Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

प्रहरीमाथि आन्दोलनकारीद्वारा पेट्रोल बम प्रहार

कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले वीरगञ्जका विभिन्न स्थानमा सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार गरेका छन् ।

पेट्रोल बम प्रहारमा परेर दुई सर्वसाधारणसमेत घाइते भएका छन् । थुप्रै सुरक्षाकर्मी घाइते भएका छन् ।  घण्टाघर, माइस्थान, पानी ट्यांकीलगायतका क्षेत्रमा भएको झडपमा आन्दोलनकारीले पेट्रोल बम हानेका हुन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बमको वर्षा गरेको बताए । अनलाइनखबरसँग कुरा गर्दै प्रजिअ घिमिरले भने-‘पेट्रोल बमको वर्षा भएको छ, थप्रै सुरक्षाकर्मी घाइते भएका छन् ।’
आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गर्दै हानेको पेट्रोल बम लागेर सार्वसधारणसमेत घाइते भएका छन् । घाइते हुनेमा सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका भरत नेपाल र स्थानीय सञ्चारकर्मी विद्यार्थी गिरी छन् ।

माइस्थान चोकमा आन्दोलनकारीले प्रहरीलाई लक्षित गरेर हानेको पेट्रोल बम उनीहरुलाई लागेको थियो । दुबैको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गस्तीमा रहेका सुरक्षाकर्मीहरुलाई लक्षित गरी आन्दोलनकारीले माइस्थान चोकमा हानेको पेट्रोल बम ना २१ प ९६४३ नम्बरको मोटरसाइकलमा सवार गिरीमाथि लागेको थियो ।
आन्दोलनकारीहरुले सिसाको बोटलमा पेट्रोल राखेर धागो हाल्ने र त्यसमा आगो लगाएर हान्ने गरेका छन् । उनीहरुले ढुंगामुढाका साथै गुलेलीबाट हानेका थिए ।
झडपका क्रममा प्रदर्शनकारीले हानेको ढुंगा लागेर प्रहरी हवल्दार भरोसी बैठा र प्रहरी जवान सागर श्रीवास्तव घाइते भएका छन् । घाइतेको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।
सोमबार भएको झडपमा प्रहरीको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएपछि वीरगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्यू जारी गरेको छ ।

भारत भ्रमण गर्न ओलीलाई मोदीको निम्तो

नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिँदै भारतीय प्रधानमन्त्रीले भारत भ्रमणको निम्तो दिएका छन्।


भारतीय प्रधानमन्त्रीको आधिकारिक ट्वीटमा राखिएको ट्वीटमा मोदीले ओलीलाई भारत भ्रमणको निम्ता दिएको उल्लेख छ।
ओली प्रधानमन्त्री निर्वाचित भएको केहीघण्टामानै मोदीले बधाई दिएका हुन्।

रातो कार्पेट छाडेर मोदी किन गए नेपाली कर्मचारीतिर ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाशमाथि एउटा भारतीय विमान देखिएपछि अति विशिष्ठ कक्ष बाहिर रहेका पत्रकारमात्र होइन, सुरक्षा निकाय र विशिष्ठ कर्मचारीहरु पनि सतर्क भए । इण्डियन एयरफोर्सको विमान अवतरण गरेपछि त्यहाँ चर्चा चल्यो ‘मोदी अर्को विमानमा आउँछन्, यसमा त भ्रमण दलका सदस्य र सुरक्षाकर्मीहरुमात्र छन् ।’

तर, त्यसको केहीबेरमै प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ, उपप्रधानमत्री वामदेव गौतमलगायत मन्त्रीहरु विशिष्ठ कक्षतिर लागेपछि थाहा भयो ‘त्यही विशेष विमानमै मोदी आएका रहेछन्’ ।

इण्डियन एयरफोर्सको विमानभित्रबाट एक कर्मचारीले एउटा हातमा नेपालको र अर्कोमा भारतको झण्डा देखाएर हल्लाए । त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदी बाहिर निस्किए ।
मोदीलाई समकक्षी सुशील कोइरालाले बुके दिएर स्वागत गर्दै थिए, सवारीमन्त्रीका रुपमा खटिएका सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले शिष्टाचार महापालको भूमिकामा प्रस्तुत हुँदै प्रधानमन्त्री कोइरालालाई कुममा समातेर लतार्न खोजेको दृश्य असहज लाग्नेखालको देखियो । सामान्यतः शिष्टाचार महापालले भीभीआइपीहरुको बसाइको व्यस्थापन गर्ने प्रचलन छ ।

तर, मन्त्री रिजालको व्यवहार स्वभाविक नभएको टिप्पणी त्यो दृश्य हेरिरहेकाहरुले गरेका छन् । रिजालले कोइरालालाई तानेको दृश्य भारतीय च्यानल आज तकले दोहोर्‍याई तेहर्‍याई देखायो ।

विशेष सलामी ग्रहण गरेपछि मोदी रातो कार्पेटबाट अघि बढ्दै गर्दा सँगै रहेका नेपालका प्रधानमन्त्री कोइरालालाई छाड्दै उनी नेपाली कर्मचारीहरुको लाइनतिर लागे ।
उनले त्यहाँ सबैसँग एकएक गरेर हात मिलाउँदै आफैं परिचय गरे । त्यसपछि मोदीले अर्को पाल बाहिर रहेका भारतीय उच्चपदस्थ कर्मचारीहरु भएतिर कोइरालालाई डोहोर्‍याएर परिचय गराउन लगे । मोदी एकपटक सबैतिर फर्केर हात हल्लाउँदै भित्र प्रवेश गरेका थिए । उनले सञ्चारकर्मीहरुसँग भने कुनै प्रतिक्रिया दिएनन् ।

हुलाकी राजमार्गले यसरी गिज्याउँदै छ भारतलाई

 तीन वर्षमा १४ किलोमिटर मात्रै कालोपत्रे सम्पन्न

 तराईको हुलाकी राजमार्ग यतिबेला विशेष चर्चा र बहसमा छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएका बेला मधेसवादी दलका नेताहरुले हुलाकी राजमार्गको निर्माणलाई जोड दिएका छन् । भारतले निर्माणको जिम्मा लिएको भनिएको यो राजमार्गको काम दु्रत गतिमा अघि बढ्न नसकेको नेपाल पक्षको गुनासो छ । भारतीय पक्षले अब यसलाई चाँडो सम्पन्न गर्ने प्रतिवद्धता दोहोर्‍याएको छ ।

के हो हुलाकी राजमार्ग ?

तराई-मधेसमा हाल सुचारु रहेको पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणतर्फ भारतीय सीमाना आसपास हुँदै परिकल्पना गरिएको अर्को सडक सञ्जालको नाम हो हुलाकी राजमार्ग । कतिपय स्थानमा उत्तर दक्षिणको सडकलाई जोड्ने यो हुलाकी राजमार्गको कूल लम्बाइ १ हजार ५ सय  किलोमिटर रहेको छ ।हाल ६ सय किलोमिटर निर्माणाधिन अवस्थामा छ । यो सडकखण्डमा १२५ वडा पुल बनाउने लक्ष छ ।

राणकालमा हुलाकीहरुले चिठीपत्र ओसार्न हिँड्ने गरेको हुनाले यो मार्गलाई हुलाकी राजमार्ग नामाकरण गरिएको हो । मधेसी नेता एवं जनसमुदायले यो मार्गको विकासलाई अत्यन्तै महत्व दिँदै आएका छन् । यो मार्ग उनीहरुको दैनिक जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको छ ।तत्कालीन राजा महेन्द्रले पूर्व-पश्चिम राजमार्ग बनाउन सुरु गर्दा तत्कालीन मधेसवादी नेता तथा जनताले यही हुलाकी राजमार्गलाई पूर्व-पश्चिम राजमार्गको रुप दिन माग गरेका थिए ।

तर, महेन्द्रले त्योभन्दा माथि पहाडको फेद एवं चुरे क्षेत्रलाई छुने गरी पूर्व-पश्चिम राजमार्गको निर्माण गराए । महेन्द्रले त्यतिबेलैदेखि जनताको बसोबास रहेको क्षेत्रलाई बेवास्ता गरेको गुनासो मधेसी समदायको थियो । भारतले तीन वर्षअघि हुलाकी राजमार्ग निर्माणको प्रतिवद्धता जनाएको हो । १० वर्षमा ६ सय ६ किलोमिटर बाटो बनाइसक्ने आश्वासन दिएको भारतले ३ वर्षमा ७ प्रतिशतमात्रै काम गरेको छ ।

कहाँ-कहाँ पर्छ हुलाकी मार्ग ?

हुलाकी राजमार्गले तराईका १७ जिल्लालाई छुन्छ । झापामा चन्द्रगढी-चारआली-केचनालाई हुलाकीमार्ग भनिन्छ भने मोरङमा कानेपोखरी-रंगेली सडकलाई हुलाकी मार्ग भनिन्छ । त्यस्तै सप्तरीको बर्साइन-सूवर्णपट्टी, धनुषाको यदुकुवा-महिनाथुर र जनकपुर-यदुकुवा हुलाकी मार्ग परियोजना अन्तरगत पर्दछ । जनकपुर जताही र भिट्टामोढ क्षेत्र पनि यसै अन्तरगत पर्दछ ।

महोत्तरीको जलेश्वरदेखि हर्दिनगरसम्मको बाटो पनि यसैअन्तरगत पर्छ । महोत्तरीको गौशालाबजारदेखि साम्सी, सर्लाहीकार बरहथ्वा-मधुवनी, बाराको तामागढीदेखि सिम्रौनगढ र कलैयादेखि मतियार्वासम्म हुलाकी मार्गअन्तरगत पर्दछ । त्यस्तै बाँकेको नेपालगञ्ज-बगौडा र बर्दियाको गुलरिया मूर्तियाको बाटोलाई हुलाकी मार्गका रुपमा चिनिन्छ । कैलालीको लम्की-टीकापुर-खकुराउला एवं सती-भजनी-धनगढी मार्ग पनि हुलाकी राजमार्गअन्तरगत पर्छ । दाङको लमहीदेखि कोइलाबास र पर्साको वीरगञ्जदेखि ठोरीसम्मको बाटोलाई पनि हुलाकी राजामार्गका नामले चिनिन्छ ।

पहाडबाट तराईसम्म खनिएका फिडर रोडलाई पूर्व-पश्चिम महेन्द्र राजमार्ग हुँदै हुलाकी राजमार्गमा जोड्ने योजना रहेको छ । ‘राणाकालमा चिठ्ठी ओर्सान प्रयोग गरिने मार्गलाई सडक बनाउने योजना राम्रो छ, तर अहिलेको निर्माणको गतिलाई दू्रतता दिएर चाँडो निर्माण सक्न नेपाल र भारतबीच उच्चस्तरको सहमति हुन आवश्यक छ’, आयोजना प्रमुख देवले भने, ‘पहिले अवरोध नहटाउँदा समस्या अझै बाँकी छन्, बिजुलीका पोल हटाउने प्रक्रिया बाँकी छ, वनक्षेत्रको अवरोध नहटाइँदा निर्माणमा संलग्न भारतीय कम्पनीले प्रश्न उठाइरहेका छन् ।’

भारतको सुस्त काम गराइ

भारत सरकारले लगानी गरेको पूर्व-पश्चिम हुलाकी राजमार्गको निर्माण कछुवाको चालभन्दा सुस्त गतिमा भइरहेको छ । निर्माण शुरु भएको तीन वर्ष बितिसक्दा पनि अहिलेसम्म १४ किलोमिटरमात्रै कालोपत्रे भएको छ । करिब २९ अर्ब रुपैयाँ लगानीमा दुई चरणमा सम्पन्न गर्नेगरी तीन वर्षअघि निर्माण थालिएको हुलाकी राजमार्गको निर्माण अहिलेकै गतिमा भइरहे १० वर्षमा पनि पूरा हुने अवस्था छैन ।

एक हजार ५ सय किलोमिटर लामो सडकमध्ये ६ सय किलोमिटर सडक निर्माणका लागि तीन वर्षअघि नै सडक विभागले ठेक्का लगाएको थियो । तर, सडक निर्माणको जिम्मा लिएका ६ मध्ये ३ वटा भारतीय ठेकेदार कम्पनी काममा अवरोध भएको भन्दै देश फर्केपछि हुलाकी राजमार्गको भविष्य अन्योलमा परेको हो । हुलाकी राजमार्ग अन्तरगत निर्माणमा सबैभन्दा बढी २३ प्रतिशत प्रगति कैलालीस्थित टीकापुर-भजनी खण्ड भएको छ । त्यसैगरी पूर्वको झापामा १० निर्माणको प्रगति १० प्रतिशत माथि छ भने अन्य स्थानको निर्माण प्रगति एक अंकमाथि उक्लन सकेको छैन ।

निर्माणलाई गति दिन सडक विभागअन्तरगतको हुलाकी राजमार्ग आयोजनाले सडकक्षेत्रमा रहेका अवरोध हटाउने कार्यलाई अहिले पनि निरन्तरता दिइरहेको छ । भारतीय ठेकेदार विविध अवरोधका कारण काम गर्न नसक्ने भनिरहेका बेला हुलाकी राजमार्ग आयोजनाले भने सडक क्षेत्रबाट ८० प्रतिशत अवरोध हटाइसकेको दाबी गरेको छ ।

हुलाकी राजमार्ग आयोजनाका प्रमुख भुवनेश्वरप्रसाद देवले अनलाइनखबरसँग भने-’सडकको सबै खण्डक जम्मा ८ प्रतिशत मात्र बनेको छ । यही गतिमा निर्माण हुँदा तोकिएको समय भन्दा तेब्बर बढी समय लाग्ने अवस्था छ ।’ भारतीय कम्पनीहरुलाई निर्माणमा सहज बनाउन सडक विभागले मुआब्जा वितरण गरी बस्ती स्थानान्तरण, जंगलको रुख कटान, विद्युतका पोल स्थानान्तरण र अन्य मानवीय अवरोध हटाउन पहल गर्दै आएको छ ।

स्थानीयले काममा अवरोध गरेको भन्दै तीनवटा भारतीय कम्पनी काम बन्द गरेर फिर्ता भएको वर्ष दिन भइसकेको छ । फिर्ता गएका कम्पनीले भारतीय सरकारमार्फत क्षतिपूर्तिको वार्गेनिङ्ग गर्न शुरु गरेका छन् । तराई र भित्री मधेसका ग्रामीण बस्तीलाई छुँदै मेची महाकालीलाई जोड्ने हुलाकी राजमार्ग निर्माणका लागि सडक विभागले ६ वटा प्याकेज बनाएर ठेकेदारलाई जिम्मा दिएको थियो ।

चारआनाको ‘मूर्गा’ लाई बाह्रआनाको मसला !

तीन वर्षमा पहिलो चरणको काम सक्ने गरी सरकारले काम शुरु गरेको थियो । करिब ८ अर्ब रुपैयाँ तीन वर्षमा खर्चेर सडकको ट्रयाक पूरै खुलाउने योजनामा थियो । तर, अहिलेसम्म करिब ७० किलोमिटर सडकमा मात्रै ग्राभेल भएको छ । त्यसैगरी १४ किलोमिटर सडक कालोपत्रे सम्भव भएको छ ।

तीन वर्षको अवधिमा पहिलो चरणको काम सकिसक्ने दुबै देशको योजना असफल भइसकेको छ । सबै ठेकेदार कम्पनीको तीन वर्षे सम्झौताको अवधिसमेत गुजि्रसकेको अवस्था छ । हुलामी राजमार्गमा भारतको खर्च गराइ हेर्दा ‘चारआनाको ‘मूर्गा’ लाई बाह्रआनाको मसला’ भन्ने आहान चरितार्थ भएको छ । निर्माण शुरु भएयता भारत सरकारको एक अर्ब ५ करोड रुपैयाँ खर्च भइसकेको छ । जसमा सडक निर्माणको लागि ६० प्रतिशतमात्र खर्च गरिएको छ ।

बाँकी ४० प्रतिशत रकम कन्सल्ट्यान्टकै लागि भारत सरकारले खर्च गरेको छ । कन्सल्ट्यान्टका लागि बढीमा १० देखि १५ प्रतिशत खर्चनुपर्नेमा झण्डै खर्च भएको मध्ये आधा रकम प्राविधिकको तलबभत्तामै सकिएको छ । तोकिएको तीन वर्षमा ८ प्रतिशतमात्र निर्माण प्रगति भएपछि हुलाकी सडकको निर्माण पूरा हुन अझै १५ वर्ष लाग्ने अवस्था छ । ३ दशमलव ७ मिटरमात्र चौडाईको सडक तराईमा उपयुक्त नहुने प्राविधिकको सल्लाहको बेवास्ता गर्दै निर्माण प्रक्रिया अघि बढाइएको छ ।

चितवनमा जंगलको विवाद

हुलाकी राजमार्ग चितवन राष्ट्रिय निकुञ्जको बीचबाट सर्भे गरिएपछि त्यसमा जारी विवाद अझै समाधान भएको छैन । त्यसैगरी बाराको कलैयाको वनक्षेत्रको रुख कटान र वीरगञ्ज-ठोरी खण्डमा रहेको समस्या समाधान भइसकेको छैन ।

कामको प्रगतिमै विवाद

सडक निर्माणका लागि सडक क्षेत्रका बस्तीलाई मुआब्जा दिएर सरकारले हटाउने प्रक्रिया जारी राखेको छ । सडक क्षेत्रको अवरोध हटाउने काममा करिब ८० प्रतिशत प्रगति भएको दाबी नेपाल पक्षको छ । फिर्ता गएका भारतीय कम्पनीले अवरोध हटाइएको क्षेत्रमा समेत काम गर्न नमानेको तर्क नेपाली अधिकारीको छ । उता भारतले भने सडकको अवरोध हटाउने कामको प्रगति ६५ प्रतिशतमात्रै भएको दाबी गर्दै आएको छ ।

नेपालको काममा राम्रो प्रगति

नेपाल आफैंले जिम्मा लिएको काममा भने राम्रो प्रगति देखिएको छ । नेपाल सरकारले हुलाकी मार्गअन्तरगतका खोलामा पुल निर्माणको जिम्मा लिएको छ ।हुलाकी मार्गमा पर्ने एक सय २५ वटा पक्की पूल दुई चरणमा निर्माण सम्पन्न गर्ने योजना छ । एक सय २५ वटा पुलमध्ये हालसम्म ३३ वटा निर्माण सम्पन्न भइसकेका छन् । त्यसैगरी अन्य ४५ वटा निर्माणाधीन अवस्थामा रहेको सडक विभागले जनाएको छ । नेपालले करिब ९० करोड रुपैयाँ यी पुल निर्माणमा खर्च गरेको छ ।

मन्त्रालयवीच समन्वय छैन

राष्ट्रिय महत्वको सडक निर्माणका क्रममा मन्त्रालयबीच समन्वय नहुँदा सानो विवादले पनि सडक निर्माण अवरोध हुने गरेको छ । ‘सडकको अवरोध हटाउँदा पटक-पटक सडक क्षेत्रका स्थानीय बाधक बन्ने गरेका छन्, मन्त्रालयबीच समन्वय नहुँदा जंगलक्षेत्रका रुख कटान हुन सकेको छैन’, आयोजना प्रमुख देवले भने, ‘एक अर्का मन्त्रालयको समन्वयमा संयन्त्र नबन्दा स्थानीय स्तरमा सिर्जित साना समस्याले महिनौं सम्म निर्माणमा बाधा पुग्ने गरेको छ ।’

सडक क्षेत्र पर्ने जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा संयन्त्र चाहिने बताउँदै आयोजना प्रमुख देवले अहिलेको अवस्थामा सडक विभागका कर्मचारी नै स्थानीयसँग जुध्नुपर्ने बाध्यता रहेको बताए ।

सीमापारी दू्रत, नेपालमा सुस्त

भारतकै सहयोगमा नेपालमा बन्दै गरेका हुलाकी राजमार्गको निर्माण कछुवाको गतिमा चल्दै गर्दा भारततर्फको सडकको निर्माण भने तीब्र गतिमा अघि बढिरहेको छ । तटबन्ध जस्तै अग्लो पर्खाल उठाएर भारतले नेपालको सीमाना नजिकै बनाउँदै गरेको सडकले नेपालतर्फ डुबान गराउने चिन्ताले पिरोलेको छ । भारतले बनाउँदै गरेको सडकले नेपालतर्फ सीमानासम्म पुगेको हुलाकी सडक पनि वषर्ायाम डुबान गराउने अवस्था छ ।

नेपालतर्फ सुस्त गतिमा बन्दै गरेको हुलाकी राजमार्गका लागि कच्चा पदार्थको समेत अभाव हुने अवस्था आएको छ । सरकारले आर्थिक वर्ष ०७१/०७२ को बजेटमा चुरेक्षेत्रबाट गिट्टी, ढुंगा र बालुवा उत्खननमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि हुलाकी राजमार्गलाई कच्चा पदार्थ जुटाउन समस्या पर्ने भएको हो ।

चुरेको प्रतिबन्धले निर्माणमा असर

सडकलाई जमीनभन्दा अग्लो बनाउन रोडायुक्त बलियो माटोको आवश्यकता हुन्छ, जुन माटो मधेशको चुरेक्षेत्रमा मात्रै छ । ‘चुरेक्षेत्रको कच्चा पदार्थ प्रयोग गर्न पाइएन भने सडक निर्माण हुने अवस्था छैन, अन्तबाट कच्चा पदार्थ जुटाउने अवस्था छैन’, आयोजना प्रमुख देवले भने, ‘जताततैबाट हुलाकी राजमार्ग निर्माणमा प्रतिकुलता देखा पर्दै गएको छ, समयमा समस्यको समाधान गर्न नसके सडकले मूर्तरुप पाउन सक्दैन ।’

Statute drafting UCPN (M)'s top most priority: Dahal

BARDIBAS, FEB 07 - UCPN (Maoist) Chairman Pushpa Kamal Dahal has reiterated that constitution drafting is the top most priority of his party.

 During his joint meeting with local political cadres and media persons at a hall of Bardibas-based Parijat Memorial Hospital in Mahottari district on Fri
day, former Prime Minister Dahal said state power is not the priority of his party which has already decided to stay in the opposition bench.

"But, the party can review its decision if constitution drafting is affected because of its absence in the government," he added.

The UCPN (M) Chairman further said that the promulgation of the new constitution within a year is still possible if the parties in the Constituent Assembly work honestly.  

The nation and people will get new constitution within a year if the decisions made by the earlier CA are endorsed and all the political parties gear up for constitution making process with flexibilities, he said.

Also on the occasion, Dahal visited the patients receiving treatment at the hospital and took stock of situation of their treatment, before leaving for Siraha. 

Oli sees no ground to retain prez, wants fresh polls



KATHMANDU, FEB 07 - CPN-UML Parliamentary Party leader KP Oli has demanded the House begin electoral process to elect the new president and vice president at the earliest.

Speaking at the Legislative-Parliament session on Friday, leader Oli said the new CA does not recognise the old president. "This is not the continuation of old CA, this is a new one," said Oli, "This CA does not recognise the old president and vice president."

He demanded the parliament prepare agenda to elect new president and vice president and the speaker before initiating other important tasks. He argued that the Nepali Congress (NC) cannot push for continuing the old president and vice president against democratic principles.

He went on to argue that the president, who was firstly elected for two years ha already held the post for six years altogether, cannot be retained in the post for next four years.

"The term of CA initially elected for two years was extended to four years, the president remained in the post for six years including the two years of transition," said the UML parliamentary party leader. "Though the parties have committed to draft the new constitution in one year, the term of parliament is four years according to the constitution and it might take another four years for next election s, should the president remain in the post for 14 years?"  

Leader Oli said that either the parliament should endorse the tenure of President Ram Baran Yadav or should thank him for his past works and elect a new president. He further said that no one should continue in any post without endorsement in a democracy just because he was good.

He put forward the example of the resignation by China's President Hu Jintao, who is credited for elevating China as the world's second largest economy, after 10 years.  

Saying that the issue of election to the post of president and vice president is not a personal matter, Oli remarked that no one can move forward against rule and procedure. "Is not this CA dominated by democratic forces good?" he argued, "Does it mean it should be given continuity forever."

Likewise, UCPN (Maoist) leader Giriraj Mani Pokharel lent his support to Oli's statement.

Addressing the House session, the UCPN (M) leader said leader Oli has raised a justified issue and the old president should not be given continuity against democratic norms and values.  

He said it was not his personal but the party's view that the president should be changed.

On the other hand, NC leader Arjun Narsingh KC claimed that the president cannot be changed against the constitution without amendment of constitution, resignation or impeachment against the president. 

Dahal says UCPN-Maoist for constitution

Puspa Kamal Dahal
9 Nov, Bardibas- UCPN-Maoist Chairman Pushpa Kamal Dahal has said only the victory of his party in CA will give a progressive constitution for the country.
Addressing a corner meeting organized under the Mechi-Mahakali Awakening Campaign at Bardibas of Mahottari today, he said victory of his party was necessary for constitution, stability and federalism.
He claimed that his party’s victory was certain from the wave of support in various part of the country from Mechi to Mahakali.
In the same programme, another leader Dr. Baburam Bhattarai called for majority for his party.
The programme was presided over by UCPN-Maoist District Convener Tulasi Prasad Dhungana, where Khagendra Sangraula and other speakers also expressed their views.
Select Menu