Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

Three held for possessing 4 rare snakes worth Rs 5 crore

Four red sand boas referred to as ‘two-headed snakes’ were rescued from smugglers who claim to have caught them from the forests of Uttar Pradesh. These endangered snakes are in demand by superstitious buyers who think they bring good luck, cure AIDS etc. Police say that the snakes can fetch five crore rupees if sold in the black market.

MUMBAI: The Navi Mumbai police have arrested three men for trying to sell four red sand boas, a rare species popularly known as the ‘two-headed snake’.

The accused were in the city to look for superstitious customers who believe that sand boas, if kept at home, bring prosperity, said DCP (crime) Suresh Mengade. “The men have been probably smuggling out sand boas for at least two years. The four snakes, retrieved on Wednesday, can fetch Rs 5 crore in the black market.”

Poaching and sale of red sand boas are prohibited by the Wildlife Protection Act. “Their cost varies (depending on the customer and intended use). Some buy the snakes for use in black magic, while others buy them in the believe that they have medicinal values,” said range forest officer H Ahire.

काठमाडौंमा केबुलकार निर्माण गर्न फ्रान्सद्धारा चासो व्यक्त -

१० असोज, काठमाडौं । फ्रान्स सरकारले काठमाडौं उपत्यकाको शहरी क्षेत्रमा केबुलकार निर्माण गर्न चासो देखाएको छ । नेपालस्थित फ्रान्सेली दूतावासका कार्यवाहक राजदूत भर्जिन कोर्टेवालले अर्थमन्त्री शंकरप्रसाद कोइरालासँग भेट गरि काठमाडौंमा केबुलकार निर्माण गर्न फ्रान्स सरकार सकरात्मक रहेको जानकारी गराउनुभएको हो ।
कार्यावाहक राजदूत कोर्टेवालले काठमाडौको बढ्दो सवारी साधनको चाप नियन्त्रण गरी वातावरणीय सन्तुलन कायम गर्न केबुलकार प्रभावकारी हुने बताउनुभयो । धेरै देशमा आफूहरुले गरेको यसखाले परीक्षण सफल भएको बताउँदै उहाँले नेपालमा पनि सम्भाव्यता अध्ययन गर्न चाहेको अर्थमन्त्रीलाई बताउनुभयो ।

भेटवार्तामा मन्त्री कोइरालाले बढ्दो इन्धन खर्च र सवारी चाप कम गर्न अर्वन केबुलकार परियोजना सार्थक हुने बताउनुभयो । पर्यटकीय र वातावरणीय दृष्टिले पनि केबुलकार सेवा फलदायी हुने बताउँदै उहाँले यस्तो सेवा सहुलियतपूर्या हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री कोइरालाले इन्धन खपत कम गर्न विद्युतीय प्रविधिको विकास नेपालमा आवश्यक भएकोमा जोड दिनुभयो । उहाँले उर्जामा आत्मनिर्भरतासँगै यसको उपयोगिता थप प्रभावकारी हुने विश्वास समेत व्यक्त गर्नुभयो । भेटघाटमा फ्रान्सबाट आएको केबुलकार विज्ञहरुको पनि उपस्थिति थियो ।

डलरको मूल्य १०० नाघ्यो

१३ भदौ, काठमाडौं । अमेरिकी डलरको मूल्य आज साताको पहिलो दिन आइतबार केही बढेको छ । वाणिज्य बैंकहरुले डलरको बिक्री मूल्य १०० रुपैयाँभन्दी तय गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक र नबिल बैंकले डलरको बिक्री मूल्य १००.३० रुपैयाँ र खरिद मूल्य ९९.२० निर्धारण गरेको छ । त्यस्तै, एभरेष्ट बैंकले बिक्री दर १००.३० र खरिद दर ९९.७० रुपैयाँ कायम गरेको छ ।

१०९ रुपैयाँ नाघेको डलरको मूल्य क्रमशः घट्दै दुई साताअघि ९९ रुपैयाँमा आएको थियो । त्यसयता भने डलरको मूल्य घट्न सकेको छैन । ८७ रुपैयाँ रहेको डलरको मूल्य तीन महिनामै २० प्रतिशत बढेर ११० रुपैयाँको नजिक पुगेको थियो ।

१ डलरको मूल्य १०० रुपियाँ नजिकै

 काठमाडौं - नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको छ। अमेरिकी डलरको मूल्य लगातार बढ्न थालेपछि रुपैयाँ कमजोर भएको हो। अमेरिकी डलर आइतबार दिनभर ९८ रुपैयाँको हाराहारीमा कारोबार भएको छ।
राष्ट्र बैंकले सोमबारका लागि एक डलरको मूल्य ९८ रुपैयाँ ५ पैसा तोकेको छ। बैंकहरुले दिनभर तीन पटकसम्म डलरको मूल्य बढाएर कारोबार गरेका थिए। बैंकहरुको विदेशी मुद्रा कारोबार गर्ने विभागहरुको संगठन फेडानले आइतबार तीन पटकसम्म मूल्य परिवर्तन गरेको थियो। केही बैंकले ९८ रुपैयाँ ३० पैसासम्ममा कारोबार गरेका छन्। साधारणतया फेडानले तोकेको अन्तिम मूल्यलाई आधार मानेर राष्ट्र बैंकको अर्को दिनको मूल्य निर्धारण गर्छ।
राष्ट्र बैंकले तोकेको मूल्यमा कारोबार गर्न बैंक बाध्य छैनन्। भारतीय बजार हेरेर बैंकहरुले मूल्य तलमाथि गरिरहन्छन्। राष्ट्र बैंकले गत शुक्रबार दिउँसो एक डलरको मूल्य ९७ रुपैयाँ ५५ पैसा तोकेको थियो। शुक्रबार साँझ अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य बढेपछि आइतबार बजार खुल्नेबित्तिकै नेपाली बैंकहरुले मूल्य समयोजन गरेर कारोबार  गरे।
डलर बलियो भएपछि भारतीय मुद्रासहित पाउन्ड, युरो र अन्य एसियाली मूलुकका मुद्राहरु पनि कमजोर भएका छन्। भारतीय केन्द्रीय बैंकले भारु अवमूल्यन रोक्न कार्यक्रम नल्याएपछि डलर थप बलियो भएको हो। डलरलाई अन्तर्राष्ट्रिय रुपमा नै सुरक्षित (सेफ करेन्सी) मुद्राका रुपमा लिइन्छ। डलर बलियो हुन थालेपछि जोखिमपूर्ण मुद्रा (रिक्स करेन्सी) मानिने पाउन्ड र युरोको मूल्य पनि कमजोर भएको हो।
भारतीय रुपैयाँसँग नेपाली मुद्राको विनिमय दर स्थिर (एक सय भारु बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रासँगै नेपाली रुपैयाँ पनि सस्तो हुन्छ।
डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आय बढ्छ। बलियो डलरले निर्यात व्यापारलाई राहत दिन्छ। विदेशमा वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयमा समेत सुधार हुन्छ। हस्तकलालगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ।
डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान हुन्छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामान महँगो पर्छ।
भारतबाहेकका देशबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्स सामान, लत्ताकपडा लगायत महँगो हुन्छ। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्छ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ।
सबैभन्दा बढी असर पेट्रोलियम पदार्थको आयातमा पर्ने छ। कुल आयातको २८ प्रतिशत ओगट्ने पेट्रोलियम पदार्थ भित्र्याउन बढी डलर खर्चिनुपर्ने भएकाले इनधनको भाउ बढ्न सक्छ।

स्वास्नीको तलब बढ्दा लोग्नेको यौनक्षमता घट्छ

बढि तलब खाने श्रीमतीका लोग्नेहरुको यौनक्षमता कम हुने र उनीहरुले श्रीमतीलाई यौन सन्तुष्टि प्रदान गर्न निकै कठीन पर्ने एक अध्ययनले देखाएको छ ।

डेनमार्कमा झण्डै २ लाख दम्पतीमा गरिएको अध्ययनले आफुले भन्दा बढि तलब खाने श्रीमतीसँगको सम्भोगका बेला लोग्नेले निकै फितलो प्रदर्शन गर्ने र श्रीमतीलाई यौन सन्तुष्टि प्रदान गर्न वा लामो समयसम्म सहबासमा टिकिरहन विभिन्न खाले कृत्रिम यौनवर्धक दबाइहरु खाने गरेको पाइएको छ ।

आफुले भन्दा श्रीमतीले बढि तलब खाने अवस्थामा पुरुषमा स्वतः मनोवैज्ञानिक तथा सामाजिक र पारिवारिक दबाब पर्ने र त्यसको असर उसको यौनक्षमतामा पर्ने विज्ञहरुको भनाइ छ । अत्यधिक दबाबका कारण पुरुष सहबासमा खरो उत्रिन सक्दैन,

छिटै गल्छ वा स्खलित हुन्छ । आत्मसम्मान गुम्नु, तथा रिस र निरासाका कारणपुरुषमा यस्तो यौन असक्षमता पैदा हुने ठहर शोधकर्ताहरुले गरेका छन् । शोधका क्रममा महिलाहरुले कमाएर घरधन्दा चलाउने वा लोग्नेको भन्दा स्वास्नीको कमाइ बढी भएका दम्पतीहरुमा यौन सन्तुष्टि कम हुने गरेको, पुरुषमा लिंग उत्तेजित नहुने, सम्भोगका बेला शिघ्रपतन हुने जस्ता समस्या देखिने गरेको

पाइयो । श्रीमतीले बढि कमाउने दम्पतीहरुले यौन सन्तुष्टिका लागि भियग्रा लगायतका यौनवर्धक औषधिको प्रयोग धेरै गर्ने गरेको पनि अध्ययनका क्रममा भेटिएको छ । लोग्नेको भन्दा स्वास्नीको तलब अलिकति बढि हुँदा पनि त्यसले लोग्नेको यौनक्षमतामा ठूलो असर पार्ने देखिएको छ ।

श्रीमानले भन्दा बढि तलब खाने श्रीमतीहरुमा समेत विभिन्न खाले समस्या देखिने गरेको पाइएको छ । निरासा तथा अनिद्रा जस्ता समस्याहरुका कारण त्यस्ता कमाउ महिलाहरुले बढि औषधिको सेवन गर्ने गरेका हुन्छन् ।

खानेपानी महसुल झण्डै दोब्बर, ट्याक्सी भाडा १६ प्रतिशत बढ्यो


१ साउन, काठमाण्डौ । अब धारामा पानी नआएपनि काठमाण्डौ उपत्यकाका उपभोक्ताहरुले भारी महसुल बुझाउनुपर्ने भएको छ । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)ले प्रस्ताव गरेको दरमा केही परिवर्तन गर्दै खानेपानी महसुल निर्धारण आयोगले धारा र ट्याङकरमा ढुवानी गरिने पानीको महसुल बृद्धि गरेको छ ।

आयोगको मासिक न्यूनतम ४५ देखि ८२ प्रतिशतसम्म शुल्क बढाउन सिफारिस गरेको छ । बढाएको महसुल भदौ महिनाबाट लागू हुने आयोगका अध्यक्ष हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

आयोगले सोमबार एक सूचना जारी गर्दै नयाँ महसुल लागू गर्न केयुकेएललाई सिफारिस गरेको छ । नयाँ मापदण्डअनुसार अब मासिक न्यूनतम १० हजार लिटरसम्म पानी उपभोग गर्ने घरले १ सय ५० रुपैयाँ महसुल तिर्नुपर्ने छ । यसअघि सो महसुल ७७ रुपैयाँ ५० पैसा थियो ।

नयाँ महसुलसँगै आयोगले केयुकेएललाई खानेपानी आपूर्ति ब्यबस्था सुधार गर्न निर्देशनसमेत दिएको छ । पाँच बर्षको बिचमा केयुकेएलले दोस्रोपटक पानीको महसुल बढाउन लागेको हो । धारामा पानी नआएपनि काठमाण्डौका उपभोक्ता पानीको न्यूनतम महसुल तिर्न बाध्य छन् ।

ट्याक्सी भाडा १६ प्रतिशत बढ्यो

यसैवीच सरकारले मिटर ट्याक्सीको भाडा १५ दशमलव ६ प्रतिशत बढाएको छ । ट्याक्सी चढ्नासाथ लाग्ने १० रुपैयाँ आधार मूल्य नबढे पनि प्रति किलोमिटर ३२ रुपैयाँबाट बढाएर ३७ रुपैयाँ पुर्‍याइएको छ । बृद्धि गरिएको भाडादर आजैदेखि लागू हुने यातायात ब्यबस्था बिभागले जनाएको छ ।

बिभागले महंगी, पेट्रोलको मूल्यबृद्धि र चालकको ज्यालाबृद्धिलाई आधार मानेर भाडा बढाएको जनाएको छ ।

सरकारले जति भाडा बढाए पनि सडकमा कुद्ने ट्याक्सी भने हत्तपत्त मिटरमा चल्न मान्दैनन् । भाडा बढेपछि मिटरमै ट्याक्सी चल्न प्रोत्साहन हुने बिभागको दावी छ ।
Select Menu