बा.१.ज ९२६८ । आरुबारी-रत्नपार्क रुटमा चल्ने एउटा माइक्रोबसको नम्बर हो यो । जसका चालक हुन्, काभ्रे, सल्लेभुम्लुका खड्गबहादुर श्रेष्ठ । ०४७ सालदेखि जीविकाका लागि गाडी चलाउन थालेका उनी ०५५ सालदेखि माओवादी जनयुद्धमा सामेल भए । र, उपनामले चिनिन थाले, ‘शरण’ का रुपमा । त्यहाँ उनले सैन्य फाँटमा काम गर्दै २५ भन्दा बढी मोर्चामा आफूलाई उभ्याए । तीनवटा मोर्चामा घाइते भए । माओवादी शान्तिप्रक्रियामा आएपछि पहिला देव गुरुङसँग थिए । तर, अध्यक्ष प्रचण्डका लागि भरपर्दो सवारी चालकको आवश्यकता परेपछि ०६३ असोज अन्तिम साताबाट उनले प्रचण्ड सवार हुने गाडी चलाउन शुरु गरे । र, त्यहाँबाट ०६६ सालमा उनले मनभरि विरक्तिको पहाड बोकेर प्रचण्ड निवासलाई बाइबाइ गरे । उनी माओवादी लडाकुको तेस्रो डिभिजनअन्तर्गत थिए । तर, प्रमाणिकरणको प्रक्रियामा किरण पक्षधर लडाकुले त्यो प्रक्रियालाई नै अस्वीकार गरे । त्यसको अगुवाई शरणले नै गरे । एकीकृत माओवादीको वाइसिएल भनेजस्तो नेकपा-माओवादीसम्बद्ध युवा संगठन स्वयंसेवक व्युरोका उनी काभ्रे संयोजक हुन् ,। हिजोआज जीविकाका लागि माइक्रो चलाइरहेका छन् । माइक्रोको आफ्नो रुट र समय हुन्छ । जनआस्थासाग कुरा गर्ने भनेपछि उनले खानाको समय निकाले । तर, त्यतिले पनि पुगेन । अर्का सहयोगीलाई गाडीको साँचो जिम्मा लगाएर शरणले आफ्ना भएभरका विरक्ति पोखेका छन् ।
विश्वमणि/यादव देवकोटा
० माइक्रो चलाउन थाल्नुभएछ !
- हो, असारदेखि शुरु गरेँ ।
० आफ्नै कि भाडाको ?
- साहुको ।
० माओवादीमा कसरी लाग्नुभयो ?
- म गाडी नै चलाउाथेा । ०५५ सालमा काठमाडौंमा प्रभात भन्ने साथी हुनुहुन्थ्यो । उहाँले नै युद्धमा जाऔं भन्नुभयो । मैले कम्तिमा ३२-३३ वटा लडाइमा प्रत्यक्ष सहभागिता जनाएँ । लडेकामध्ये चैनपुर भिडन्त स्मरणीय छ ।
० प्रचण्डकहाँ कसरी पुग्नुभयो ?
- पूर्वको मोर्चामा ड्राइभिङ सेक्टरबाट गएकोमध्ये मलाई अलिक परिपक्व मानिन्थ्यो । अनन्त पूर्वी कमाण्डको इञ्चार्ज हुनुहुन्थ्यो । परलोक भन्ने साथी पनि त्यहीँ हुनुहुन्थ्यो । लडाइँमा प्रयोग हुने गाडी मैले नै चलाउँथेँ । उहाँहरुले नै प्रचण्डसाग ‘यस्तो मान्छेलाई राख्नुपर्छ’ भन्नुभयो । कृष्णबहादुर महराले पनि ‘लौ जानुस न त’ भन्नुभयो । म त्यसबेला देव गुरुङ सरसँग थिएा । उहाँले ‘अध्यक्षकै लागि हो भने केही सोच्नु परेन, सर्लक्कै जानुस्’ भन्नुभयो । ०६६ सालमा प्रचण्डले सरकार छाडेर माधव नेपालको सरकार बनेपछि मैले छाडेँ ।
० प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सरकारी गाडी चलाउनुभयो त ?
- गाडी त चलाइन, तर ड्राइभरका रुपमा नियुक्त गरेका थिए । सरकारी नियुक्ति गरे पनि हामीले आर्थिक रुपमा केही लाभ लिएनौं ।
० तलब त आउाथ्यो होला नि !
- हामीले लिएनौं । त्यो पैसा कसैले लिएको भए थाहा छैन ।
० ए, तिनले तपाईंहरुको तलबसम्म बाँकी राखेनन् ?
- मलाई देव गुरुङले अध्यक्षसँगै बस्नुस्, तर आर्थिक रुपमा उत्तेजित नहुनुस् भन्नुभएको थियो । आर्थिक भनेको साधन हो, सामान्य कुरा हो भन्नुहुन्थ्यो । हो त भनेर पैसामा धेरै आँखा लाएनौं । पछिल्लो समयमा प्रमाणिकरणको प्रक्रिया शुरु भयो । त्यसमा पनि शुरुमा त आर्थिक कुरामा ध्यानै दिएनौं ।
० तपाईंजस्तै साथीहरु कोही नेता बने, कोही मन्त्री बने, व्यापारी बनेका छन् । शहरमा ठूल्ठूला महल बनाएका छन् । कोही राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्योगपतिसरहको जीवनशैलीमा छन् । तपाईंचाहिा ड्राइभरदेखि ड्राइभरसम्मै । यो के भएको ?
- धेरै मान्छेले लुटेको देख्दा मैले सोचेँ कि, मसँग त आफ्नै कला, सीप छ । युद्धको त्यत्रो अनुभव पनि छ । लुट्नै पर्ने हो भने पनि मसँग बल छ, बुद्धि छ । बदमासी नै गर्नुपर्दा कुनै लुटेरा, कुनै ठगले भन्दा दोब्बर गर्ने हिम्मत छ । तर, हिजो हामी जे कुरामा प्रशिक्षित भयौं, त्यहीअनुसार लागेको छु । म सामान्य होलटाइमर कार्यकर्ताका रुपमा छु । पार्टीको नीति नआएसम्म यो माइक्रो चलाउँछु भनेर यसमा लागेँ ।
० प्रचण्ड निवासमा बसेर धेरैले कमाए भन्छन् । तपाईंलाई के-कति थाहा छ ?
- शुरुमा त हामीलाई वास्तै हुादैनथ्यो । किनभने, पार्टी, क्रान्ति भनेर हामी समर्पित थियौं । एकदिनचाहिँ अति नै भएपछि मैले प्रचण्डलाई भनेा, ‘हेर्नुस् कमरेड, यो अति नै विकृति, विसंगति भयो । हामीलाई पनि लाज लाग्न थालिसक्यो ।’ उहाँले ‘खोलामा फोहोर-मैला आउँछन्, त्यसलाई सफा गर्नुपर्छ’ मात्रै भन्नुभयो ।
मलाई प्रचण्डका यति धेरै कुरा थाहा छन्, कि ती सबै कुरा भन्दा जनताले उहाँलाई लखेटी लखेटी कुटेर मार्छन् । त्यसैले म सबै कुरा भन्दिन । एउटा कुरा तपाईंलाई भनिहालौं कि, अजय सुमार्गी भन्ने एउटा फटाहा छ । ऊसँग उहाको हिमचिम देखेपछि हामीले त भन्यौं पनि, ‘अबचाहिँ अति भयो कमरेड !’ अजय सुमार्गीले प्रचण्डको वरिपरिका मान्छेहरुको घर बनाइदिएको छ । म ती साथीहरुको नाम त भन्दिन, तर तिनका घर सुमार्गीले नै बनाइदिएको हो । अहिले पनि साथीहरुले मलाई रिपोर्ट गरेका छन् । कतिपयले मलाई भन्थे पनि, ‘अरुले त्यत्रो गरे, तपाईंले किन केही नगर्नुभएको ?’
प्रचण्डले गिरिजासँग बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेर हात मिलाउनुभयो । त्यसदिन पनि उहाँको गाडी मैले नै चलाएको थिएँ । मलाई त्यतिबेलै चिन्ता लागेको थियो कि, जनअदालत, जनमुक्ति सेनालाई क्यान्टोन्मेन्टमा पठाउने नाममा पुरानो सत्तालाई बुझाउने भए भनेर । हामीले त्यत्रो लडेर आयौं, अब छाति नापेर परेड खेल्न पठाउलान् भन्ने त्यतिबेलै शंका थियो । मैले सन्तु दराईलाई भने, ‘नेताहरुले हामीलाई धोका दिने भए ।
No comments