नेपाली चलचित्र क्षेत्रमा महानायक भनेर चिनिने राजेश हमाल यतिबेला रंगमञ्चको अभिनयमा व्यस्त हुनुहुन्छ । भारतीय नाटककार स्वदेश दीपकको लेखन र रंगकर्मी अनुप बरालको निर्देशन रहेको नाटक ‘कोर्ट मार्सल’ मा हमालले सैनिक न्यायाधीशको भूमिका निभाउनुभएको छ । काठमाडौं लाजिम्पाटको थिएटर भिलेजमा मंसिर पहिलो हप्तादेखि सुरु नाटकमा दर्शकको आकर्षण बढेको छ । चलचित्रमा वर्षौं बिताएका कलाकार हमाललाई रंगमञ्चमा उभ्याउन सफल भएकोमा बराल उत्साहित हुनुहुन्छ । यसै सन्दर्भमा ‘कोर्ट मार्सल’ का निर्देशक बरालसँग उज्यालो अनलाइनका लागि मिलन तिमिल्सिनाले कुराकानी गर्नुभएको छ ।
नाटक प्रदर्शनबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
लामोसमयपछि दर्शकले थिएटरमा आएर नाटक हेर्न पाएका छन् । दर्शकको भीड पनि बढिरहेको छ । शनिबार मात्रै ठाउँ नपुगेर आधाभन्दा धेरै दर्शकलाई फर्काउनुपर्यो । डिजाइन पनि यही ठाउँको लागि मिलाएर गरिएको छ । सानो ठाउँमा दर्शकलाई नाटककै अभिन्न अंग बनाएर त्यसखालको अनुभूति गराउनुपर्ने भएकाले यस्तो भएको हो । ठुलो ठाउँमा पनि लिएर जान सकेनौं । अनि प्रतिक्रिया उत्साहजनक छ, राम्रो छ ।
अहिले यो नाटक प्रदर्शन गरेर के सन्देश दिन खोज्नुभएको हो ?
सन्देश भन्दा पनि एउटा अनुभूति दिन खोजिएको हो । तर पनि समाजको एउटा पाटो भनौं न, विशेष गरेर जातीय विभेद र छुवाछुतको समस्या छ त्यसमाथि नाटकले चोटिलो प्रहार गरेको छ ।
यसले मान्छेमा एकखालको जागरण र उत्तेजना पनि ल्याउला । सम्वेदनशील भएर सोच्न बाध्य बनाउला । यही हिसाबले नै देखाउन खोजिएको हो ।
चलचित्रमा वर्षौं बिताएका नायकलाई नाटकको शीर्ष भूमिकामा उभ्याउँदा कस्तो महसुस गर्नुभयो ? चलचित्र र नाटकको अभिनय सूत्र त फरक हुन्छ भनिन्छ नी !
राजेश हमालसँग काम गर्न पाउँदा मलाई गाह्रो अनुभव भएको छैन । आखिर अभिनय त अभिनय नै गर्ने हो । राम्रो अभिनेता छ र उसले अभिनयका सबै गुण जानेको छ भने खासै गाह्रो हुँदैन ।
भनेपछि दिनहुँ उस्तै संवाद, गेटअप र विनाटेक जीवन्त अभिनय गर्नुपर्ने नाटकको विशेषतामा भिज्न राजेश हमाल पनि खप्पिस रहेछन् ?
हो, एकदम । कामको दौरानमा सुरुमा त मलाई गाह्रो पनि लागेको थियो । किनभने २० वर्षको लामो एकखालको अभ्यासमा रहेको मान्छेलाई एकैपटक ‘चेन्ज’ गर्ने कुरा गाह्रो नि हो ।
रिहर्सल गर्दै जाँदा उहाँले जसरी मेहनत गर्नुभयो, त्यसले देखायो कि राजेश हमालमा अर्को पाटो पनि रहेछ । अर्थात रंगमञ्चमा निखारिएका कलाकारले जस्तो उहाँले अभिनय गर्नुहुन्छ भन्ने कुरा कोर्ट मार्सल हेर्दै गर्दा सबैले महसुस गर्न सक्छन् ।
अघि भन्नुभयो दर्शकलाई फर्कानुपर्ने स्थिति आएको छ भनेर । यो नाटकलाई सबै दर्शक र सबै ठाउँसम्म पुर्याउने कुनै सोच बनाउनुभएको छ कि ?
सोच त बनाएका छौं । तर हाम्रो समूह निकै ठुलो छ । ३५ जनाको समूह छ । यसलाई बाहिर लगेर व्यवस्थापन गर्ने भन्ने कुरा चुनौती नै हुन्छ । साथीहरुसँग कुरा भैरहेको छ । बाहिरी देशहरु कतार, मलेसियाबाट साथीहरुले ल्याउनुपर्यो भन्दै हुनुहुन्छ । गाह्रो त छ । हेरौं के हुन्छ ।
पछिल्ला वर्षहरुमा नाटकप्रतिको आकर्षण बढिरहेको छ । आकर्षण बढेजस्तै छ त नाटकको विकास र विषयवस्तु ?
विशेषगरी कर्पोरेट हाउसहरुले नाटकको विकासमा ध्यान दिएमा सजिलो हुन्थ्यो । अन्तर्राष्ट्रिय स्तरको छवि बसाउन सफल भइन्थ्यो । विशेषगरी कामको स्तर र आफ्नो पहुँचमा । राज्यको त पहिलेदेखि नै छैन । साँस्कृतिक क्षेत्रको विकासमा स्पष्ट नीति नै बन्न सकेको छैन । तैपनि हामीले आफ्नो काम गर्ने हो सबैभन्दा ठूलो कुरा भनेको । जुन विषयवस्तु समात्छौं, अभिव्यक्तिको भाषा बनाउँछौं, त्यसलाई समाजप्रतिको उत्तरदायित्वबारे सोच्न जरुरी छ ।
मान्छेले नाटक हेरिरहँदा हो यो चाहिँ हाम्रै कथा हो र हामीलाई केही भनिरहेको छ भन्ने पार्न पर्यो । अनि अर्को कुरा हामी किन विदेशी नाटक गरिरहेका छौं भन्दा एउटै कुरा हो कि हामीकहाँ पर्याप्त नाटकहरु अझै पनि बन्न सकिरहेका छैनन् ।
मान्छेको मनमस्तिष्कमा हिर्काएर झनझनाउने बनाउने खालका नाटक हुन जरुरी छ । त्यो किसिमको नाटक लेख्न सक्ने क्षमता भएको मान्छेहरुको हामीलाई एकदमै खाँचो छ । यस्ता खालका मान्छे उत्पादन गर्न सकियो, तयार गर्न सकियो भने निश्चय पनि आउँदा दिनमा हामीले गरेका काम अझै व्यापक रुपमा जनमानससम्म पुग्न सक्थ्यो ।

No comments