे । मोदी एकपटक सबैतिर फर्केर हात हल्लाउँदै भित्र प्रवेश गरेका थिए । उनले सञ्चारकर्मीहरुसँग भने कुनै प्रतिक्रिया दिएनन् ।

Koirala vows first draft within 6 months, statute within a year

CHITWAN, JAN 31 - Nepali Congress (NC) President Sushil Koirala has said that the draft of the new constitution would be ready within six months and a democratic constitution would be promulgated within a year of the formation of the new government.
"After I become the prime minister, be assured that the constitution will be promulgated within a year," said Koirala addressing a programme of Nepal Civil Servants' Employee Union at Narayangadh on Friday, "The constitution will be forged in consensus of all." He said that the only aim of the government would be drafting the new constitution.

Koirala said that efforts were underway to form a consensual government. The NC President made it clear that he would leave no stones unturned for the constitution drafting as it was almost certain that the upcoming government would be led by his party even if the parties went for majority government.

"Majority government is also an example of democratic practice," said Koirala, "My effort will be to move ahead taking all the parties in confidence."

Koirala elected as parliamentary party leader

KATHMANDU, JANUARY 26 - Nepali Congress President Sushil Koirala has been elected as the Parliamentary Party (PP) leader of the party through the election held at NC's PP office in Singha Durbar on Sunday.
Koirala defeated his opponent, senior leader Sher Bahadur Deuba with a vote difference of 16 votes. Koirala was able to secure 105 votes while Deuba trailed behind with 89 votes.
This win guarantees Koirala to lead the next government as the prime minister.
The voting process began at 8:30 am today but was interrupted after problems with the electronic voting machine. Although 17 lawmakers had cast their votes, the machine registered only 16.
Following the unending row over who should be the Parliamentary Party (PP) leader, NC resorted to holding an election for the position after the senior leaders of the party could not reach a consensus on a single name. Koirala and Deuba had registered their candidacies for the post on Saturday. NC Vice President Ram Chandra Poudel availed with his support to Koirala. Koirala.
Select Menu