Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

प्रहरीमाथि आन्दोलनकारीद्वारा पेट्रोल बम प्रहार

कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले वीरगञ्जका विभिन्न स्थानमा सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार गरेका छन् ।

पेट्रोल बम प्रहारमा परेर दुई सर्वसाधारणसमेत घाइते भएका छन् । थुप्रै सुरक्षाकर्मी घाइते भएका छन् ।  घण्टाघर, माइस्थान, पानी ट्यांकीलगायतका क्षेत्रमा भएको झडपमा आन्दोलनकारीले पेट्रोल बम हानेका हुन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बमको वर्षा गरेको बताए । अनलाइनखबरसँग कुरा गर्दै प्रजिअ घिमिरले भने-‘पेट्रोल बमको वर्षा भएको छ, थप्रै सुरक्षाकर्मी घाइते भएका छन् ।’
आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गर्दै हानेको पेट्रोल बम लागेर सार्वसधारणसमेत घाइते भएका छन् । घाइते हुनेमा सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका भरत नेपाल र स्थानीय सञ्चारकर्मी विद्यार्थी गिरी छन् ।

माइस्थान चोकमा आन्दोलनकारीले प्रहरीलाई लक्षित गरेर हानेको पेट्रोल बम उनीहरुलाई लागेको थियो । दुबैको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गस्तीमा रहेका सुरक्षाकर्मीहरुलाई लक्षित गरी आन्दोलनकारीले माइस्थान चोकमा हानेको पेट्रोल बम ना २१ प ९६४३ नम्बरको मोटरसाइकलमा सवार गिरीमाथि लागेको थियो ।
आन्दोलनकारीहरुले सिसाको बोटलमा पेट्रोल राखेर धागो हाल्ने र त्यसमा आगो लगाएर हान्ने गरेका छन् । उनीहरुले ढुंगामुढाका साथै गुलेलीबाट हानेका थिए ।
झडपका क्रममा प्रदर्शनकारीले हानेको ढुंगा लागेर प्रहरी हवल्दार भरोसी बैठा र प्रहरी जवान सागर श्रीवास्तव घाइते भएका छन् । घाइतेको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।
सोमबार भएको झडपमा प्रहरीको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएपछि वीरगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्यू जारी गरेको छ ।

Select Menu